बेनी नगरपालिकाले घटायो सम्पत्ति कर : गाउँका जनता खुशी

गलेश्वर / म्याग्दीको एक मात्र नगरपालिका बेनी नगरपालिकाले यसअघि निर्धारण गरेको एकीकृत सम्पत्ति करको दर घटाएको छ । नगरवासीको चौतर्फी विरोधपछि नगरपालिकाले नगरवासीसँग असुल गर्ने करको दर घटाएको हो । सम्पत्ति करको दर घटेसँगै नगरवासी खुशी भएका छन् । बजार क्षेत्रका नागरिकका लागि ठिकै भए पनि ग्रामीण क्षेत्रका जनताको हैसियतभन्दा बढीको कर निर्धारण गरेको भ...

अपाङ्गता भएकालाई रेडक्रसको सहयोग

दमौली / नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तनहुँले अपाङ्गता भएका व्यक्तिहरुलाई रु आठ लाख आर्थिक सहयोग प्रदान गरेको छ । अपाङ्गता भएका व्यक्तिको जीविकोपार्जनका लागि सहयोग पु¥याउन रेडक्रस सोसाइटीले व्यास नगरपालिका–८ रिस्ती र भानु नगरपालिका–१३ सम्जुरका अपाङ्गता भएका व्यक्तिलाई आर्थिक सहयोग प्रदान गरेको हो । रिस्तीका ३७ र सम्जुरका ४३ लाई जनही रु १०÷१०...

‘व्यावसायिक शिक्षाले मात्रै राज्यका आवश्यकता सम्बोधन गर्छ’

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले प्राविधिक र व्यावसायिक शिक्षाले मात्रै राज्यका आवश्यकता सम्बोधन गर्न सक्ने बताउनुभएको छ ।पोखरा महानगरपालिका–१७ छोरेपाटनमा सञ्चालित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको ११औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोहको आज यहाँ उद्घाटन गर्दै उहाँले समाजको तल्लो तहबाटै शिक्षाको जग बलिय...

ट्र्याक्टरले किचेर महिलाको मृत्यु

म्याग्दी /  ट्र्याक्टरले किचेर जलजला गाउँपालिका–७ मिलनचोकमा शनिबार एक महिलाको मृत्यु भएको छ ।ग१त ३५१८ नंको ट्र्याक्टरले किचेर घाइते भएकी मिलनचोककी करीब ४५ वर्षीया कमला पौडेललाई उपचारका लागि म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका मिलनचोक प्रहरी चौकीले जनाएको छ । सडकमा रोकेर राखेको ट्र्याक्टर एक्कासि आफै गुड्...

छोराको स्मृतिमा सार्वजनिक धारो र बाटो निर्माण

गलकोट / दुर्घटनामा परी निधन भएका छोराको स्मृतिमा बागलुङ जिल्लाको एक परिवारले सार्वजनिक धारो र गोरेटो बाटो निर्माण गरिदिएका छन् । बागलुङ नगरपालिका–३ खहरे निवासी बुवा दुर्गाबहादुर खत्री र आमा गौराकुमारी खत्रीसहित उहाँको परिवारले स्व छोरा हिराबहादुर खत्रीको स्मृतिमा गाउँमा उक्त कार्य गरेका हुन् । विसं २०३९ चैतमा जन्मिएका हिराबहादुर खत्रीको १६ वर्ष...

तनहुँको आँबुखैरेनीमा दुर्घटना : एकको मृत्यु, दुई घाइते

दमौली / पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा शुक्रबार साँझ मोटरसाइकल र स्कुटर जुझ्दा मोटरसाइकल चालकको मृत्यु भएको अन्य दुई घाइते भएका छन् । सो दुर्घटनामा मोटरसाइकल चालक आँबुखैरेनी गाउँपालिका–३ एक्लेफाँटका २३ वर्षीय निकेश गुरुङको उपचारका क्रममा मृत्यु भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकलमा सवार सोही ठाउँ...

पर्वतको विहादीमा आगलागी

पर्वत / दक्षिण पर्वतको बिहादी गाउँपालिका–४ र ५ मा पर्ने वहाकी र उरामपोखराको जङ्गलमा आगालागी भएको छ । स्थानीय ल्होल्से सामुदायिक वन र सालघारी सामुदायिक वनमा बिहीबार बिहान ९ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । वनमा लागेको आगोले सयौँ हेक्टर वन नष्ट गरिसकेको स्थानीयवासी ऋषिराम भुसालले जानकारी दिनुभयो । आगो अहिले सालघारीमाथिको भीरमा ला...

खरको छाना हटाउँदै छ नगरपालिका

लमजुङ / बेँसीशहर नगरपालिका–११ चितीका नन्दनिधि पाण्डेको आधा उमेर खरको छानाको घरमा बित्यो। कमजोर आर्थिक अवस्थाका कारण जस्ताको छानो हाल्न नसक्नु भएका उहाँको सपना यसपालि पूरा भएको छ । बेँसीशहर नगरपालिकाको नगर क्षेत्रमा विपन्न तथा खरका छाना भएका घरमा जस्तापाता लगाउने अभियान चलाएकाले पाण्डेले पनि जस्तापाता पाउनुभएको हो । उहाँलाई बिहीबार नौ फुटको १६ थान त...

बस दुर्घटनामा सातको मृत्यु, चारको सनाखत

पोखरा / पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ को मालढुङ्गामा यात्रुवाहक बस दुर्घटना हँुदा सात जनाको मृत्यु भएकामा चार जनाको सनाखत भएको छ । सो दुर्घटनामा परी मृत्यु हुनेमा म्याग्दी पाखापानी–१ बस्ने २१ वर्षीय राजेश पुन, पर्वत जलजला गाउँपालिका–८ बस्ने ४० वर्षीया सेती परियार, उनका पति ५० वर्षीय टिके परियार र बागलुङ नगरपालिका–४ की ४८ वर्षीया शान्ति केसीको स...

हिउँदे नगरसभाद्वारा ऐन पारित

बागलुङ / बागलुङ नगरपालिकाको हिउँदे नगरसभाले तीन नयाँ ऐन पारित गरेको छ । सार्वजनिक निजी साझेदारी ऐन–२०७५, फोहरमैला व्यवस्थापन कार्यविधि ऐन–२०७५ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यविधि ऐन–२०७५ लाई नगरसभाले सर्वसम्मत स्वीकृत गरेको हो । नगरप्रमुखबाट प्रमाणित भएपछि ऐन लागू हुने विधायन समितिका संयोजक लक्ष्मी बाँस्कोटाले जानकारी दिनुभयो । प्र...