उद्यमी तयार गर्दै गाउँपालिका

बागलुङ / ताराखोला गाउँपालिकाले स्थानीय स्रोत साधनमा आधारित उद्यमशीलता प्रवद्र्धन कार्यक्रम शुरु गरेको छ । जनशक्तिलाई उत्पादनसँग जोडेर स्वाधीन गाउँपालिका बनाउने लक्ष्यका साथ उक्त कार्यक्रम अघि बढाएको हो । उद्यम विकास कार्यक्रमले रोजगार सिर्जना गर्नुका साथै आर्थिक गतिविधि बढ्ने गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । “यहीँको स्रोत साधनको उ...

नारायणगढ–मुग्लिन सडकको पहिरो पन्छाउन दिनभर लाग्ने

चितवन / नारायणगढ–मुग्लिन सडक खण्डमा खसेका दुई ठूला पहिरो पन्छाउन दिनभर लाग्ने भएको छ । सो सडक खण्डको टोपेखोला र कालीखोलामा पहिरो खसेपछि सडक अवरुद्ध छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार थप पहिरो नखसे कम्तीमा दिनको ४ बजेसम्ममा दुईतर्फी सडक सञ्चालन गर्न सकिने छ । सो सडकको टोपे खोलामा बिहान ५ः३० बजे र कालीखोलामा ८ः३० बजे...

छन्त्याल संग्रहालय स्थापनाका लागि भवन निर्माण

बाबियाचौर, म्याग्दी / अल्पसंख्यक छन्त्याल समुदायको सांस्कृतिक पहिचानको संरक्षण गरी पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडाखानीका बासिन्दाले छन्त्याल संग्रहालय स्थापनाका लागि भवन निर्माण गरेका छन् । स्थानीयवासी, प्रवासी नेपाली र गाउँपालिकाको सहयोगमा रु ४० लाख भन्दा बढीको लागतमा सभाहलसहितको दुई तले तीन कोठे सामुदायिक भ...

सूचना टाँस गरी बैठक स्थगित

पोखरा / प्रदेश नं ४ को आज १ः०० बजेका लागि बोलाइएको प्रदेशसभा बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । उपसभामुख सिर्जना शर्माले जारी गर्नुभएको सूचनामा आज बस्ने भनिएको बैठक विशेष कारण जनाइ असार २१ गते दिनको २ः०० बजेसम्मका लागि सारिएको छ । स्रोतका अनुसार आजको बैठकमा प्रदेशको नामकरण सम्बन्धमा छलफल गरिने कार्यसूची रहेकामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्ट...

रुखले च्यापेर बालिकाकोे मृत्यु

दमौली, तनहुँ / व्यास नगरपालिका– ६ पातलटारमा आज सालको रुख ढलेर च्यापिँदा एक स्कूले बालिकाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा तेजबहादुर थापाकी १० वर्षीया छोरी बिनिसा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिनिसाको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार हुँदाहँुदै मृत्यु भएको हो । घाइते हुनेमा थापाकै छोरीहरु १२ वर्षीया अ...

वर्षापछि उडान अवरुद्ध

पोखरा / बिहानैदेखि परेको पानीका कारण पोखरा विमानस्थलबाट उडान हुन नसक्दा यात्रु समस्यामा परेका छन् । पोखरा विमानस्थलबाट काठमाडौँ, जोमसोम, भैरहवा र भरतपुरका लागि कुनै पनि उडान हुन नसकेको सो विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी दिनुभयो । आइतबार पोखराबाट काठमाडौँका लागि छवटा मात्र उडान भएको थियो । दैनिक पोखराबाट जोमसोमका लागि स...

महभिर झरनाको फेदीमा कृतिम पोखरी निर्माण

बाबियाचौर, म्याग्दी / म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको महभिर झरनाको पर्यटन विकासका लागि पूर्वाधार निर्माण भएको छ । ओझेलमा परेको महभिर झरनामा पर्यटक भित्र्याउनका लागि गाउँपालिका, वडा कार्यालय र स्थानीयवासीले पूर्वाधार निर्माण गरेका हुन् । गाउँपालिकाको रु पाँच लाख अनुदानमा झरनाको फेदीमा यस वर्ष कृतिम पोखरी निर्माण भएको छ । वटा ग्यावियन भर...

डा केसीको स्वास्थ्य अवस्था खतरायुक्त

सुर्खेत / शनिबारदेखि जुम्लामा अनशनरत हाडजोर्नी चिकित्सक डा गोविन्द केसीको स्वास्थ्य खतरायुक्त अवस्थामा रहेको जनाइएको छ । अनशनरत डा केसीको हातखुट्टा, टाउको, छाती दुख्ने समस्या बढ्दै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर डा पूजन रोकायाले जानकारी दिनुभयो । “२४ घण्टामा २०० मिलिलिटर मात्र पिसाब भएको छ, स्वास्थ्य दैनिकरुप...

तल्लो मोदी जलविद्युत् आयोजना अन्तिम चरणमा

फलेवास, पर्वत / पर्वतको कुश्मा नगरपालिका–८ चुवास्थित मोदीखोलामा निर्माणाधीन २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । सात वर्षदेखि निर्माणाधीन आयोजनाले आगामी असारभित्रै उत्पादन दिने तयारीका साथ निर्माण कार्य तीव्र बनाएको हो । यस वर्ष निर्माणको काममा कुनै अवरोध नभई धमाधम हुन सकेकाले साउनसम्म उत्पादन गर्न...

अपांगता भएकालाई सिलाइ मेशिन वितरण

रामपुर, पाल्पा /   रामपुर नगरपालिकाका अपांगता भएका नागरिकलाई सिलाइ मेशिन वितरण गरिएको छ । अपांगता र अभिभावकमैत्री संघको आयोजना र रामपुर नगरपालिकाको सहयोगमा नगरपालिकाका १० जना अपांगता व्यक्तिलाई सिलाइ मेशिन वितरण गरिएको हो । नगरक्षेत्रभित्र रहेका सिलाइसम्बन्धी ज्ञान आर्जन भएका १० वटै वडाका प्रत्येक वडाका एक÷एक जना छनोट गरी मेशिन वितरण गरिएको स...