झापामा फाेहाेर ब्यवस्थापन चुनाैती बन्दै

बिर्तामोड ,१८ माघ । बिर्तामोडलाई फोहोरमैलारहित बनाउन विभिन्न संघ–संस्थाले ३५ हप्तादेखि निरन्तर हरेक शनिबार सरसफाई गर्दै आएका छन् ।डेढ दर्जनभन्दा बढी सामाजक संघ–संस्थाको अगुवाई बिर्तामोड बजार सरसफाई गरिए पनि स्थानीयबासीको असहयोगकै कारण समस्या उत्पन्न भएको सरोकारवालाले आरोप लगाएका छन् ।मंगलबार बिर्तामोडस्थित अतिथि सदनमा बिर्तामोड सरसफाई समितिले सर्...

बौद्ध धर्मका अनुयायीहरु उर्लाबारीमा भेला

उर्लाबारी, १७ माघ । पूर्वमा रहेका बौद्ध धर्मका अनुयायीहरु मोरङको उर्लाबारीमा भेला भएका छन् । संघिय मामिला तथा स्थानिय विकाश मन्त्रालय अन्र्तगतको बौद्ध दर्शन प्रबद्र्धन तथा गुम्बा विकाश समिति ललितपुरको आयोजना आजदेखी उर्लाबारीमा सुरु धर्मदेशना प्रवचन कार्यक्रममा पूर्वमा रहेका बौद्ध धर्मका अनुयायीहरु भेला भएका हुन् । उर्लाबारी – २ स्थित पूर्र्वाञ्च...

बत्ति जडान गर्न सहयोग गर्ने रुकमानलाई सम्मान

उर्लाबारी । राजघाट उज्यालो समाज राजघाटले समाजसेवी रुकमान नाल्बोलाई सम्मान गरेको छ । उज्यालो समाजले राजघाटको दुर्गापुरी बजारमा सडकबत्ति जडानक्रममा ५५ हजार ५ सय ५५ रुपैंया सहयोग गरेका नाल्बोलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । राजघाट जेष्ठ नागरिकका अध्यक्ष यादबबहादुर थापा, जेष्ठ नागरिक सीतामाया घिसिङ,सीता नेपाल र समाजका अध्यक्ष हेमचन्द्र ग...

झापाको मेचीनगरमा पर्खालले किचेर मज्दुरकाे मृत्यु, तीन घाइते

झापा, १५ । झापाको मेचीनगर–१ स्थित खयरडाँगीमा पर्खालले किचेर आज एक भारतीय मजदुरको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मेचीनगर नगरपालिकाले बाटो किनारमा बनाउँदै गरेको पर्खाल खस्दा त्यसमा किचेर भारत बिहार बडरियाका ५५ वर्षीय सुबोल सिंहको मृत्यु भएको हो । उनीसँगै काम गर्ने भारत बिहार बडरियाका २२ वर्षीय वीरन सिंह, १९ वर्षीय तिलक सिंह र २१ वर्ष...

प्रिमियरकाे अागनमा रक्तदान कार्यक्रम

इटहरी । सुनसरीकाे इटहरीस्थित प्रिमियर हाेटल स्कुल , ग्लाेबल एजुकेसन(अल्फाबिटा )र किट्स ह्याप्पी हाेमकाे संयुक्त अायाेजनामा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । प्रिमियर हाेटल स्कुलकाे प्राङगणमा सम्पन्न रक्तदान कार्यक्रममा ६० जना भन्दा बढीले रगत दान गरेका थिए । ‘रगतको अभावमा कोही कसैले ज्यान गुमाउन नपरोस्,’भन्ने अभिप्रायले उक्त कार्यक्रम आयो...

विद्युत प्राधिकरण विराटनगरद्वारा १ करोड ८५ लाख ९२ हजार वक्यौता असुली

(मोरङ),१४ माघ : समयमा बिल नतिर्ने सेवाग्राहिरुबाट नेपाल विद्युत प्राधिकरण विराटनगरले १ करोड ८५ लाख ९२ हजार वक्यौता रकम असुल गरेको छ । प्राधिकरण विराटनगर प्रमुख शम्भु कुुुुशीयत यादवअनुसार गत साउनदेखि माघ सम्मको ६ महिनाको अवधिमा प्राधिकरण विराटनगर शाखाले १ करोड ८५ लाख ९२ हजार वक्यौता रकम असुलेको हो । लामो समयदेखी विल नर्तिने ३ सय ६० ग्राहकको लाइन काट...

रोजीनालाई किराया भरौलको सहयोग

सुनसरी / जन्मदै दूवैजना अपाङगता भएका नडाहा–३, भरौल सुनसरीका एक परिवारमा अहीले खुसी छाएको छ । मानसीक रुपले सुस्त र प्रष्ट बोल्न नसक्ने आमा बुवाका एउटै सन्तानको रुपमा जन्मेका शुश्री रोजीना राईलाई किराया प्राकास भरौलको अगुवाईमा ६ महिनाको सिलाई कटाई तालिम दिइनुका साथै रु. २० हजार बराबरको सिलाई मेसीन, कटर र अन्य सामग्री हस्तान्तरण गरेको छ । स्थानीय सम...

गोली प्रहार गरी रु दुई लाख लुटियो

मोरङ , १२ माघ । मोरङको कर्सियामा आज दिउँसो लुटेराहरुको एक समूहले वित्तीय संस्थाका एक कर्मचारीमाथि गोली प्रहार गरेर रु दुई लाखभन्दा बढी लुटेका छन् । लुटेराको समूहले वित्तीय संस्था जीवन विकास समाजका कर्मचारी ३५ वर्षीय घनश्याम बहरदारमाथि गोली प्रहार गरेर रकम लुटेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कर्सियाको पश्चिमतर्फ रहेको खोला छेउमा ढुकेर...

गोली प्रहार गर्ने एक भारतीय नागरिक पक्राउ

मोरङ,१२ माघ / कर्सिया– कद्माहा सडक खण्डमा रंगेली – ११ का ३५ बर्षिय घनश्याम बहरदारमाथि गोली प्रहार गर्ने एक भारतीय नागरिक पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी उपरिक्षक सन्दिप भण्डारीका अनुसार जीवन विकास लघु वित्त संस्थामा काम गर्ने रंगेली–११ का बहरदार रकम संकलन गरेर संस्था तर्फ फकिर्ने क्रममा आज मध्यन्न उहाँमाथि गोली प्रहार गर्ने एक...

जंगली हात्तीको आक्रमणमा परी महिलाको मृत्यु

झापा ०९ , माघ । जंगली हात्तीको आक्रमणमा परी दक्षिणी झापाको भद्रपुर नगरपालिकामा आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका – २ स्थित महेशपुर निवासी ४१ वर्षीया पालमाया लिम्वू रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो । घर नजिकै रहेको मायालु सामुदायिक वनमा घाँसकाट्न गएकी लिम्वूलाई घर फ...