पहिरोमा परी एकै घरका तीनको मृत्यु

बागलुङ /  भिषण वर्षापछि गएराति गएको पहिरोले घर बगाउँदा एकै घरका तीनजनाको मृत्यु भएको छ । बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उहाँकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमै सुतिरहेको बेलामा एक्कासि खसेको ठूलो पहिरोमा परी उनीहरुको ज्यान गएको हो...

बर्दियामा छ महिना भित्र १७६ घटना

बर्दिया /   ओरेक नेपाल बर्दियाले छ महिनामा भए गरेका जिल्लाका १७६ वटा लैंगिक हिंसासम्बन्धी घटना सार्वजनिक गरेको छ । बर्दिया जिल्लामा रहेका विभिन्न गैरसरकारी संघ संंस्थाले विभिन्न क्षेत्रमा काम गरिरहेका अवस्थामा दुई वर्षदेखि बर्दिया जिल्लामा लैंगिक हिंसाविरुद्ध सक्रियरुपमा काम गर्दै आइरहेका ओरेक नेपाल नामक संस्थाले यस्तो प्रतिवेदन सोमबार सार्वजनिक...

टेलिटिचिङका लागि विद्यालयलाई स्मार्ट टिभी

बेनी, म्याग्दी / म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले विद्यालयलाई टेलिटिचिङ सञ्चालनका लागि स्मार्ट टिभी वितरण गरेको छ । गाउँपालिकाभित्र रहेका १० माध्यमिक विद्यालयलाई टेलिटिचिङका लागि गाउँपालिका अध्यक्ष डमबहादुर पुनले वडाध्यक्ष तथा विद्यालयका प्रधानाध्यापकलाई १० वटा स्मार्ट टिभी हस्तान्तरण गर्नुभएको हो । पोखरेबगरमा सोमबार भएको कार्यक्रममा माध्यमिक व...

रुपन्देही सियारी गाउँपालिका को बजेट रु ३९ करोड

बुटवल / रुपन्देही जिल्लाको सियारी गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ का लागि रु ३९ करोड नौ लाख ८६ हजार बजेट सार्वजनिक गरेको छ । सियारी गाउँपालिकाको तर्फबाट तेस्रो गाउँसभामा गाउँसभा उपाध्यक्ष एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक अमृता गुरुङले सोमबार समग्र क्षेत्रगत प्रस्तावित नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको थियो । स्थानीय सरक...

व्यापार मेला हुने

ठिनी / नेपाल र चीनको सीमा क्षेत्रमा हरेक वर्षको दुई पटक आयोजना हुने व्यापार मेला आजबाट शुरु हुँदै छ । नेपालको सिमानादेखि चार किलोमिटरको दुरीमा शुरु हुने उक्त मेलामा नेपाल र चीनका व्यापारीले १० दिनसम्म व्यापार गर्ने छन् । व्यापार मेलाका लागि लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्ण विष्टको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ । व्यापार मेलामा चीन...

वन्यजन्तु संरक्षण उद्यान बन्दै

बागलुङ / प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिर परिसरमा वन्यजन्तु संरक्षण उद्यान बनाउन थालिएको छ । यसै वर्ष तारबार गर्ने, अग्निरेखा बनाउने र केही वन्यजन्तु संरक्षणको काम गरिएको छ । वन मन्त्रालय, कालिका मन्दिर गुठी समिति र बागलुङ नगरपालिका मिलेर वन्यजन्तु संरक्षणसँगै पर्यटकीय गन्तव्य बनाउन उद्यानको योजना ल्याइएको मन्दिरका अध्यक्ष राजु खड्काले बताउनुभ...

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमले विद्यार्थी संख्यासँगै गुणस्तरमा सुधार

पोखरा / पोखरा लेखनाथ महानगरपालिका–३३ बाघमारास्थित सरस्वती टीका माध्यमिक विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन शुरु गरिएका कारण विद्यार्थी संख्यामा वृद्धि हुनाका साथै गुणस्तरीयता पनि बढ्दै गएको छ । समयसापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्ने सोचका साथ अंग्रेजी तथा नेपाली दुवै माध्यममा पठनपाठन शुरु गरिएको विद्यालयमा यस शैक्षिक वर्षमा एक हजार ८८ जनाले अ...

पोखरा विमानस्थलको निर्माण नरोकिने मन्त्री अधिकारीको भनाइ

पोखरा / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पोखरा विमानस्थलको निर्माण कार्य कुनै पनि रुपमा नरोकिने बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर कास्की शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले विज्ञ समूहबाट सो विमानस्थलका सम्बन्धमा आएका सुझाव निर्माण नै रोक्ने गरी नआएको स्पष्ट पार्नुभयो । एकसय असी सिट क्षम...

माछापुच्छ«्रेको बजेट ४५ करोड

पोखरा / कास्कीको उत्तरी भेगस्थित माछापुच्छ्रे« गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि रु ४५ करोड सात लाख ८० हजार बजेट विनियोजन गरेको छ । ‘माछापुच्छ्र«े गाउँपालिकाको रहर, सभ्य, समृद्ध, सुखी र खुसीको लहर’ नारासहित गाउँपालिकाको केन्द्र लाहाचोकमा आयोजित गाउँसभासमक्ष गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले नीति तथा कार्यक्रम र उपाध्यक्ष कृष्णकुमारी ...

लाङटाङमा मोटरबाटो निर्माणको कार्ययोजना स्वीकृत

रसुवा / पर्यटकीय क्षेत्र लाङटाङमा मोटरबाटो निर्माणको कार्य योजना स्वीकृत भएको छ । आइतबार सम्पन्न गोसाइँकुण्ड गाउँपालिकाको तेस्रो गाउँसभाले शेर्पागाउँ, लामाहोटेल, घोडातबेला, हुँदै लाङटाङ गाउँको नजिक थाङसाप भन्ने स्थानसम्म मोटरबाटो निर्माण गर्न कार्य योजना स्वीकृत गरेको र आगामी आर्थिक वर्षमा मोटरबाटो निर्माण सम्पन्न हुने गोसाइँकुण्ड गाउँपालिकाले ज...