चार दिनदेखि किशोरी बेपत्ता

घोराही / घोराही उपमहानगरपालिकाको विकट वडा नं १९ सैघाकी एक किशोरी चार दिनदेखि बेपत्ता भएकी छिन् । घरायसी सामान किन्न करीब १५ किलोमिटर टाढा घोराहीबजार आएकी १६ वर्षीया भुमा राहुमगर गत १५ गतेदेखि बेपत्ता भएकी उनको पारिवारिक स्रोतले जनाएको छ । बेपत्ता किशोरीका बुबा ओबाराम राहुमगरले छोरीलाई चिनेजानेका र आफन्त बसेका सबैतिर खोज्दा पनि नभेटेपछि खोजी गरि...

मायादेवी मन्दिरमा प्रयोग भएका ढुङ्गा इँटा फेला

चन्द्रौटा / कपिलवस्तुको शिवराज नगरपालिका–३ मा रहेको ऐतिहासिकस्थल सोनवागढ क्षेत्रमा पहिलो चरणको उत्खनन्मा पुरातत्व विभागले गुप्तकालीन इँटा, माटोका भाँडाका टुक्रा, विभिन्न माटोका घोडा तथा मूर्तिहरु फेला पारेको छ । मन्दिरको पाँच किलोमिटर वरपरसम्म विभिन्न पुरातात्विक वस्तु छरपस्ट अवस्थामा रहेकाले हाल मन्दिर छेउ दुईवटा ट्रेन्च बनाएर उत्खन्नन् गर्दा ...

परिवार नियोजनको अस्थायी साधनको प्रयोगकर्ता वृद्धि

रोल्पा/ रोल्पामा परिवार नियोजनको अस्थायी साधन प्रयोगकर्ताको दर बढ्दै गएको छ । परिवार नियोजनको अस्थायी साधनबारे विगतमा भ्रम रहँदा यसको प्रयोगकर्ता कम रहेपनि पछिल्ला दिनमा आएको सचेतनासँगै यसको प्रयोगकर्ता बढेका हुन् । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको तथ्याङ्कअनुसार जिल्लामा आर्थिक वर्ष २०७२÷७३ मा ३७ प्रतिशतले परिवार नियोजनको अस्थायी साधन प्रयोग ...

बेपत्ता वडाध्यक्षको खोजी गर्न माग

रुपन्देही / बेपत्ता भएका अर्घाखाँचीको मालारानी गाउँपालिकाका वडाध्यक्षको खोजी गरिदिन परिवारले आग्रह गरेका छन् । बुटवलमा आज पत्रकार सम्मेलन गरी १६ दिनदेखि बेपत्ता हुनुभएका मालारानी–२ का वडाध्यक्ष विनोद भनिने विष्णु भुसालको खोजी गरी सार्वजनिक गर्न परिवारजनले आग्रह गरेका छन्् । सन्धीखर्कमा काम छ भनी घरबाट हिँड्नु भएका भुसालको अहिलेसम्म कुनै खबर नआए...

वैदेशिक रोजगारीमा गएका महिला सम्पर्कविहीन

राँझा / वैदेशिक रोजगारीमा गएका बाँकेका १९४ महिला घरपरिवारबाट सम्पर्कविहीन भएका छन् । राम्रो रोजगारी पाइने प्रलोभनमा दलालमार्फत छिमेकी मुलुक भारत र खाडी राष्ट्रमा पुगेका महिला सम्पर्कविहीन हुन पुगेको मानवबेचविखन विरुद्ध क्रियाशील संस्थाले जनाएका छन् । बितेको एक वर्षमा १९४ महिलाका परिवारले खोजतलासका लागि नेपालगञ्जस्थित माइती नेपालको कार्यालयमा निव...

मानव बेचबिखन रोकथाम थप जटिल र चुनौतीपूर्ण बन्दै

नेपालगञ्ज / दलालहरुले नयाँ÷नयाँ सञ्चार प्रविधिको प्रयोग गर्न थालेपछि मानव बेचबिखन रोकथाम थप जटिल र चुनौतीपूर्ण बन्दै गएको छ । “रोकथामका लागि हामीले अपनाउने उपाय भन्दा दलाल सधँै एक कदम अगाडि हुने भएकाले पनि रोकथाममा जटिलता आएको छ” माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइराला बताउनुहुन्छ । पहिले गरीब घरपरिवारका महिला तथा बालिकालाई दलालले बिक्रीका ...

बाबु विदेश, दाजुभाई नभएपनि छोरीहरु आफैले गरे आमाको किरिया

दाङ / तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ जसपुरकी तारा बिकको निधन पछि आमाको किरिया बसेकी छोरीहरु । बुवा बिदेश गएकाले दुईछोरीहरु किरिया बसेका हुन् ।केही समय अघि त्रिशुली नदीमा कार खसेर दुर्घटनामा मृत्यु भएका मधु सुवेदीको किरिया छोरीले चाहेर पनि गर्न पाएका थिएनन् । पोखरा ६ लेकसाइडका मधु सुवेदीको हिन्दु संस्कार अनुसार दाहसंस्कार गरिएको थियो । दाह्संस्क...

कार्यालय प्रमुख नहुँदा समस्या

बेझाड / पाल्पाको गाउँपालिका कृषि शाखा र पशु शाखा कार्यालय प्रमुखविहीन छ । कार्यालय प्रमुख नहँुदा कृषि र पशु क्षेत्रका कार्यक्रम प्रभावित बनेका छन् । गाउँपालिकाको कृषि शाखा प्रमुख रामप्रसाद खनाल १० महीनाका लागि काजमा अध्ययन बिदामा हुनुहुन्छ । अहिले कृषि शाखा आठ महीनादेखि कार्यालय प्रमुखविहीन छ । त्यस्तै पशु शाखा डेढ महीनादेखि प्रमुखविहीन छ । कार...

राष्ट्रिय गौरवका आयोजनामा प्रदेश सरकारले चासो देखाए

खस्यौली / प्रदेश नं ५ भित्र रहेका राष्ट्रिय गौरवका आयोजनामा प्रदेश सरकारले चासो देखाएको छ ।आज बुटवलमा मुख्यमन्त्री शङकर पोखरेललाई राष्ट्रिय गौरवका विभिन्न आयोजनाका प्रमुख तथा प्रतिनिधिले भेट गरी आयोजनाका विविध विषयमा जानकारी गराउँदै आयोजनाका बजेट, समस्या र चुनौतीका बारेमा अवगत गराएका हुन् । सो अवसरमा मुख्यमन्त्री शङ्कर पोखरेलले राष्ट्रिय गौरवका ...

प्रदेश ५ मा माघे सङ्क्रान्तिमा दुई दिन बिदा

रुपन्देही / प्रदेश ५ सरकारले माघे सङ्क्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।प्रदेश सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले माघ १ र २ गते दुई दिन बिदा दिने निर्णय गरेको हो । प्रदेशमा मगर र थारु जातिको बाहुल्यता रहेकाले माघे सङ्क्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वै...