कोरोनाको सङ्क्रमणबाट बच्न सावधानी अपनाउ : मुख्यमन्त्री पौडेल

गोरखा / वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशवासी तथा देश विदेशमा रहेका नेपालीलाई कोभिड–१९ को सङ्क्रमण विश्वव्यापी बनिरहेको भन्दै यसको सङ्क्रमणबाट बच्न सावधानी अपनाउन अनुरोध गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले आज एक सन्देश प्रकाशित गर्दै उक्त भाइरसलाई नेपालमा भित्रिनै नदिन नेपाल सरकार, वाग्मती प्रदेश सरकार तथा मातहतका निकाय लागेका ...

नौ महिनामा २२ गैँडा मरे, आफ्नै खर्चमा गणना गरिँदै

चितवन / चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्नेक्रम बढ्दै गएको छ । विस २०७६ साउनदेखि हाल सम्म २२ वटा गैँडा सोही कारणले मरेका छन् । निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार पछिल्लो पटक गत मङ्गलबार पश्चिमी सेक्टरको टेम्पल टाईगर क्षेत्रमा एउटा गैँडाको हाडखोर मात्र भेटिएको छ । यस अघि दुईवटा राष्ट्रिय वन क्षेत्रमा र अन्य निक...

छ किलोग्राम चरेससहित भारतीय नागरिक पक्राउ

काठमाडौँ / नेपाल प्रहरीले छ किलो १५० ग्राम चरेससहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले कलङ्कीस्थित एक होटलबाट अवैध लागुऔषध चरेससहित भारत विहारका ४० वर्षीय अनवर अली अन्सारीलाई मङ्गलबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रुगम कुँवरले झोलामा लुकाएर राखेको अवस्थामा पक्राउ गरिएक...

पनौतीबजार क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु

बनेपा / काभ्रे जिल्ला प्रशासन कार्यालयले पनौती बजारका केही क्षेत्रमा आज विहान ९ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यु) आदेश जारी गरेको छ । पनौती बजारको पूर्व शङ्खु जाने बाटोको चौकीसम्म ८०० मिटर, पश्चिम कुशादेवी जानेबाटोको एक किलोमिटर, उत्तर बनेपा जानेबाटोको ठाडोबाटोसम्म एक किलोमिटर र दक्षिण बेथानचोक जाने बाटोको एक किलोमिटरसम्म कफ्र्यु आदेश जारी...

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

चितवन / भरतपुर महानगरपालिका–७ क्यान्सर गेट अगाडि ट्रकले साइकलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार भरतपुरबाट गीतानगरतर्फ जाँदै गरेको ना७ख ४०९१ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेकी साइकलयात्री भरतपुर महानगरपालिका–७ कृष्णपुर निवासी ३५ वर्षीया लक्ष्मी सुवेदीलाई आज बिहान ठक्कर दिएको थियो ।ठक्करबा...

खेल्दै गरेका बालकको टिपरको ठक्करबाट मृत्यु

भक्तपुर / चाँगुनारायण–९ स्थित जय ब्रम्हायणी इँटाभट्टामा खेल्दै गरेका एक डेढ वर्षे बालकको सोही इँट्टाभट्टामा माटो बोक्ने बा५ख ७९७१ नंको मिनीटिपरको ठक्करबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही जिरायल घर भएका १९ वर्षीय ईश्वर मोक्तानको १८ महिने छोरा शिशिर मोक्तान रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी...

जग्गा खरिद गर्ने भन्दै नौ लाख लुटियो

चितवन / पूर्वी चितवनको खैरहनी नगरपालिकामा आज दुई जनाको रु नौ लाख लुटिएको छ । गुल्मीको सत्यवर्ती गाउँपालिका –६ का ३१ वर्षीय नारायण घर्ती र ३० वर्षीय पदम घर्ती लुटिनुभएको हो । उहाँहरुलाई खैरहनी नगरपालिकामा जग्गा खरिद गरिदिने भन्दै अनिल राई नामका व्यक्तिले बोलाएको र उनैले पैसा लुटेको पीडितले जनाएका छन् । राईले जग्गा बैना गर्ने भनी मालपोत कार्यालय ...

खाजा खानकै लागि विद्यालय आउँछन् चेपाङ बालबालिका

धादिङ / बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीस्थित प्रजा आधारभूत विद्यालयका चेपाङ बालबालिका विद्यालय आउँदा भोकै आउँछन् भन्दा पत्यार नलाग्न सक्छ तर यो वास्तविकता वर्षौंदेखि चलिरहेको छ । कक्षा २ मा अध्ययनरत सेविका चेपाङ सात वर्षकी भइन् । घरमा खानेकुरा नभएकाले बिहान उनी खाना नखाइ आउँछिन् । जब विद्यालय आउँछिन् । यताउता हेरिरहने बानी छ । कहिलेकाहीँमात्र ब...

सौरपानीमा जिप दुर्घटना ११ जना घाइते, चारको अवस्था गम्भीर

गोरखा / गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ छहरेखोलास्थित सिम्बमा आज बिहान बलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । रन्चोकबाट गोरखा सदरमुकामतर्फ यात्रु लिएर आउँदै गरेको बा१५च १०१६ नंको जिप उकालोमा पछाडि सरेर दुर्घटना भएको प्रत्यक्षदर्शी स्थानीयवासी सन्तबहादुर गुरुङले जानकारी दिनुभयो । दुर्घटनामा परी घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर र...

चट्याङ लागेर एक जनाको मृत्यु, अर्का एक घाइते

हेटौँडा / मकवानपुरको भीमफेदीमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने ठाउँमा चट्याङ लागेर स्थानीय २३ वर्षीय विजय स्याङ्तानको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उनकी २२ वर्षीया श्रीमती सविना स्याङ्तान उपचार भइरहेको छ । जिल्लाको पहाडी क्षेत्रमा अत...