किशोरको शव फेला

कपिलवस्तु शिवराज नगरपालिका –६ सन्डीमा आज बिहान बेवारिसे अवास्थमा एक किशोरको शव फेला परेको छ ।चन्द्रौटा कृष्णनगर सडक खण्डको सन्डी गाउँ जाने बाटोको छेउमा कालो टिसर्ट र सेतो पाइन्ट लागएको अवस्थामा अन्दाजी १४÷१५ वर्ष जस्तो देखिने किशोरको शव फेला परेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी सहायक निरीक्षक विष्णु राउतले जानकारी दिनुभयो । स्थानीयले किश...

स्वास्थ्य चौकीलाई चार रोपनी जग्गादान

रामपुर नगरपालिका–८ मा रहेको खालीवन स्वास्थ्य चौकीलाई चार रोपनी जग्गा दानस्वरुप प्राप्त भएको छ ।यहाँका दुई घरपरिवारबाट चार रोपनी जग्गादान स्वास्थ्य चौकीलाई गरिएको हो । वडा नं ८ को कालीगण्डकी करिडोर नजिकै कुमराङमा रहेको रु ४० लाख बराबरको जग्गा स्वास्थ्य चौकीको नाममा पास भएको छ ।कुमराङ बस्ने स्व झगरसिं रानाको स्मृतिमा श्रीमती टुकीसरा राना, छोरा प्रेमब...

पौडी खेल्न गएका ४ बालिकाको मृत्यु

लुम्बिनी / रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया पोखरीमा नुहाउने क्रममा डुबेर चारजना बालिकाको मृत्यु भएको छ । बिहान ११ः३० बजेतिर नुहाउन पोखरीमा पुगेका उनीहरु पौडिन नसक्दा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ । इप्रका लुम्बिनीका प्रमुख एवं प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षेत्रीले दिएको जानकारीअ...

भुक्तानीमा ढिला गरेको भन्दै कुटपिट गर्ने वडा अध्यक्ष पक्राउ

रुकुम/रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका एक वडा अध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नगरपालिकामा कार्यरत इन्जिनियरलाई कुटपिट गर्ने वडा नं ८ का वडाध्यक्ष मानबहादुर चनारालाई आज प्रहरीले नियन्त्रणमा लिएको हो । नगरपालिकामा कार्यरत इन्जिनियर ठगेन्द्र चन्दले आफूलाई कार्यकक्षमा कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक अपराधसम्बन्धीक...

दुर्घटनामा दुई बालकको मृत्यु

दाङ / दाङको राप्ती गाउँपालिका वडा नं २ को लालमटियामा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु१ख ९५०६ नंको ट्रकको ठक्करबाट आज बिहान एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा प्यूठानको सरुमारानी गाउँपालिका वडा नं २ दर्भान निवासी आठ वर्षीय गौतम बुढाथोकी रहेका छन् । सडक पार गर्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएको थियो । बालक ब...

बसको ठक्करबाट सल्यानका मजदुरको मृत्यु

नुवाकोट / नुवाकोटको किस्पाङ–५, मनकामनास्थित चाँपडाँडामा बसले ठक्कर दिँदा आज दिउँसो एकजनाको मृत्यु भएको छ । शान्तिबजारबाट सातदोबाटोतर्फ गइरहेको बा ४ ख ७३८९ नं. को बसले सडक निर्माणमा खटिएका मजदुर सल्यान जिल्लाको कालीमाटी गाउँपालिका–३ का कुशल घर्तीको घटनास्थलमै मृत्यु भएको छ । तिव्रगतिमा रहेको बसले सडक छेउमा ढलनाली निर्माणका लागि पर्खाल लगाइरहेका ...

घुस लिँदै गरेको अवस्थामा तीन कर्मचारी पक्राउ

नेपालगञ्ज / अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले यहाँस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका तीन जना कर्मचारीलाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरेको छ । आयोगको बाँके कोहलपुरस्थित क्षेत्रीय कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार, प्राधिकरणका इलेक्ट्रिकल इञ्जिनियर निसारअहमद खान, इलेक्टिकल सुपरभाइजर विक्र...

जिउने आधार बन्यो वृद्धभत्ता असीवर्षीय दम्पतीलाई

पाल्पा / एउटा सानो खरले छाएको झुपडी छ, त्यो पनि धुवाँले रंगिएको कालोभित्ता भएको झुपडीको एक कुनामा सिंजापती दम्पतीको बसोबास छ । गाउँमा सिंजापती साँहिलाका नामले चिनिने खड्गबहादुर र उहाँकी श्रीमती सरुमा सिंजापती उमेरले डाँडापारिको घाम बन्नुभएको छ । उहाँका सन्तान कोही छैनन्, कमाएर दिने आफन्त पनि कोही छैनन् । सिंजापती दम्पतीका लागि एउटा जीवन जिउने आ...

प्रेसर कुकर बम विस्फोट र आगलागी

नेपालगञ्ज / बाँके जिल्लाको हवल्दारपुरमा रहेको कालिका निर्माण कम्पनीको साइट अफिसमा अज्ञात समूहले प्रेसर कुकर बम विस्फोट गराएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले गएराति करीब साढे १२ बजेको समयमा प्रेसर कुकर बम विस्फोट भएको बताउनुभयो । बम विस्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ । घटनामा संलग्न...

महिलाको मृत्यु भएपछि सञ्चालक र चिकित्सक नियन्त्रणमा

दाङ / तुलसीपुरमा रहेको ज्योति मेडिकलमा उपचारगर्नका लागि सामान्य अवस्थामा आएकी महिलाको बुधबार उपचारका क्रममा मृत्यु भएपछि इलाका प्रहरी कार्यालय, तुलसीपुरले मेडिकल सञ्चालक र चिकित्सकलाई नियन्त्रणमा लिएको छ । तुलसीपुर उपमहानगरपालिका–७ निवासी ४० वर्षीया प्रेमा कुमालको मृत्यु भएपछि पीडितका आफन्तले घटनाको छानबिन गर्न माग गरेपछि प्रहरीले मेडिकल सञ्चाल...