दुई सय विद्यार्थीलाई न्यानो कपडा वितरण

दमौली / तनहँुको व्यास नगरपालिका–१ ले वडाभित्र सञ्चालनमा रहेको तीन सामुदायिक विद्यालयका २०० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । वडा कार्यालयले भादगाउँस्थित निर्मल माध्यमिक विद्यालय, जलदेवी माध्यमिक र मुसेखोलास्थित जनसेविका आधारभूत विद्यालयमा अध्ययनरत विपन्न एवं जेहेन्दार छात्रछात्रालाई न्यानो कपडा वितरण गरेको हो । निर्मल माविका १००, जलदेवी ...

अलैँचीले फर्कायो विद्यार्थी

लमजुङ/ गाउँघरका मानिस सहर पसेसँगैँ खाली जस्तै भएको मस्र्याङ्दी गाउँपालिकाको एक विद्यालयमा विद्यार्थी आउँन थालेका छन् । मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका स्थानीयको सक्रियतामा गाउँमा अलैँचीखेती विस्तारसँगैँ गाउँमै रहेको सिर्जना प्राथमिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढ्न थालेको हो । कक्षा १ देखि तीनसम्मको उक्त विद्यालयमा विस्तारै विद्यार्थी ...

बोक्न मिल्ने सोलार पम्पमा किसान आकर्षित

नगराइन / धनुषाको नगराइन नगरपालिका–६, लगमाका किसान नयाँ प्रविधिको बोक्न मिल्ने सोलार पम्पबाट प्रदूषणरहित तरिकाले र सजिलैसँग सिँचाइ गर्न पाएर निकै खुशी देखिन्छन् । चिनियाँ प्रविधिको बोक्न मिल्ने करीब ३२ किलो मात्र तौल भएको सजिलो र सौर्य ऊर्जाले चल्ने पम्प आउनु अघि डिजेलबाट चल्ने पम्प चलाउँदा वातावरण प्रदूषण हुने, तेल खर्च धान्न नसक्ने र ओसारपसार गर्न...

दीर्घकालीन योजनालाई प्राथमिकता दिनुपर्छ : अध्यक्ष तिमिल्सिना

पर्वत / राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लामो समयको राजनीतिक लडाइँपछि मुलुक विकास र समृद्धिको युगमा प्रवेश गरेको बताउँदै अब दीर्घकालीन योजना बनाएर अघि बढेमा विकासका कामले गति लिने बताउनुभएको छ । प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशले प्रथम पञ्चवर्षीय योजना तर्जुमा गर्न पर्वतको कुश्मामा आयोजना गरेको जिल्लागत सुझाव सङ्कलन कार्यक...

सामुदायिक विद्यालय चलाउन महायज्ञ

पर्वत / विद्यार्थी अभावका कारण आठ वर्षदेखि बन्द रहेको सामुदायिक विद्यालय सञ्चालनका लागि महायज्ञ सञ्चालन गरिएको छ । उत्तरी पर्वतको जलजला गाउँपालिका–२ बगरफाँटस्थित शिद्धबाबा आधारभूत विद्यालय पुनः सञ्चालनमा ल्याउन महायज्ञ लगाइएको हो । गाउँका विद्यार्थी निजी विद्यालयमा भर्ना हुँदा तथा कतिपय सदरमुकाम झरेका कारण २०६८ देखि विद्यालय बन्द छ । विद्यालयको सर्...

आमा समूहको भवन बनाउन रु २५ लाखको जग्गादान

दमौली / तनहुँको व्यास नगरपालिका–१ गल्वुबेँसी निवासी यशोदा भट्ट क्षेत्रीले आमा समूहको भवन निर्माणका लागि रु २५ लाख बराबरको जग्गादान गर्नुभएको छ । गल्वुबेँसी सिर्जनशील आमा समूहको भवन निर्माणका लागि क्षेत्रीले तीन आना घडेरी दान गर्नुभएको हो । उहाँ सोही आमा समूहको अध्यक्षसमेत हुनुहुन्छ । क्षेत्रीले आफ्ना दिवङ्गत पति बालकृष्ण भट्ट क्षेत्रीको स्मृतिम...

शिक्षकलाई जिम्मेवार बन्न निर्देशन

म्याग्दी / राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले शिक्षकलाई आफ्नो दायित्वप्रति जिम्मेवार हुन निर्देशन दिनुभएको छ ।जलजला गाउँपालिका–३ मल्लाजस्थित विद्याज्योती माविको ७१आँै वार्षिकोत्सवको अवसरमा आज आयोजना गरिएको समारोहमा अध्यक्ष तिमिल्सीनाले शिक्षकलाई जागिरे मानसिकता त्यागेर आफ्नो दायित्वप्रति जिम्मेवार हुन आग्रह गर्नुभयो । “अतिरिक्त समय द...

भीरबाट लडेर महिलाको मृत्यु

गलकोट / बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–३ हिले निवासी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । शनिबार स्थानीय हिलेको भीरमा घाँस काट्न गएकी ३१ वर्षीया उजेली रसाइलीको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । रसाइली घाँस काट्ने क्रममा भीरबाट चिप्लिएर करीब १०० मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृतक...

खेलकूद विकासमा स्पष्ट नीति आवश्यक : प्रदेश प्रमुख कुँवर

कास्की / गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कँुवरले देशमा खेलकूदको विकासका लागि स्पष्ट नीति आवश्यक रहेको बताउनुभएको छ । पोखरा म्यासेञ्जरको विशेष प्रकाशन “फुटबल” पुस्तकको आज पोखरामा विमोचन गर्नुहुँदै कुँवरले खेलाडी र खेलका माध्यमबाट व्यक्ति, परिवार, समाज र देशकै प्रतिष्ठा बढ्ने भएकाले खेलकूद विकासका लागि राज्यले स्पष्ट नीतिका साथ योजना बनाएर बजेट...

पशुपालनबाट वार्षिक १२ लाख आम्दानी

बेनी / यहाँकी एक महिला पशुपालनबाट राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेकी सन्तोषी भण्डारीले विगत आठ वर्षदेखि पाँच रोपनी जग्गा भाडामा लिएर भैँसी, बाख्रा, कुखुरा र बङ्गुर पाल्दै आउनुभएको छ । स्वदेशमै आत्मनिर्भर बन्ने अठोट बोकेर व्यावसायिक पशुपालनमा होमिएकी ३१ वर्षीया उहाँले ‘समिर पुशपक्षीपालन केन्द्र’ स्थापना गर...