गाजा फँडानी अभियान सञ्चालन

तनहुँ / जिल्ला प्रहरी कार्यालय तनहुँ र मातहतका इलाका प्रहरी कार्यालयले अवैध गाजा फँडानीलाई अभियानका रुपमा सञ्चालन गरेको छ । समुदाय–प्रहरी साझेदारीअन्तर्गत स्थानीयवासीको सहयोग र सक्रियतामा गाजा फँडानीलाई तीव्रता दिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । “गाउँघरमा गाँजा खेती भइरहँदा युवाको आवतजावत बढ्ने र त्यस...

साढे दुई लाखसहित ४० जना जुवाडे पक्राउ

पोखरा / जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले दुई दिनमा विभिन्न चार स्थानबाट जुवा खेली रहेको अवस्थामा ४० जना जुवाडेलाई पक्राउ गरी दुई लाख ५८ हजार ३२० नगदसमेत बरामद गरेको छ । पोखरा महानगरपालिका–५ पस्र्याङस्थित विमला श्रेष्ठको घरमा डेरा गरी बस्ने कमला रानाभाटको कोठाबाट चार बुक तास, आठ जना व्यक्तिसहित रु एक लाख २१ हजार १४० र पोखरा–८ नागढुङ्गास्थि...

महिला र बालकको शव फेला

तनहुँ / तनहुँको देवघाट गाउँपालिका–५ भुवनटारस्थित त्रिशूली नदीमा एक महिला र बालकको शव फेला परेको छ । नदी किनारमा शुक्रबार अन्दाजी २५÷२६ वर्षीया महिला र छ÷सात वर्षको बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । मृत फेला परेका महिला र बालकको नाम र ठेगाना खुल्न सकेको छैन । नदी किनारमा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई...

जनप्रतिनिधिको पारिश्रमिक सामाजिक कार्यमा

पोखरा / जनप्रतिनिधिहरु सुविधाभोगी भएको यदाकदा चर्चा सुनिने गरिएको वर्तमान अवस्थामा यहाँका एक निर्वाचित प्रतिनिधिले आफूले प्राप्त गरेको सम्पूर्ण पारिश्रमिक सामाजिक कार्यमा लगाउनुभएको छ । कास्की जिल्ला समन्वय समितिका सदस्य तोरण बानियाँले आर्थिक वर्ष २०७५÷७६ मा आफूले प्राप्त गरेको पारिश्रमिक र भक्तासहितको रु एक लाख ५० हजार समाजको शैक्षिक, सामाजिक, ...

डेङ्गुमा सजग रहन आग्रह

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले डेङ्गुको सङ्क्रमणबाट बच्न सजग रहन आग्रह गरेको छ । निर्देशनालयद्वारा आज यहाँ आयोजित अन्तरक्रियामा स्वास्थ्य निर्देशक खिमबहादुर खड्काले पोखरा महानगरपालिका वडा नं ८ र ९ सहितका वडाका बिरामीमा डेङ्गुको सङ्क्रमण देखिएकोले त्यसबाट बच्न पूर्वसजगता आवश्यक भएको बताउनुभयो ।डेङ्गु लामखुट्टेको टोकाइले सर्ने रोग हो । उ...

नदीमा हामफाल्ने आमाको उद्धार, छोराछोरीको मृत्यु

कावासोती / नारायणी नदीमा हामफालेकी एक महिलाको उद्धार गरिएको छ । दुई बालबालिकाको भने मृत्यु भएको छ । नवलपरासीपूर्व विनियी त्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित छाताचोकबाट नारायणी नदीमा हामफाल्दा पाल्हिनन्दन गाउँपालिका–५ बस्ने सुधा विश्वकर्माका छोरा साढे दुई वर्षीय अभिनाथ विश्वकर्मा र डेढ महीनाकी छोरी निकिता विश्वकर्माको मृत्यु भएको छ । आमा २४ वर...

राहत सामग्री चोरी गर्ने चार पक्राउ

गोरखा / जिल्ला प्रहरी कार्यालय गोरखाले रेडक्रसले वितरणका लागि राखेको राहत सामग्री चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ । नेपाल रेडक्रस सोसाइटी गोरखाको कार्यालयमा वितरणका लागि राखिएको सामग्री चोरी गर्नेलाई बुधबार पक्राउ गरेको गोरखाका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । पक्राउ पर्नेमा गोरखा नगरपालिका–९ टक्सार बस्ने जितेन्द्र माझी, ...

पहिरोपीडितलाई राहत

गण्डकी प्रदेश सरकारले यही साउन २० गते राति बाग्लुङको तमानखोला गाउँपालिका–४ लाममेलामा पहिरोमा परी घाइते भएकालाई राहत प्रदान गरेको छ ।पहिरोमा परेर घाइते भई पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहनुभएका सोही स्थान बस्ने वर्ष ४५ का औमबहादुर, वर्ष १६ का अनिल र वर्ष ९ का राम श्रीपालीलाई सरकारको तर्फबाट आज आन्तरिक मामिला तथा कानूनमन्त्री ह...

पोखरीमा दुई जनाकाे शव फेला

लमजुङ / बेँसीशहर नगरपालिका–३ गाउँशहरको रमाइलोडाँडास्थित पोखरीमा डुबेको अवस्थामा दुई जनाको शव फेला परेको छ । मस्र्याङ्दी गाउँपालिका–९ सिमपानीका २१ वर्षीय विकास विक र सो नगरपालिका–३ गाउँशहरका १८ वर्षीय रुकेश विकको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त पोखरीमा विकासको शव सोमबार राति र रुकेशको शव आज फेला परेक...

पहिरोले लोकमार्ग अवरुद्ध

बागलुङ / गलकोट नगरपालिका–११ रिघा, फेँदीमा आज बिहान खसेको पहिरोले मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरुद्ध बनेको छ । पहिरोले जिल्लाको पश्चिम भेगको यातायात सेवा प्रभावित बनेको छ । लोकमार्ग खुलाउन प्रयास भइरहेको वडाध्यक्ष डम्बर श्रीसले बताए । “हटियाबाट डोजर आउँदैछ, डेढ÷दुई घण्टामै लोकमार्ग सञ्चालन हुन्छ”, उनले भने । पहिरोले अवरोध सिर्जना गरेपछि लोकमार्...