प्रदेश नं ५ः नीति कार्यक्रम पारित

रुपन्देही / प्रदेश नं ५ को सरकारले ल्याएको नीति तथा कार्यक्रम आज सर्वसम्मत पारित भएको छ । प्रदेश नं ५ प्रदेशसभामा सभामुख पूर्णबहादुर घर्तीले नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । त्यस्तै प्रदेश नं ५ प्रदेश वित्त व्यवस्थापन विधेयक, २०७५, प्रदेश कर तथा गैरकर राजश्वसम्बन्धी विधेयक, २०७५ पनि सर्वसम्मतिले पारित भएको छ । दुवै विधेयक र नीति ...

विमानस्थल गौचरन बन्दै

दाङ, जेठ २८ / यहाँको विमानस्थलमा उडान हुन छाडेपछि गौचरन बनेको छ । टरिगाउँ विमानस्थलमा उडान बन्द भएपछि हाल यहाँकावासिन्दाले विमानस्थलभित्र पशुचौपाया चराउने थलोका रुपमा उपयोग गर्न थालेका हुन् ।विसं २०११ फागुन ११ गते परीक्षण उडान गरिएको यस विमानस्थलमा २०१६ सालदेखि नेपाल वायु सेवा निगमको जहाजले उडान भर्दै आएको थियो । त्यसपछि २०५२ सालमा नेपाल एयरलाइन...

अटोरिक्सा दुर्घटनामा तीनको मृत्यु

सुर्खेत / पञ्चपुरी नगरपालिकामा आज अपराह्न अटोरिक्सा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सुर्खेत बाबियाचौरदेखि मुरमुरीतर्फ जाँदै गरेको भे१घ २१३५ नं को अटोरिक्सा अनियन्त्रित भई सडकबाट सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी पञ्चपुरी नगरपालिका–५ का २४ वर्षीया विनिता शाही र उहाँकी आठ महिनाकी छोरी प्रतीक्षा तथा सो...

चट्याङ् पर्दा कक्ष २ मा अध्यानरत दुई बिध्यार्थीको मृत्यु, सात घाईते

विरेन्द्रनगर । चट्याङ पर्दा सुर्खेतको एक विद्यालयमा दुई विद्यार्थीको मृत्यु भएको छ, भने अन्य सात जना घाईते भएका छन् । जिल्लाको चिङ्गाड गाउँपालिका–४ धनापानी मटेलास्थित मालिका प्राविको छानामा चट्याङ पर्दा कक्षा २ मा अध्ययनरत ७ वर्षीया निर्मला चन्द र ६ वर्षीय अम्बर चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। चट्याङ् बिहान साढे ११ ...

गैरीबजारमा बाढी पस्दा लाखौँको क्षति

सल्यान / सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाको सल्लीबजारमा बाढी पसेको छ । आइतबार बिहान ३ बजे बजारमा बाढी पस्दा स्थानीय व्यापारीको करोडौंको सरसामान डुबेको छ । सल्लीबजारको गैरीबजारमा रहेका ४० घरमा रहेका पसलमा पानी पसेपछि लाखांैको सामानमा क्षति पुगेको हो । मानवीय क्षति नभए पनि स्थानीयवासीको घरमा पानी पस्दा घरका सम्पूर्ण माल सामानमा क्षति पुगेको छ । स...

महायज्ञमा रु दुई करोड ६१ लाखबराबरको आम्दानी

पाल्पाको पूर्वखोला गाउँपालिकाको रिङ्नेरहमा रहेको पूर्वखोला उद्धबुद्ध माध्यमिक विद्यालय तथा कलेजको शैक्षिक गुणस्तर वृद्धिका निम्ति सञ्चालित महायज्ञमा रु दुई करोड ६१ लाखबराबरको आम्दानी भएको छ ।गत वैशाख ९ देखि १५ गतेसम्म आयोजना भएको महायज्ञमा उठेको जिन्सी तथा नगद गरी रु दुई करोड ६१ लाख ८९ हजार २८४ बराबरको आम्दानी र रु २२ लाख ९७ हजार ७८० खर्च भएको महाय...

बस दुर्घटनामा एकको मृत्यु, ३१ घाइते

तुलसीपुर / जनकपुरबाट नेपालगञ्जतर्फ आइरहेको ना ५ ख १८२९ नम्बरको यात्रुबाहक बस पूर्व—पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका–५ पहरुवामा आज बिहान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सो दुर्घटनामा परी ३१ जना घाइते भएका छन् । वडा प्रहरी कार्यालय, लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले दिनुभएको जानकारीअनुसार मृत्यु हुनेमा भारतको उत्तर प्रदेश ...

गणतन्त्र दिवसमा प्रदेश ५ मा सार्वजनिक बिदा

रुपन्देही / प्रदेश नं ५ का १२ जिल्लामा जेठ १५ गते गणतन्त्र दिवसका दिन सार्वजनिक बिदा दिइने भएको छ । गणतन्त्र दिवसको दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेशको आन्तरिक तथा कानून मन्त्रालयले आज सूचना प्रकाशन गरी जानकारी दिएको छ । गणतन्त्र दिवसको अवसरमा सोमबारदेखि तीन दिनसम्म विभिन्न संघ, संस्थाको समन्वयमा विभिन्न कार्यक्रम आयोजना हु...

ठूला भ्रष्टाचारी र तस्करलाई देखिने गरी कारवाही गर्नुपर्नेमा जोड

बुटवल / राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केन्द्र र स्थानीय तहमा अधिकार बाँडेर केन्द्र र स्थानीय तहलाई जोड्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा रुपन्देहीको पाँचौँ जिल्ला सम्मेलनको आज बुटवलमा उद्घाटन गर्दै नेता केसीले एमाले र माओवादीको एकता विचार र कार्यक्रम मिलेपछि गरिएको एकताको समर्थन गर्दै सो एकतालाई पूँजीवादी एकता भन्नुभयो । ...

कालीगण्डकीमा नुहाउँदा दुई युवा बेपत्ता

पाल्पा / कालीगण्डकीमा विहीबार नुहाउने र पौडी खेल्ने क्रममा बगेर दुई युवा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बगनासकाली गाउँपालिका ६ यम्घाका २५ वर्षीय गोविन्द्र परियार र २४ वर्षीय चन्द्रबहादुर परियार रहेका छन् । त्यस्तै, उद्धार गरिएकामा सोही स्थानका २२ वर्षीय विजय परियार र १८ वर्षीय सागर परियार रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी नायब उपरीक्...