करेन्ट लागेर एकको मृत्यु

पोखरा / माछा मार्ने क्रममा करेन्ट लाग्दा आज यहाँ एकजनाको मृत्यु भएको छ । करेन्ट लगाएर फुस्रे खोलामा माछा मार्ने क्रममा पोखरा लेखनाथ महानगरपालिका–१७ बेलघारीका ४३ वर्षीय सन्तोष परियारको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । माछा मार्दैगर्दा करेन्ट लागेर घाइते भएका परियारको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । Purbeli TV ...

स्थानीय तह र प्रदेशबीच समन्वय आवश्यक

पोखरा / प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीयताको सफल कार्यान्वयनका लागि स्थानीय तह र प्रदेशबीच समन्वय हुनुपर्नेमा जोड दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित प्रदेश समन्वय परिषद्को पहिलो बैठकको उद्घाटन गर्दै उहाँले प्रदेशको समुन्नतिका लागि राष्ट्रिय गौरवका आयोजनामध्ये मध्यपहाडी लोकमार्ग बनाउनुपर...

घना जंगलको बीच पहरामा अनौठो शिवमूर्ति फेला, अवलोकन र पूजाका लागि स्थानीयहरूकाे भिड

म्याग्दी / म्याग्दीको मंगला गाउँपालिका–१ कुहूँस्थित तल्लो नुनथला जंगलको बीच भएर बग्ने छहरा खोलामा अनौठो शिवमूर्ति फेला परेको छ । घना जंगलको बीचमा, खोलको किनारमा रहेको ओढारमा फेला परेको सो शिवमूर्तिमा पहराबाट पानी रसाएर प्रत्येक ३२ सेकेण्डमा अभिषेक हुने गर्दछ । घाँस दाउरा गर्ने क्रममा स्थानीय कालीमाया राम्जाली र पञ्चबहादुर राम्जालीले ओढारको पहरा...

नेकपा प्रदेश ४ को संसदीय दलमा गुरुङ

पोखरा / नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टीको प्रदेश नं ४ को संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङ निर्विरोध निर्वाचित हुनु भएको छ । पार्टी एकीकरणपछि दुवै दलका तर्पmबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यको आज बसेको पहिलो संसदीय दलको बैठकले गुरुङलाई दलको नेतामा निर्वाचित गरेको प्रद...

जुवाखालबाट एक महिलासहित १४ पक्राउ

म्याग्दी / म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार प्रहरीले विभिन्न तीन स्थानमा छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् । सादा पोशाकमा प्रहरी परिचालन गरी शंकास्पद ठाउँमा छापा मार्दा जुवा खालबाटै एक महिलासहित १४ जनालाई नगद रु ५० हजारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । पक्राउ पर्नेमा बेनी नगरपालिका–८ स्थ...

सेती नदीले बगाएर एकको मृत्यु, अर्का एक बेपत्ता

दमौली / सेती नदीले बगाएर आज एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका– ५ कन्टार बस्ने ७३ वर्षीय भीमबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घरबाट नुहाउन जान्छु भनी हिँडेका विकको नदीले बगाएर मृत्यु भएको हो । विकको शव बिसघरेको गुम्बा नजिकै तैरिएको अवस्थामा भेटिएको थियो । यसैगरी, व्यास नगरपालिका– १३ बेलवासस्थित न्यूरोघ...

गौहत्यामा तीनजनालाई मुद्दा दर्ता

स्याङ्जा / स्याङ्जाको चापाकोट नगरपालिका–२ चिर्केथुम्कामा गाई काट्ने तीनजनालाई प्रहरीले पक्राउ गरी मंगलबार मुद्दा दर्ता गरेको छ । वडा प्रहरी कार्यालय, वालिङका अनुसार चापाकोट नगरपालिका–३ का ४३ वर्षीय लालबहादुर नेपाली, ५० वर्षीय मंगलबहादुर नेपाली र ३६ वर्षीय अनिलकुमार नेपालीलाई पक्राउ गरी मुद्दा दर्ता गरिएको हो । स्थानीयले दिएको सूचनाका आधारमा गाई...

मापदण्ड विपरीतका संरचना हटाइने

पोखरा / पोखरा लेखनाथ महानगरपालिकाले पृथ्वीचोकदेखि तालचोकसम्म राजमार्गको दायाँबायाँ मापदण्ड विपरीत निर्माण गरिएका संरचना हटाउने भएको छ । महानगरपालिकाका ट्राफिक व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले अस्थायी घर, टहरा र ग्यारेजका सामान हटाउने निर्णय गरेको हो । मापदण्ड विपरीत निर्माण गरिएको भौतिक संरचना सात ...

मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

नवलपरासी / पश्चिम नवलपरासीको बर्दघाटमा शनिबार दुई मोटरसाइकल एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको लु३७प १५७० नंको मोटरसाइकल दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको लु१०प ४४३५ नंको मोटरसाइकल सशस्त्र प्रहरी सीमा सुरक्षा तालीम विद्यालय नजिकै एकापसमा ठोक्किँदा सो दुर्घटना भएको थियो । दुर्घटनामा परी दुईजनाको घटनास्थलमा न...

करेन्ट लागेर दुई युवतीको मृत्यु

बागलुङ / काठेखोला गाउँपालिका–६ बिहुँकोटका दुई युवतीको करेन्ट लागेर आज ज्यान गएको छ । जंगलबाट स्याउला लिएर घर फर्कने क्रममा करेन्ट लागी २५ वर्षीया गुमा कँडेल र २० वर्षीया निशा कँडेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले जानकारी दिनुभयो । हाइटेन्सन लाइनको पोलबाट विद्युत् प्रवाह भई करेन्ट लागेको जनाइएको छ । ...