चट्याङ लाग्दा ६ घाइते

मुसिकोट / रुकुम (पश्चिम)मा बुधबार बिहान चट्याङ लाग्दा छ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका–३ माछिमिस्थित जीतबहादुर ओलीको घरमा चट्याङ लाग्दा ६ जना घाइते भएका हुन् । चट्याङ लागेर चार बालबालिका र दुई महिला घाइते भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीका अनुसार चट्याङ लागेर जीतबहादुरका २८ वर्षीया श...

घुस लिएको आरोपमा कर्मचारी पक्राउ

नेपालगञ्ज / अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालयबाट खटिएको टोलीले आज दिउँसो बाँके जिल्ला मालपोत कार्यालयका एक कर्मचारीलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । आयोगको नेपालगञ्ज कार्यालयका प्रमुख गणेश गैरेका अनुसार मालपोतका खरिदार सञ्जयकुमार ठाकुरलाई सेवाग्राहीवाट रु ५० हजार घुस लिएको आरोपमा पक्राउ गरिएको हो । पक्राउ गरिएका आरोपी...

सरकारका लागि अहिले काम गर्ने उचित समयः नेता पौडेल

पाल्पा / नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ । प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको आरोप लगाउनुभयो । उहाँले सरकारलाई काम गर्न उचित समय भए पनि बहुम...

‘सट्टा शिक्षक’ को जागीर धरापमा

घोराही / घोराहीका सन्तोष सिजवाल सट्टा शिक्षक बनेको ६ वर्षभयो । घोराही उपमहानगरपालिका–९ मा रहेको मावि तेघरामा विसं २०६९ देखि सट्टा शिक्षकको रुपमा जागिर शुरु गर्नुभएका सिजवाल सामाजिक विषयका शिक्षक हुनुहुन्छ । विद्यालय व्यवस्थापन समितिले विज्ञापन गरेपछि २२ जनासँग प्रतिस्पर्धामा उत्रेर उहाँ उत्तीर्ण हुनुभएको थियो । लिखित, मौखिक र कक्षा शिक्षणको अवल...

भरुवा बन्दुकसहित पक्राउ

लमही / दाङमा भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ परेका छन् । हिजो साँझ ६ बजे पक्राउ परेका शान्तिनगर गाउँपालिका–४ जुम्लेकुला निवासी २९ वर्षीय हरिबहादुर रासकोटीलाई प्रहरीले आज सार्वजनिक गरेको हो । आफ्नै घरमा लुकाइछिपाइ राखेको भरुवा बन्दुक दुई थान, बँदेलको जस्तो देखिने खुट्टाको सपेटा दुई थानसहित उनलाई पक्राउ गरी मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्...

जङ्गली बँदेलसहित दुईजना पक्राउ

तौलिहवा / शिवराज नगरपालिकाको चन्द्रौटामा प्रहरीले जङ्गली बँदेलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका–३ बस्ने शिवप्रसाद चौधरी र वडा नं ४ का सहदेव चौधरी रहेको आज इलाका प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । परीक्षणका क्रममा शिवराज नपा–३ समितिचोकबाट लु ३१ प ५०९८ नं को मोटरसाइकलमा मृत बँदेल ल्याउँदै गर्दा उनीहरुलाई पक्राउ...

सवारी दुर्घटनामा २४ घाइते

तुलसीपुर / दाङको तुलसीपुर–१२ मा भएको बस दुर्घटनामा २४ जना यात्रु घाइते भएका छन् । तुलसीपुरबाट दमार गाउँतर्फ जाँदै गरेको रा १ ख ४९४ नम्बरको बस आज दिउँसो दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । दुर्घटनामा परी गम्भीर घाइते तुलसीपुर–६ का आशा विक र तुलसीपुर–११ कि गीता मल्लल...

तुलसीपुर कारागारमा जबर्जस्ती करणीका कैदी धेरै

लमही / दाङ तुलसीपुर कारागारमा रहेका कैदीबन्दीमध्ये सबैभन्दा बढी जबर्जस्ती करणीका छन् । कारागारमा रहेका कुल ४११ कैदीबन्दीमध्ये १४१ जबर्जस्ती करणी मुद्दामा सजाय भोगिरहेको कारागारका निमित्त जेलर जोखिम वलीले जानकारी दिनुभयो । त्यस्तै कुल कैदीबन्दीमध्ये ९५ कर्तव्य ज्यान मुद्दाका छन् । तीमध्ये ८६ पुरुष र सात महिला कैदीबन्दी छन् भने एक पुरुष र एक महिला ...

शहीदगाउँ अँध्यारोमुक्त

रोल्पा / शहीद गाउँको नामले चिनिने रोल्पाको जेल्वाङ उज्यालोयुक्त गाउँ घोषणा भएको छ । सुनछहरी गाउँपालिका–७ मा पर्ने सो गाउँमा रहेका सबै घरधुरीमा लघुजलविद्युत्को सेवा विस्तार भएसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यहाँ आयोजित कार्यक्रममा सो गाउँलाई अँध्यारोमुक्त घोषणा गर्नु भएको हो । माओवादी सशस्त्र युद्धताका विद्रोही र राज्य पक्षबाट सब...

बिहेको बहानामा बिक्री हुन्छन् चेलीबेटी

घोराही / बाघमारेकी–४ की २८ वर्षीया एक विवाहित महिला परपुरुषको मायाजालमा परिन् । उसलाई छोड्नै नसक्ने अवस्थामा पुगेपछि विदेशमा रहेका पति र आफूसँग भएका बालबच्चालाई छाडेर उनले उक्त व्यक्तिसँग पुनः विवाह पनि गरिन् । विवाहपछि ऋण लाग्यो, पैसा कमाउन जाउँ भन्दै पत्नीलाई लिएर उनी भारततर्फ लागे । नेपालगञ्जको बाटो रिक्सामा चढेर जाँदै गर्दा एक भारतीय महिलाल...
×