बागलुङमा चट्याङबाट २६ वर्षीय यूवककाे मृत्यु

बागलुङ / बागलुङ जिल्लामा आज चट्याङले लागेर एक युवाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१३ गलुवाका २६ वर्षीय शङ्कर रिजालको आज दिउँसो ४ः३० बजे घरको पिँढीमा खाजा खाँदै गर्दा चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेम केसीले बताएका छन् । चट्याङबाट गम्भीर घाइते रिजालको धौलागिरि अञ्चल अस्पताल बागलुङमा उपचारका क्रममा मृत्यु ...

गोरु काटेको अभियोगमा दुई पक्राउ

पोखरा / पोखरा महानगरपालिका–३३ छप्ल्याङको चालिसे भन्ने स्थानबाट गोरु काटेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पोखरा–३२ लामेआहालका २७ वर्षीय अनिष भुजेल र छप्ल्याङका ३७ वर्षीय सञ्जय कार्कीलाई गोरुको मासु र पुछारसहित पक्राउ गरेको हो ।

नदीमा हामफालेर मृत्यु

पोखरा / गण्डकी प्रदेशमा नदीमा हामफालेर एकको मृत्यु र एक डुबेर बेपत्ता भएका छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका घर भई पर्वतको जलजला गाउँपालिका–३ बारीबेनीमा बस्दै आउनुभएका ३५ वर्षीया देवकी थापा मगर छन् । पर्वत जिल्लास्थित बारीबेनी दोभानबाट कालीगण्डकी नदीमा हामफालेर मगरको मृत्यु भएको छ । उहाँको शव १५० मिटर तल लामाखेतस्थित नदी कि...

कुहिएको चामल राहतमा

तनहुँ / यहाँको एक स्थानीय तहले वितरण गरेको राहतको चामल सडेको र ढुसी परेको भेटिएको छ । बन्दीपुर गाउँपालिका वडा नं ५ ले कल्चोक क्षेत्रका केही घरपरिवारलाई वितरण गरेको चामल ढुसीयुक्त छ । चामलको रङ कालो भएको र अमिलो गन्ध आएको राहत पाउने स्थानीयवासीले बताएका छन् । चामल तीनचार पटक पखाल्दा पनि कालो नगएको तथा एकदुई छाक पकाएर खाँदा स्वादै अर्कै आएकाले क...

गण्डकी प्रदेशमा विदेशबाट आएका चार हजारमा ‘¥यापिड परीक्षण’

कास्की / गण्डकी प्रदेशमा चैत महिनामा छिमेकी मुलुक भारत लगायतका देशबाट आएका चार हजार १४६ जनाको कोरोना परीक्षण गरिने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सम्भावित सङ्क्रमण फैलावट रोक्न विदेशबाट प्रदेश भित्रिएका सबैको ¥यापिड डाइगोनिष्टक टेष्ट(आरडिटी) गर्न लागिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । नेपालमा अहिलेसम्म कोरोन...

गण्डकी प्रदेश सरकारले निःशुल्क राहत प्याकेज ल्याउने

कास्की / कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरण गर्न सरकारले आह्वान गरेको लकडाउनका कारणले प्रभावित बनेका ज्यालादारीमा काम गर्ने मजदुर लगायतलाई निःशुल्क राहत प्याकेज ल्याइने भएको छ । गण्डकी प्रदेश सरकारले गठन गरेको प्रदेशस्तरीय आपूर्ति तथा अनुगमन समितिले लकडाउनको मारमा परेका सडक बालबालिका, दैनिक ज्यालामा काम गर्ने मजदूर, क्वारेन्टाइनमा बसेका र आ...

कोभिड १९ : बिहान र साँझ खाद्यान्न पसल खुला रहने

तनहुँ / तनहुँमा हरेक दिन बिहान र साँझको समयमा खाद्यान्न पसल खुल्ने भएको छ । विपद् व्यवस्थापन समितिको आज सम्पन्न बैठकले अत्यावश्यक खाद्य पदार्थ लगायतका सामग्रीको सर्वसुलभ व्यवस्थापन गर्नका लागि हरेक दिन बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म खाद्यान्न पसल खुल्ला रहने निर्णय गरेको हो । कोभिड १९ (कोरोना भाइरस)को सम्भावित जोखिमलाई कम ...

बस दुर्घटनामा एक जनाको मृत्यु

दमौली / पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका–२ बस्ने २५ वर्षीया शर्मिला ठकुरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मुग्लिङदेखि पोखरातर्फ आउँदै गरेको ग१ख ४९०० नं को बस सडकमा पल्टिँदा च्यापिएर ठक...

आम्दानीको स्रोत बन्दै मौरीघार

लमजुङ / छिमेकी जिल्ला तनहुँ र कास्कीसँग सिमाना जोडिएका मध्यनेपाल नगरपालिका– १० हाँडीखोलाका ४७ वर्षीय कालु दुरा बिहानदेखि झमक्क साँझ पर्दासम्म घर वरिपरि नै लुटुपुटु गरिरहनुहुन्छ । गाउँ छाडेर टाढा जाने फुर्सद त उहाँलाई हुँदैन नै केही दिनसम्म त गाउँघरमा घुम्नसमेत फुर्सद हुँदैन । असिना पसिना हुनेगरी काम गरेको देखिँदैन तर उहाँको आम्दानी भने वर्षेनी लाखौ...

महेशपुर भन्सारद्वारा नौ लाखको अवैध कपडा बरामद

परासी / सीमावर्ती भारतीय बजारबाट भन्सार छली नेपाल भित्र्याइएको ठूलो परिमाणको अवैध कपडा पश्चिम नवलपरासीस्थित महेशपुर भन्सार कार्यालयले बरामद गरेको छ । जिल्लाको विभिन्न स्थानबाट करिब रु नौ लाखको अवैध लत्ताकपडा बरामद गरिएको भन्सार कार्यालयले जनाएको छ । रातीको समयमा अवैधरूपमा कपडा ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा भन्सारबाट खटिएको टोलीले रामग्र...