बालकोटमा निःशुल्क स्वास्थ्य परीक्षण

भक्तपुर / भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा अभ्युदय स्वास्थ्य सेवा केन्द्र स्थापनाका अवसरमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा ५६८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । शनिबारबाट शुभारम्भ भएको स्वास्थ्य सेवा केन्द्रको उद्घाटनका अवसरमा आयोजित शिविरमा बालरोग, नशा रोग, हाडजोर्नी, स्त्रीरोग तथा प्रजनन स्वास्थ्य, जनर...

स्कुटर दुर्घटनामा महिलाको मृत्यु

काठमाडौँ / काठमाडौँको नयाँबजारमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बालाजु–सोह्रखुट्टे सडकखण्डमा पर्ने पिपुल्स अस्पताल अगाडि सडकमा आज दिउँसो बा २ ख ७०६ नंको माइक्रोबस, बा ३४ प ३६६७ नंको मोटरसाइकल र बा ५३ प ३६८२ नंको स्कुटर एकापसमा ठोक्किँदा स्कुटरमा सवार नुवाकोट घर भई काठमाडौँ बस्ने ४० वर्षीया पवित्रादेवी भट्टको मृत्यु भएको हो । महान...

इदः सुख, शान्ति र प्रगतिको कामना ; अध्यक्ष पशुपतिशम्शेर जबरा

काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले इस्लाम धर्मावलम्बीको पर्व इद (इदुल फित्र) का अवसरमा देशविदेशमा रहेका नेपाली मुसलमान समुदायलाई शुभकामना व्यक्त गर्नुभएको छ । पार्टी अध्यक्ष राणाले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा मुलुकमा बसोबास गर्ने सबै जाति र समुदायबीच एकता, स्नेह, सद्भाव, अपनत्व, र भाइचारा...

ग्रामीण भेगका स्वास्थ्य संस्थालाई अल्ट्रासाउण्ड उपकरण प्रदान

त्रिशूली, नुवाकोट / जिल्लाका ग्रामीण भेगका स्वास्थ्य संस्थामा गर्भ परीक्षणका लागि सहज होस् भनेर अल्ट्रासाउण्ड उपकरण प्रदान गरिएको छ । खरानीटार प्राथमिक स्वास्थ्य केन्द्र, देउराली प्राथमिक केन्द्र र काहुले स्वास्थ्यचौकीलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले शुक्रबार अल्ट्रासाउण्डका उपकरण प्रदान गरेको हो । अल्ट्रासाउण्ड सेवा सञ्चालन भएपछि विशेष ग...

सिलवालको लाङ्टाङ कथा

काठमाडौँ / भूकम्पलगत्तै, बीच र पछिल्लो अवधिको लाङ्टाङको एउटा सग्लो र सकारात्मक कथा झल्कने ‘लाङ्टाङ जर्नी ः ट्रेजेडी टु इन्स्पिरेसन’ शीर्षक कार्यक्रम सम्पन्न भएको छ । लाङ्टाङ सद्भावनादूत अशोक सिलवालको आयोजनामा सम्पन्न सो कार्यक्रममा सिलवालले आफू निर्देशित ‘घर फर्किरहेका मान्छे’ र ‘लाङ्टाङ अपडेट ः वेकिङ एण्ड वाकिङ’ (लाङ्टाङ अद्यावधिकः बिउँझदै र हि...

स्थायी गर्नुपर्ने विद्यालय कर्मचारीको माग

काठमाडौँ / नेपाल विद्यालय कर्मचारी परिषद्ले दरबन्दी सिर्जना गरी विद्यालय कर्मचारीलाई स्थायी गर्नुपर्ने माग गरेका छन् । परिषद्को पाँचौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्यसमितिले विद्यालयमा कार्यरत कर्मचारीलाई दरबन्दी सिर्जना गरी निजामती कर्मचारीसरहको सेवा सुविधा पाउनुपर्ने माग गरेको हो । परिषद्का नवनिर्वाचित अध्यक्ष बहादुर खड्काले विद्यालय तह...

प्रदेश ३ को नाम नेपाल मण्डल हुनुपर्नेमा जोड

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस र संघीय समाजवादी फोरमका नेताहरुले प्रदेश नं ३ को सरकारले यस क्षेत्रको नेपाल भाषा, कला तथा संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा ध्यान केन्द्रित गर्नु पर्ने बताउनभएको छ । नेपाल भाषामा प्रकाशित हुने नेवा अनलाइन न्यूजको तेस्रो वार्षिकोत्सवका अवसरमा आज आयोजित ‘नेवा आन्दोलनको मुद्दा र आजको दिशा’ विषयक वि...

पहिरोबाट पाँच घर जोखिमा

चौतारा, १ असार  गएरातिको अबिरल वर्षासँगै खसेको पहिरोले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा एक विद्यालयसहित पाँच घर उच्च जोखिममा परेका छन् ।सो गाउँपालिका–५ स्थित तौथलीका मकरध्वज श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ र मानबहादुर श्रेष्ठको तीनवटा पक्की घर अगाडिबाट पहिरो खस्दा ती घर उच्च जोखिममा परेको वडाध्यक्ष विष्णुभक्त श्रेष्ठले बताउनुभयो । भूकम्पपछ...

ट्रक र माइक्रोबस ठोक्किदा , ३ को मृत्यु, ७ जना घाइते

चितवन /  पृथ्वी राजमार्गअन्र्तगत चितवनको चुम्लिङटारमा शुक्रबार बिहान सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ७ जना घाइते छन् । काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना ६ ख ४०६४ नम्बरको ट्रकले पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ७६९२ नम्बरको माइक्रोबसलाई पानीधारा भन्ने स्थानमा बिहान ०७ः२५ बजे ठक्कर दिँदा दुर्घटना भएको हो ।चितवन प्रहरीका अन...

हवाई यात्रा गर्ने घटे

चितवन, ३१ जेठ/ नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएसँगै हवाई यात्रा गर्ने यात्रुको चाप घटेकोे छ ।जेठ २३ गतेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड चौबीसै घण्टा सञ्चालनमा आएसँगै भरतपुरबाट काठमाडौँ आवतजावत गर्ने यात्रुको चाप घट्दै गएको हो ।भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमका अनुसार अहिले यात्रुको चाप ४० प्रतिशतले कमी आएको छ । एक महिनाअघि दैनिक १४ देखि १...