अत्यधिक मदिरा सेवनबाट एकको मृत्यु

पर्वत / अत्यधिक मदिरा सेवनबाट यहाँका एक युवाको मृत्यु भएको छ । पर्वतमो मोदी गाउँपालिका–७ का ४२ वर्षीय पटकबहादुर क्षेत्रीको घरेलु रक्सीको सेवनबाट ज्यान गएको हो । अत्यधिक मदिरा सेवन गरेर बुधबार साँझ घरबाट निस्किएका क्षेत्रीको गाउँ नजिकै रहेको चिहानडाँडा सामुदायिक वनमा बिहीबार शव फेला परेको प्रहरीले जनाएको छ । उनको मदिराकै कारण लडेर ज्यान गएको हु...

जबर्जस्ती करणीको फैसला उल्टियो

बागलुङ / जबर्जस्ती करणीका आरोपितलाई सफाइ दिने जिल्ला अदालत बागलुङको फैसलालाई उच्च अदालत पोखरा, बागलुङ इजलासले उल्टाएको छ । फैसला उल्टेसँगै अभियुक्त ढोरपाटन नगरपालिका–८ खुङ्गाका ७३ वर्षीय धनबहादुर अर्गेजा पाँच वर्षका लागि जेल चलान भएका छन् । उनले पीडितलाई रु ५० हजार क्षतिपूर्तिसमेत भरेका छन् । न्यायाधीश शेषराज शिवाकोटी र हरिप्रसाद पौडेलको संयुक्...

राजधानी तोक्ने समितिको म्याद थप

पोखरा / प्रदेश नं ४ को मंगलबार बसेको प्रदेशसभा बैठकले प्रदेशको राजधानी तथा नामाङ्कन समितिको म्याद १० दिन थप गरेको छ । समितिका ज्येष्ठ सदस्य विन्दुकुमार थापाले समितिका लागि ३० दिनको म्याद दिइएकोमा यस अवधिमा ११ वटै जिल्लामा टोली बनाएर सुझाव संकलन गरिएको जानकारी दिनुभयो । विभिन्न जिल्लाबाट आएका सुझावको समीक्षाका साथै राजनीतिक दलबाट आवश्यक सुझाव लिँदै ...

चौरासी वर्षीय वृद्धद्वारा अक्षयकोष

स्याङ्जा / यहाँका एक ८४ वर्षीय वृद्धले शिव पार्वती वृद्धाश्रममा रु एक लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । स्याङ्जाको वालिङ नगरपालिका–६, मिर्दी निवासी जयबल्लभ तिवारीले वृद्धवृद्धाको स्वास्थ्योपचार लगायतका क्षेत्रमा प्रयोग गर्ने गरी अक्षयकोष स्थापना गरेको शिव पार्वती वृद्धाश्रम तथा बहुउद्देश्यीय संस्थाका अध्यक्ष कविता गैह्रेले बताउनुभयो । “आफू पन...

घरको छतबाट खसेर व्यवसायीको मृत्यु

दाङ / घरको छतबाट खसेर तुलसीपुरका एक व्यवसायीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ स्थित कपडा व्यवसायी वीरबहादुर वलीको रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पसल बन्द भएको छ छैन भनेर तलतिर हेर्ने क्रममा आइतबार घरको तेस्रो तलाको रेलिङबाट वली खसेको पारिवारिक स्रोतले बताएको छ । तेस्रो तलाबाट सडकमा खसेपछि गम्भीर घाइ...

तीर्थयात्री बोकेको बस दुर्घटनामा सात घाइते

पर्वत / पर्वतको कुश्मा नगरपालिका–८ चुवामा आज बिहान बस दुर्घटना हुँदा सातजना घाइते भएका छन् । काठमाडौँबाट तीर्थयात्री लिएर हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ हिँडेका यात्रु सवार बा ४ ख ५७८८ नम्बरको बस बिहान ४ः३० बजे दुर्घटनामा परेको हो । घाइते हुनेमा भक्तपुर चाँगुनारायण नगरपालिका–१० का ६५ वर्षीय लिलानाथ पुडासैनी, ६० वर्षीया माया पुडासैनी, काठमाड...

कालीगण्डकीमा युवकको शव फेला

पाल्पा / कालीगण्डकी नदीमा शनिबार बेपत्ता भएका युवकको शव आज फेला परेको छ । नयाँ वर्षको अवसरमा नुहाउन गएका रिब्दिकोट गाउँपालिका–३ हार्थोकका १८ वर्षीय आयुष खनालको शव आज फेला परेको हो । उनी पाल्पाको रानीमहल नजिकैबाट कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । बगेको स्थानबाट करिब दुई सय मिटर टाढा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जना...

ट्याङ्की फुट्दा एकको मृत्यु, नौ घाइते

कलैया / बाराको कलैया उपमहानगरपालिका–२४ श्रीपुरमा रहेको रिलाइन्स सुगरमिलमा उखुको तातो रस मोलासिसको ट्याङ्की फुट्दा तातो रस जीउमा खसेर एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । आज सो ट्यांकी अचानक फुट्दा ठेगाना नखुलेका भारतीय कामदार अन्दाजी ४५ वर्षीय रामस्नेहीको मृत्यु भएको बारा प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते भएका स्नेहीको कलैया...

घूससहित दुई कर्मचारी पक्राउ

पोखरा / अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जिल्ला शिक्षा कार्यालयका दुई जना प्राविधिक कर्मचारीलाई घूससहित पक्राउ गरेको छ । विद्यालय भवन निर्माण गर्दा गलत बिल फछ्र्यौट गरिदिने भन्दै रु एक लाख घूस लिँदालिँदै चिप्लेढुङ्गास्थित एक रेस्टुरेन्टबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउपर्नेमा इन्जिनियर छवीन्द्रविक्रम खाँड र सबइन्जिन...

पुरुषहरु वैदेशिक रोजगारीमा बिदेशीएपछि मलामी जान बाध्य महिला

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेली गाउँमा कसैको मृत्यु भयो भने मलामी जानका लागि महिलाको लर्को लाग्ने गरेको छ । गाउँका प्रायः सबै घरका युवा वैदेशिक रोजगारीका लागि विदेश गएपछि मगर र दलित समुदायको बाहुल्यता रहेको बेली गाउँ युवाविहीन छ । गाउँमा रहेका केही पुरुष पनि दैनिक ज्याला मजदुरीका लागि अन्यत्रै हिँडेपछि गाउँमा वृद्धवृद्धा र महिल...