अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा झोलुङ्गे पुल निर्माण

म्याग्दी / म्याग्दीस्थित अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गमा दुई झोलुङ्गे पुल निर्माण भएको छ । पर्यटन कार्यालय पोखराको सहयोगमा अन्नपूर्ण खोलामा थप दुई झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा छन् । पदमार्गअन्तर्गत फुतफुते झरनामा ३० मिटर र गुराँसे ओढारमा २५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । कार्यालयको रु १० लाख अनुदान र स्थानीयवासीको श्रम...

बागलुङका अग्निपीडितले पाए नयाँ घर

बागलुङ / आगालागीबाट खण्डहर बनेको बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवीगाउँको बस्ती पुनःनिर्माण गरिएको छ । ढोरपाटन नगरपालिकाले अग्निपीडित परिवारलाई उपलब्ध गराएको रु एक लाख राहत रकम र नगरप्रमुख देवकुमार नेपालीले व्यक्तिगतरूपमा उपलब्ध गराएको जस्तापाताले अग्निपीडितको घर पुनःनिर्माण गरिएको हो । विसं २०७५ मङ्सिर ९ गते नवीगाउँमा भएको भीषण आगलागीबाट ...

बिहे गर्ने उमेर नहुँदै गर्भपतन

स्याङ्जा / जिल्लामा बिहे गर्ने उमेर अगावै गर्भपतन गराउने किशोरीहरुको सङ्ख्या बढदै गएको छ । नेपालको कानूनमा विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । तर बिहे गर्ने उमेर अगावै गर्भपतन गराउने किशोरीहरुको सङ्ख्या यहाँ बढ्दै गएको पाइन्छ । गर्भपतन गराउनेमा विवाहित मात्रै नभएर अविवाहित पनि आउने गरेको ग्रौघ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्रकी सिनियर अनमी रेनुक...

दुर्घटनामा एकको मृत्यु

नवलपरासी / पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । दुर्घटनामा परी एक घाइते भएका छन् । गैँडाकोट–१० सिस्नेमा गए राति पश्चिमतर्फ छुटेको लु१ख ८३२६ नंको बसले ना३३प ८७६३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बुलिङटार–३ का ५२ वर्षीय वीरेन्द्रनन्द सन्न्यासीको मृत्यु भएको हो । ...

जीप दुर्घटना : मृतक नौ जनाको भयाे सनाखत

बझाङ / जीप दुर्घटनामा परी मृत्यु हुने नौ जनाको सनाखत भएको छ । सदरमुकाम चैनपुर नजीकै रहेको डुङरीबाट मष्टा गाउँपालिका जाँदै गरेको से१ज १०७२ नंको जीप वडा नं १ डौँठी भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मष्टाका कलकबहादुर खड्का र उहाँका छोरा, जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्वाल, चालक सुरेन्द्र थापा र लक्ष...

बजेटको कार्यान्वयन प्रभावकारी हुन्छ– मन्त्री गुरुङ

पोखरा / गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेशको आर्थिक वर्ष २०७६÷७७ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन हुने बताउनुभएको छ । आइतबार प्रदेशसभामा प्रस्तुत बजेट सम्बन्धमा नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले आवश्यक कानूनमध्ये कतिपय बनिसकेको तथा केही बन्ने क्रममा रहेका कारण बजेट कार्यान...

पर्वतको कुश्माबजारमा पानीको हाहाकार

पर्वत / पर्वत सदरमुकाम कुश्मा बजारमा विगत एक हप्तादेखि खानेपानीको चरम अभाव भएको छ । केही दिन वर्षा रोकिएसँगै ह्वात्तै बढेको गर्मीका कारण पानीका स्रोत सुख्दै गएपछि पानीको अभाव हुनु र पानीका मुहान रहेका ठाउँमा रोपाइँ शुरु हुँदा बजारमा पानीको अभाव भएको हो । लुगा धुने नुहाउने त परैको कुरा पिउने पानीको अभाव भएपछि बजारवासी पानीको खोजीमा भौतारिन थालेका छन...

लागुऔषधसहित छ जना पक्राउ

म्याग्दी / लाागुऔषधसहित बेनीबाट छ पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई युवती पनि छन् । उनीहरुको साथबाट ८६ सेट (डाइजापाम, फेनेरागन र नुर्फिन) बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिनुभयो । उनीहरुलाई जिल्ला अदालतबाट अनुसन्धानका लागि आइतबार १० दिनको म्याद थप गरेर हिरासतमा राखिएको छ । पक्राउ पर्नेमा रघुगङ्गा...

याङ्जाका गणेश विक २२ दिनदेखि बेपत्ता ,सहयोग गरिदिन परिवारको आग्रह

याङ्जा / याङ्जाको भीरकोट नगरपालिका– ५ आग्रिडाँडाका चौध वर्षीया बालक बेपत्ता भएका छन् । गत जेठ १० गते दिउँसो ३ बजेर ३० मिनेटको समयमा भिरकोट–आग्रिखर्कस्थित घरबाटै गणेश विक बेपत्ता भएका हुन् । बाख्रा चराएर घर फर्केपछि घरबाट हिँडेको छोराको यत्तिका दिनेसम्म पनि कुनै अत्तोपत्तो नभएको आमा सीता विकले दुखेसो गर्नुभयो । “घर छोडेर कहिल्यै टाढा गएर धेरै दिन...

मिर्गाैला पीडितलाई २४ लाख सहयोग

स्याङ्जा / दुवै मिर्गौलाले काम नगरेपछि उपचार गराइरहनुभएका वालिङ नगरपालिका–९ निवासी खुमबहादुर गुरुङलाई शनिबार सहयोग रकम हस्तान्तरण गरिएको छ । वालिङ बहुमुखी क्याम्पसका प्राध्यापकसमेत रहनुभएका गुरुङको उपचारमा सहयोग पु¥याउने उद्देश्यले वालिङ बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख रीना रानाको संयोजकत्वमा सहयोग रकम सङ्कलन समिति निर्माण गरेर क्याम्पसले च...