सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा दिनुपर्छ : मुख्यमन्त्री गुरुङ

दमौली / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नु अहिलेको मुख्य चुनौती रहेको बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयमा निर्माण गरिएको भवनको उद्घाटन एवं हस्तान्तरण कार्यक्रमलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले सामुदायिक विद्यालय गुणस्त...

जोमसोम विमानस्थल स्तरोन्नति को काम तीव्र

मुस्ताङ / मुस्ताङको जोमसोम विमानस्थल स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । धावनमार्गमा कालोपत्र थप (ओभरले) को काम ६५ प्रतिशत पूरा भएको निर्माण कम्पनीले जनाएको छ । धावनमार्गमा काम भइरहेकाले गएको शनिबारदेखि १५ दिनका लागि विमानस्थलसमेत बन्द छ । तीन सेन्टिमिटर रहेको कालोपत्रमा चार सेन्टिमिटर थप गर्न लागिएको हो । २० वर्षअघि गरिएको कालोपत्रको अवधि गुज्रन ला...

हत्याको आरोपमा एक जना पक्राउ

स्याङ्जा / हत्या गरेको आरोपमा प्रहरीले रूपन्देही देवदह–१० घर भई हाल भीरकोट नगरपालिका–१ बस्ने लेखबहादुर सूर्यवंशीलाई पक्राउ गरेको छ । जेठ २७ गते पुतलीबजार नगरपालिका–१३ का ५५ वर्षीय राजेश अधिकारीको शव भीरकोट नगरपालिका–१ स्थित मुल्की चौपारीमा भेटिएको थियो । अधिकारीलाई मृतावस्थामा भेटेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख राजकुमार लम्सालसहितको ट...

कटुवालकै भरमा सूचना

लमजुङ / लमजुङ जिल्लास्थित क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ गाउँका चन्द्रबहादुर गुरुङले गाउँपारिको डाँडामा उभिएर ठूलो स्वरमा उर्दी गर्न थालेपछि गाउँवासी कान टाठो गर्दै गुरुङलाई सुन्न थाल्छन् । डाँडाबाट उनका गाउँमा हुन लागेको वा हुनेवालाको नयाँ सूचना वा खबर सुनाउनुहुन्छ । उनी गाउँलेलाई सूचना दिने मान्छे अर्थात् कटुवाल हुन् । प्रविधिको माध्यमबाट सूच...

लागुऔषध कारोवारीमाथि गोली प्रहार

पोखराको / पोखराको उत्तमचोकमा एक लागुऔषध कारोवारीमाथि प्रहरीले गोली चलाएको छ । लागुऔषध बोकेर हिँडेको सूचनाको आधारमा बुझ्न गएको प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि प्रतिरक्षाका लागि गोली चलाएको प्रहरीले जनाएको छ । लागुऔषध कारोवारीले प्रहरीमाथि आक्रमण गरेपछि नियन्त्रणमा लिने क्रममा प्रहरीले घुँडाभन्दा तल खुट्टामा गोली चलाएको जिल्ला प्रहरी कार्यालय क...

रेडियो पर्वतमा आगलागी, प्रसारण बन्द

पर्वत / पर्वतको सामुदायिक रेडियो ‘रेडियो पर्वत’मा गए राति आगालागी भएको छ । राति १ बजेको समयमा विद्युत् चुहिएर आगलागी हुँदा सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् भने घरमा समेत क्षति पुगेको छ । आगलागीबाट रेडियोको ट्रान्समिटरमा समेत क्षति पुगेको छ भने सात कम्प्युटर, दुई मिक्सचर, हाइब्रिड, टेलिभिजनलगायतका सामग्री पूर्णरूपमा नष्ट भएको रेडियोका स्टेशन म्या...

जनता आवास कार्यक्रमअन्तर्गत गोरखामा ४५१ घर निर्माण

गोरखा / जनता आवासकार्यक्रमअन्तर्गत गोरखामा ४५१ विपन्न परिवारका लागि घर निर्माण भएको छ । जिल्लामा आर्थिक वर्ष २०६९÷७० देखि शुरु भएको जनता आवास कार्यक्रमअन्तर्गत लोपोन्मुख, अतिविपन्न र पिछडिएका वर्ग तथा दलित समुदायका लागि घर निर्माण गरिएको हो । शहरी विकास मन्त्रालयअन्तर्गतको आवास निर्माण कार्यक्रममार्फत यहाँका कुसुण्डा, बादी, चेपाङ, बराम तथा दलित समु...

गाडीको ठक्करबाट स्कुटरचालकको मृत्यु

गाडीको ठक्करबाट पोखरामा आज बिहान ११ः२५ बजे एक स्कुटरचालकको मृत्यु भएको छ । काभ्रे जिल्ला घर भएका ग८प १९१४ नम्बरका स्कुटरचालक २० वर्षीय कृष्णप्रसाद चौलागाईंको मृत्यु भएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उहाँलाई पोखराको इन्द्रचोक नजिक बा १४च ५८१२ नम्बरको भ्यानले ठक्कर दिएपछि जिल्ला अस्पतालमा पु¥याइएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

म्याग्दीमा सैनिक बोर्ड स्थापना

म्याग्दीमा भारतीय सेनाबाट सेवानिवृत्त सैनिकको सुविधाका लागि जिल्ला सैनिक बोर्डको कार्यालय स्थापना गरिएको छ । म्याग्दीको सदरमुकाम बेनीमा स्थापना भएको बोर्डको सोमबार भारत सरकारका रक्षा सहचारी कर्नेल अवनिश चाम्बियलले उद्घाटन गर्नुभएको हो । भारतीय रक्षा सहचारी कर्नेल चाम्बियलले बोर्ड स्थापना गर्न सफल भएकोमा जिल्लाका भुपूसैनिकलाई बधाई तथा शुभकामना व्...

गोरखा दरबार पुनः निर्माणमा भएको ढिलाइप्रति सभापति देउवाको चिन्ता

गोरखा / नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । नेपाली काङ्ग्रेस गोरखा नगरसमितिको दोस्रो सम्मेलनमा सहभागी हुन शनिबार साँझ यहाँ आइपुग्नुभएका सभापति देउवाले आज बिहान दरबार पुनःनिर्माणको अवलोकनका क्रममा सो चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले गोरखाको पहिचानलाई विश...