शल्यक्रियासम्बन्धी सम्झौता

तुलसीपुर / मोतियाविन्दुरहित उपमहानगरपालिका बनाउने अभियान यहाँ पहिलोपटक शुरु भएको छ । यसका लागि आँखा जाँच र आँखा शिविर सञ्चालन गर्न यहाँको आँखा अस्पताल र तुलसीपुर उपमहानगरपालिकाबीच सोमबार सम्झौता भएको छ । जिल्लामा रहेका १० स्थानीय तहमा देखिएको दृष्टिविहीनताको समस्यालाई हटाउन स्थानीय सरकारलाई सहयोग पु¥याउने उद्देश्यले नेपाल नेत्रज्योति सङ्घ, आँखा...

स्वर्गद्वारी आश्रमका किसान आन्दोलित

घोराही / दाङमा रहेको स्वर्गद्वारी आश्रमको जग्गाको भोगचलन गर्दै आएका किसान आन्दोलित भएका छन् । भूमि सुधार मन्त्रालयले गुठीको जग्गा व्यवगस्थापनका लागि तयार पारेको मस्यौदा विधेयक (गुठीसम्बन्धी कानूनलाई एकीकरण गर्न बनेको विधेयक)मा आफूहरुलाई नसमेटिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । प्रस्तावित विधेयकमा नेपालभरिका गुठीलाई समेटिएता पनि स्वर्गद्...

जीप दुर्घटना दुईको मृत्यु

गुल्मी / गुल्मीको वामी मैदानमा जीप दुर्घटना हँुदा दुईको मृत्यु भएको छ । ग १ च ८३५७ नंको जीप मुसिकोट नगरपालिका–८ वामी मैदान चौपारीबाट करीब १५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी गाडी मालिक ३० वर्षीय ठाकुर सापकोटा तथा सोही नगरपालिका–८ निवासी ५५ वर्षीय पुतली सिङ ठकुरीको मृत्यु भएको छ । दुर्घटनामा मुसिकोट–८ कै ५५ वर्षीया हरिकला कार्की र...

पूर्वमन्त्री रोकामाथि कुटपिट

रुकुम (पूर्व) / पूर्व सहायकमन्त्री तथा काङग्रेसका नेता केशरमान रोकालगायत अन्य चार जनामाथि रुकुमकोटमा कुटपिट गरिएको छ । पूर्वमन्त्री रोकालगायत काङग्रेसका ध्रुव पुन, नेकपाका सतमान पुन र पुनिराज घर्तीमाथि कुटपिट गरिएको हो । रुकुमकोटमा आन्दोलन चलिरहेका बेला बन्दको अवज्ञा गरेको भन्दै कुटपिट गरेको आन्दोलनका सहभागीले बताएका छन् ।कुटपिटको क्रममा रोकाको घा...

भरुवा बन्दुकसहित पक्राउ

लमही/दाङको शान्तिनगर गाउँपालिका–१ बागखोर स्थित सामुदायिक वनमा शिकार गर्ने उद्देश्यले जाँदै गरेका तीन जना भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।दुई थान भरुवा बन्दुकसहित शान्तिनगर–१ निवासी ४३ वर्षीय ताराप्रसाद राना, सल्यान त्रिवेणी गाउँपालिका–१ बस्ने २९ वर्षीय दीपक खत्री र सोही ठाउँका १६ वर्षीय तिलक वली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्ष...

पाल्पाको तानसेनमा गाडीको ठक्करबाट एकको मृत्यु

बेझाड/ गाडीको ठक्करबाट पाल्पाको तानसेनस्थित राईडाँडामा एकको मृत्यु भएको छ ।बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग१ख ४५३४ नंको बसले आज बिहान ११ः५५ मा ठक्कर दिँदा रुपन्देही रामपुर बस्ने २७ वर्षीय सोनु विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी सहायक निरीक्षक मोतीबहादुर खड्काले जानकारी दिनुभयो । अहिले ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन...

विभिन्न घटनामा संलग्न पाँच पक्राउ

दाङ / दाङमा भरुवा बन्दुकसहित आज चार व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका वेलबहादुर पाण्डेका अनुसार पक्राउ पर्नेमा दाङ राजपुर गाउँपालिका–१ कटवेरवा बस्ने ५० वर्षीय केशरबहादुर घर्ती, गडवा गाउँपालिका–७ चन्दनपुर बस्ने २८ वर्षीय इन्द्रप्रसाद चौधरी, सोही ठाउँका २३ वर्षीय राजु विक र ३२ वर्षीय कृष्णबहादुर चौधरी रहेका छन् । उनीहरुलाई ग...

‘ट्रान्जिट परमिट’का कारण जडीबुटी निर्यात खस्कियो

बाँके / चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालगञ्ज नाकाबाट रु ३७ करोड मूल्य बराबरको जडीबुटी भारततर्फ निकासी भएको छ । जडीबुटी निकासी हुने प्रमुख नाकाका रुपमा नेपालगञ्जलाई लिइने गरिन्छ । उक्त अवधिमा यस नाकाबाट रु ३७ करोड २३ लाख मूल्य बराबरका छ लाख ८२ हजार ५१० किलोग्राम जडीबुटी भारततर्फ निर्यात भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ । यहाँबाट ...

मन्त्रीलाई थारू परिकारले स्वागत

लमही / शान्तिनगर गाउँपालिकाले आयोजना गरेको अध्यक्षकप रनिङशिल्ड प्रतियोगिता उद्घाटन गर्न बुधबार प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी यहाँ आइपुग्नुभयो । दिउँसो २ बजे प्रतियोगिताको उद्घाटनसत्रमा शान्तिनगर गाउँपालिका सबै वडाले वडाको पहिचान झल्किने सांस्कृतिक प्रस्तुति गरिरहेका थिए । पहाडी र तराई क्षेत्र समेटिएको सो गाउँपालिक...

उच्च अदालत तुलसीपुरका २३३ मुद्दा फछ्र्याेट

दाङ / उच्च अदालत तुलसीपुरले यस आर्थिक वर्षको साउनदेखि माघ १५ गतेसम्ममा अदालतमा परेका मुद्दामध्ये २३३ थान फछ्र्योट गरेको छ । उच्च अदालत तुलसीपुरका उपसचिव तथा सूचना प्रमुख रुद्रमणि गिरीले यस आवको साउनदेखि माघ १५ गतेसम्म अदालतमा दर्ता भएका ३४४ र अघिल्लो आवबाट जिम्मेवारी सरेका १८४ गरी जम्मा ५२८ थान मुद्दामध्ये २३३ थान फछ्र्योट भई हाल २९५ थान मुद्दा विच...
×