चोरीका गहना र नगदसहित तीन पक्राउ

काठमाडौँ / महानगरीय प्रहरी परिसर काठमाडौँले चोरीका गहना र नगदसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँका राजन खनाल र उपेन्द्र खरेल तथा धादिङका सौरभ तामाङ रहेका छन् । यही जेठ २ गते भीमबहादुर पुनको डेराबाट हराएको रु चार लाख ९३ हजार ७०० बराबरको गहना र नगदसहित प्रहरीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको परिसरले जनाएको छ । पुनको डेराबाट ...

होटलको स्विमिङ पुलमा डुबेर एककाे मृत्यु

चितवन / चितवनको कुरिनटारस्थित सिद्धार्थ होटलको स्विमिङ पुलमा डुबेर मनकामना दर्शनका लागि आएका एकजनाको मृत्यु भएको छ । होटलमा पौडी खेल्ने क्रममा डुबेर काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका–११ नेपालटारका २६ वर्षीय रामबहादुर बस्नेतको मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा, आचार्यले जानकारी दिनुभयो । गएराति करीब ९ बजे नुहाउने क्रममा पानीम...

मासु अड्किदा एककाे मृत्यु

त्रिशूली / बिहेको भोजमा मासु चाख्ने क्रममा अड्किएर विदुर नगरपालिका–१३ का ६० वर्षीय होमबहादुर कोइरालाको आज मृत्यु भएको छ । आफन्तको बिहेको भोजमा मासु खाँदा अड्किएर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो । हाड घाँटीमा अड्किएपछि उपचारका लागि त्रिशूली जिल्ला अस्पतालमा ल्याउने क्रममा कोइरालाको बाटा...

हरेक प्रदेशमा सूचना आयोग हुनुपर्छ : बाँस्कोटा

चितवन / राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हकको अधिकार प्रत्याभूत गराउनका लागि सातवटै प्रदेशमा सूचना आयोग गठन गर्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ चितवन र राष्ट्रिय सूचना आयोगद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित ‘सूचनाको हक कार्यान्वयनको अवस्था’ विषयक छलफल कार्यक्रममा उहाँले भन्नुभयो, “जनताको सूचना प...

टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

भक्तपुर / आज बिहान मध्यपुरथिमि नगरपालिका सानोठिमी क्याम्पस अगाडि ५ः३० बजे टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । पेप्सिकोलाबाट सानोठिमीतर्फ आइरहेको बा ६६प ८५५३ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको बा २ क ३९३४ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक चेलाङ घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ बस्दै आएका ४८ वर्षीय चेतबहादुर था...

फरार रहेका चालिसेलाई जेल चलान

काठमाडौँ / नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले भ्रष्टाचार मुद्दामा फरार रहेका शम्भुप्रसाद चालिसेलाई पक्राउ गरेपछि चालिसे जेल चलान भएका छन् । ब्यूरोको टोलीले सर्वोच्च अदालतको २०७४ चैत २० को फैसलाअनुसार एक वर्ष छ महिना कैद र रु १० लाख जरिवाना हुने ठहर भई फरार धादिङ घर भई हाल कामनपा–१४ कंलकी बस्ने चालिसेलाई बिहीबार पक्राउ गरी जेल चलान गरेको ...

प्रतिकिलो रु २० मा जडीबुटी निर्यात

काठमाडौँ /   नेपालमा प्रशोधन केन्द्र र प्रविधिको विकास नभएको कारण नेपाली घरेलु उद्योगको सोचेअनुसार विकास हुन नसकेको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ । जडीबुटीको धनी नेपालमा जडीबुटीको प्रशोधन हुनसके प्रतिकिलो रु २० मा विदेश निर्यात हुने जडीबुटीबाट नेपालले पर्याप्त आर्थिक लाभ लिन सक्ने सम्भावना छ । त्यस्तै कर्णाली प्रदेशमा पाइने जेम्स...

हाेटलकाे काेठामा महिला र पुरुषको शव फेला, हत्या भएको आशंका

भक्तपुर / सूर्यविनायक नगरपालिका–९ बाँसघारीस्थित गारनिस होटलको कोठा नं २०३ मा आज दिउँसो दुई व्यक्तिको शव भेटिएको छ । होटलको उक्त कोठामा भक्तपुर नगरपालिका दरबारस्क्वायर बस्ने ३० वर्षीय जीवनतोयना श्रेष्ठ र दोलखा बोच गाउँपालिका–८ बस्ने २२ वर्षीया मुन्नी तामाङको शव मृतावस्थामा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालय श्रेष्ठले जान...

मजदूरी गर्दै आएका दुई युवकको डुबेर मृत्यु

नुवाकोट /  सल्यानको खप्टेश्वरी गाउँपालिका–२ बाट यहाँ मजदूरी गर्न आएका दुई युवकको तादी खोलामा नुहाउने क्रममा आज अपराह्न ज्यान गएको छ । तादी गाउँपालिका–४ स्थित तादी खोलामा नुहाउने गएका २४ वर्षका डिल्ली विश्वकर्मा र सोही स्थानका २० वर्षका डोना विश्वकर्माको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिनुभयो । ...

सडक दुर्घटनामा महिलाको मृत्यु

काठमाडौँ / गएराति सिनामंगलमा भएको सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । दोलखा स्थायी घर भई हाल सिनामंगल बस्दै आएकी ४७ वर्षीया गोमा भुजेलको पैदलयात्राका क्रममा सिनामंगलस्थित प्रहरी चौकी नजिकै ना १ ज ४२५० नं को टाटा सुमोले राति करीब १० बजे ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भुजेललाई उपचारका लागि स्थानीय काठमाडौँ मेडिकल कलेज लगिएकोमा उपचारका...