फरार प्रतिवादी तीन वर्षपछि पक्राउ

दमौली / सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी तीन वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँ, म्याग्दे गाउँपालिका–३ बस्ने ३४ वर्षीय थमन भुजेल छन् । विसं २०७३ कात्तिक १७ गते पृथ्वीराजमार्गस्थित म्याग्दे–३ मा भएको सवारी दुर्घटनाको घटनामा तनहुँ जिल्ला अदालतबाट विसं २०७४ मङ्सिर १२ गतेको फैसलाबाट दोषी ठहर भएका भुजेललाई सोमबार घरबाटै पक्राउ गरिएक...

कास्कीमा १९ उम्मेदवारको जमानत जफत

पोखरा / कास्की क्षेत्र नं २ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १९ उम्मेदवारको जमानत जफत भएको छ । सो क्षेत्रमा २१ जनाले मनोनयन दर्ता गराएकामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली काँग्रेसका उम्मेदवारबाहेक सबैको जमानत जफत भएको हो । जमानत जोगाउनका लागि खसेको मतको १० प्रतिशत मत पाउनुपर्ने निर्वाचन ऐनमा उल्लेख छ कास्की २ मा ७१ हजार ८७१...

बाग्लुङमा बाम गठबन्धनका शाही विजयी

बलेवा / बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही निर्वाचित हुनुभएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थनमा शाहीले नेपाली काँग्रेसका जीत शेरचनलाई दुई हजार ९७ मतान्तरले पराजित गर्नुभएको हो । शाहीले ११ हजार २३५ मत ल्याउँदा शेरचनले नौ हजार १३८ मत ल्याउनुभयो । बागलुङ क्षेत्र नं २ (ख) बाट दुई जना ...

चुनावीसभा नजीकै विस्फोट

पोखरा / कास्की क्षेत्र नं– २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारअन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज गरेको चुनावी सभास्थल पोखरा प्रदर्शनी केन्द्र नजीकै बम विस्फोट भएको छ । सभास्थलभन्दा झण्डै दुई सय मिटरको दुरीमा ठूलो आवाजसहित विस्फोट भएको र विस्फोटबाट पार्किङ गरेर राखिएका दुईवटा सवारी साधनमा सामान्य क्षति भए पनि अन्य कु...

मोटरसाइकलको ठक्करबाट मृत्यु

दमौली / पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर घर भई हाल शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा बस्ने ६० वर्षीय सोमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग१७प १२९८ नंको मोटरसाइकलको ठक्करबाट घाइत...

एक हजार र पाँच सयका नक्कली नोट फेला

स्याङ्जाको वालिङमा नेपाली पाँच सय र एक हजारका नक्कली नोट फेला परेको छ । वालिङमा भेटिएका शङ्कास्पद भएपछि थप प्रमाणीकरणका लागि नेपाल राष्ट्र बैंक पोखरामा पठाइएकोमा पोखराले नक्कली भएको प्रमाणित गरेको राष्ट्रिय सहकारी बैंक वालिङका शाखा प्रमुख सुवास आचार्यले बताउनुभयो । वालिङस्थित विभिन्न तीनवटा सहकारी संस्थाबाट राष्ट्रिय सहकारी बैंक वालिङ शाखामा जम...

प्रधानाध्यापकलाई खुकुरी प्रहार गर्ने पक्राउ

गलेश्वर / पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक इन्द्रकुमारी पुनलाई खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । घरबाट विद्यालय जाँदै गरेकी प्रधानाध्यापक पुनलाई बुधबार खुकुरी प्रहार गरी फरार भएका म्याग्दीको मालिका गाउँपालिका–२ रुम बिलबाङका २७ वर्षीय रमेश पुन पक्राउ परेका हुन् । इलाक...

काठको खोरमा प¥यो चितुवा

तनहुँ / तनहुँको भानु नगरपालिका–१ जामुनेगैह्रास्थित जङ्गलमा राखिएको काठको खोरमा आज बिहान एउटा चितुवा परेको छ । भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि बनाइएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो । चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषबाट विज्ञसहितको टोली खटिएको एक हप्...

महेशपुर नाकाबाट ५१ को उद्धार

परासी / पश्चिम नवलपरासीको महेशपुर नाकाबाट १० महिनाको अवधिमा बेचबिखनको जोखिममा परेका ५१ महिला तथा बालिकाको उद्धार गरिएको छ । उद्धार गरिएका मध्ये ५० लाई परिवारमा पुनःस्थापित गरिएको छ । जिल्लाको सो मुख्य नाकाबाट पछिल्लो समय महिला वैदेशिक रोजगारीका लागि र किशोरी भारतीय आर्केष्टामा नाच्न तथा नेटवर्किङ व्यवसायमा संलग्न हुन जाने बहानामा आवातजावत गर्ने क्र...

कुवामा डुबेर पुरुषको मृत्यु

वालिङ / कुवामा डुबेर आज बिहान एक पुरुषको मृत्यु भएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ भुष्टुङमा रहेको कुवामा डुबेर अन्दाजी ५४ वर्षीय सोमबहादुर कामीको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । गुल्मीको सत्यवती गाउँपालिका लुम्पेकका कामी विगत झण्डै १०÷१२ वर्षदेखि भुष्टुङमै बस्दै आएका स्थानीय चोलाकान्त पाण्डेले बताए । कुवामा ड...