१४ वर्षीय बालक हत्याका आरोपित पक्राउ

चिप्लेढुङ्गा/ पोखराको लेकसाइडमा सोमबार मध्यरातमा १४ वर्षीय सचिन सिञ्जालीको हत्या आरोपित युवक पक्राउ परेका छन् ।पाल्पा घर भई लेकसाइडमा बस्दै आएका सचिनको उनकै साथीले हत्या गरेको खुल्न आएको छ । उनलाई आफ्नै साथी बेनी काले भनिने २१ वर्षीय कुमार गर्बुजाले आफूले हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् । आरोपितलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्...

सूचनाको हक प्रभावकारी भए लोकतन्त्र बलियो : प्रमुख सूचना आयुक्त बाँस्कोटा

दमौली / प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हक प्रभावकारी भए लोकतन्त्र बलियो हुने बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले आज दमौलीमा आयोजना गरेको ‘सूचनाको हकको संरक्षण, सम्वद्र्धन र प्रचलन एवं सुशासन प्रवद्र्धनमा राष्ट्रसेवक कर्मचारीको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले जनताप्रति उत्तरदायी भएर प्रत्येक नागरिकलाई सूच...

पोखरामा १४ वर्षीय बालकको हत्या

कास्की / पोखरा महानगरपालिका–६ लेकसाइडमा १४ वर्षीय बालकको हत्या भएको छ । पाल्पा स्थायी घर भई पोखरामा आमासँग बस्दै आएका सचिन सिँजालीको गएराति घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो । बालकको शब हल्लनचोकस्थित निर्माणाधीन भवनमा फेला परेको हो । ...

बलात्कारको अभियोगमा वडाध्यक्ष कुमाल पक्राउ

दमौली / बलात्कारको अभियोगमा तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमाल पुर्पक्षका लागि थुनामा परेका छन् । गत वैशाख २५ गते एक युवतीलाई जबर्जस्ती करणीपछि फरार रहेका कुमाललाई जिल्ला अदालत नवलपुरले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको हो । कुमालले सोमबार नवलपुर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनलाई सोमबार जिल्ला न्यायाधीश अम्बिकाप्रसाद...

व्यास नगरपालिकाको आय रु एक अर्ब २० करोड

दमौली / तनहुँको व्यास नगरपालिकाले चालू आर्थिक वर्ष २०७५÷७६ का लागि रु एक अर्ब २० करोड दुई लाख ८५ हजारको संशोधित आय प्रस्तुत गरेको छ । आजदेखि शुरु भएको चौथो नगरसभाको अवसरमा नगरपालिकाका उपप्रमुख मीरा जोशीले संशोधित बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । चालू आवका लागि कूल रु एक अर्ब १२ करोड २४ लाख ३४ हजारको आय अनुमान गरिएकामा माघ २६ गतेसम्म रु ...

करेन्ट लागेर बालकको मृत्यु

दमौली / तनहुँको भानु नगरपालिका–५ मैवलमा करेन्ट लागेर शनिबार साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका शम्भु विष्टका १२ वर्षीय छोरा सुवास विष्ट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । साइकल चलाइ खेल्ने क्रममा घर नजिकैको विद्युत् पोलमा ठोक्किँदा विद्युत् चुहिएर विष्टलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका विष्टलाई उपचा...

महिलाका नाममा सम्पत्तिको स्वामित्व बढ्दै

बलेवा / सरकारले महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्दा राजश्वमा छुट दिन थालेपछि उनीहरूको स्वामित्वमा सम्पत्ति (घरजग्गा) दर्ता हुने क्रम बढेको छ । बागलुङमा महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्नेको सङ्ख्या ३५ देखि ४० प्रतिशतले वृद्धि भएको छ । मालपोत कार्यालय बागलुङका अनुसार जिल्लाका अधिकांश क्षेत्रका जग्गा खरीद बिक्रीम...

प्राविधिक शिक्षाको माग बढ्दो

दमौली / व्यावसायिक धारको पढाइ शुरु भएका तनहुँका विद्यालयहरुमा विद्यार्थीको आकर्षण बढेको छ । छोटो समयको पढाइबाट रोजगार सुनिश्चित हुने भएपछि विद्यार्थीहरु प्राविधिक शिक्षातर्फ आकर्षित भएका हुन् । माध्यमिक तह उत्तीर्ण भएपछि प्राविधिक शिक्षाका लागि पोखरा, चितवन वा काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्यसँगै विद्यार्थीहरु घरमै बसेर प्राविधिक शिक्षा पढ्न...

शौचालय जान पालो पर्खन्छन् कैदीबन्दी

दमौली / तनहुँ जिल्ला कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी भएपछि शौचालय जान समस्या भएको छ । ३५ जना क्षमता रहेको कारागारमा हाल १३० जना कैदीबन्दी भएपछि शौचालय जान समस्या भएको हो । कारागारका चौकीदार नरबहादुर थापाले बिहानको समयमा कैदीबन्दीले शौचालय प्रयोग गर्न लाइन बस्नुपर्ने बाध्यता रहेको जानकारी दिनुभयो । कारागारभित्र हाल सातवटा मात्र शौचालय भ...

खानेपानी आयोजनाबाट डेढ सय घरधुरी लाभान्वित

म्याग्दी / म्याग्दीको मालिका गाउँपालिका–७ बिम र ४ ओखरबोटमा निर्माण भएको खानेपानी आयोजनाबाट १५० घरधुरी लाभान्वित भएका छन् । गाउँपालिकामार्फत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाअन्तर्गत बिममा सौर्य ऊर्जाको प्रयोग गरेर लिफ्ट प्रविधिको र ओखरबोटमा डिल्लीखोला खानेपानी आयोजना निर्माण भएको हो । बिममा रु एक करोड ४३ लाख लागतमा निर्...