विद्युत् चोरीको आरोपमा वडा अध्यक्षसहित २१ जना पक्राउ

राजविराज, १ असार / सप्तरीमा जारी रहेको विद्युत् हुकिङ नियन्त्रण अभियानअन्तर्गत तिरुहत गाउँपालिकाबाट वडा अध्यक्षसहित २१ जनालाई आज पक्राउ गरिएको छ ।जिल्ला प्रहरी कार्यालय, सप्तरी र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजको संयुक्त अनुगमन टोलीले जिल्लाको तिरुहत गाउँपालिका–५ का वडा अध्यक्ष रमानन्द चौधरीसहित २१ जनालाई विद्युत् चोरी गरेको आरोपमा ...

ज्वाइँको हत्या गर्ने ससुरासहित तीनजना पक्राउ

राजविराज / सप्तरीको राजविराजमा कुटपीट गरेर एक युवकको हत्या गरेको आरोपमा सप्तरी प्रहरीले युवकका ससुरासहित तीनजनालाई विहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका–९, मलेठ निवासी रामदयाल साह, उनका २५ वर्षीय छोरा जयप्रकाश साह र छोरी अन्जना साह रहेको सप्तरीका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले वताउनुभयो । दुई दिन अगाडि रामदयाल साहले आफ्न...

प्रदेश २ : प्रदेश प्रहरी ऐन पारित

महेन्द्रनगर / प्रदेश नं २ को प्रदेश प्रहरी ऐन मन्त्री परिषद्बाट स्वीकृत भएको छ । केन्द्रबाट आएका सुरक्षा विज्ञ र स्थानीय सुरक्षा विज्ञको टोलीबीच विभिन्न चरणमा छलफल गरी प्रदेश प्रहरी ऐन निर्माण गरी आज मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । मन्त्रिपरिषद्बाट ऐन पारित भएपछि प्रदेश प्रहरी विधेयक प्रदेशसभामा पेश हुने बाटो खुलेको छ । ऐन एक दुई दिनभित्रै प्...

विश्वकप फुटबल पनि हेरिने, रक्तसञ्चार भवनलाई सहयोग पनि हुने

३१ जेठ / महोत्तरी जिल्लाका होटल व्यवसायीले विश्वकप फुटबलको अवसरलाई मानवीय सेवामा लगाउने भएका छन् ।महोत्तरी होटल व्यवसायी संघ, बर्दिवासले विश्वकप फुटबलको अवसरलाई बर्दिवास–३ गौरीडाँडामा निर्माणाधीन रक्त सञ्चार केन्द्र भवनको सहयोगार्थ उपयोग गर्न लागेको हो । आज साँझ रुसको राजधानी मस्कोमा शुरु हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण देखाएर होटल व्यवसा...

गुड्दागुड्दै अटोरिक्सामा आगलागी

महोत्तरी जिल्लाको गौशाला नगरपालिका क्षेत्रमा बुधबार साँझ गुड्दागुड्दै एउटा अटोरिक्सामा आगलागी हुँदा चार लाख रुपैयाँ भन्दा बढी मुल्य बराबरको क्षति भएको छ ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतका अनुसार बुधबार अबेर साँझ गौशाला नगरपालिका–११ लक्ष्मीनियाँ गाउँको हनुमानचोक नजिकै पूर्व पश्चिम राजमार्गबाट दक्षिणतर्फ आउँदै गरेको एउटा...

बसले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु

राजविराज / पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ मा बुधबार साँझ यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । काँकडभिट्टाबाट वीरगञ्जतर्फ जाँदै गरेको मे १ ख २२८२ नम्बरको यात्रुबाहक बसले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स ६ प ७५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको जिल्ला प्रहरी का...

चोरी भएको मोटरसाइकल बरामद गरी धनीलाई बुझाईयो

सिरहा / सप्तरीबाट चोरी भएको मोटरसाइकल सिरहा प्रहरीले बरामद गरी धनीलाई हस्तान्तरण गरेका छन् । जेष्ठ १५ गते सप्तरीको सप्तकोसी नगरपालिका बडा नं. १ फतेपुरबाट हराएको स ७ प ८०८६ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल जेष्ठ १७ गते बरामद गरी आज (बुधबार) सबारी धनी सोही ठाउँ बस्ने भिरानन्द सोनीलाई हस्तान्तरण गरिएको ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका प्रहरी नायब निर...

कुटपिटबाट एककाे मृत्यु

राजविराज / राजविराज नगरपालिका–९ स्थित मलेठमा कुटपिटबाट आज एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुने हनुमाननगर कंकालनी नगरपालिका–९ बस्ने ३० वर्षीय दीपेन्द्र मण्डल हुन् । सप्तरीका प्रहरी नायब उपरीक्षक भोवेश रिमालका अनुसार अत्यधिक मदिरा सेवन गरेका मण्डलको राजविराज नगरपालिका–९ स्थित ससुराली गएको बेला विवाद भएर हात हालाहाल हँुदा मृत्यु भएको हो । मण्ड...

सप्तरीमा ट्रक चालकको मृत्यु

राजविराज / पूर्व–राजमार्गअन्तर्गत सप्तरीको अग्नीसाई कृष्णासवरण गाउँपालिका–१ मा आज बिहान ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनमा परी ट्रक चालक धनुषा बागुदवार–१ निवासी २८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ९८८ नम्बरको ट्रक आफँै अनियन्त्रित भई दुर्घ...

सर्पदंसका बिरामीको संख्या बढ्दै

गौशाला / गर्मी बढेसँगै महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा सर्पले टोकेको बिरामीको संख्या बढ्दै गएको छ । महोत्तरी जिल्ला अस्पताल जलेश्वरका प्रमुख डा राजीव झाका अनुसार यस अस्पतालमा अहिले दैनिक पाँचदेखि सात जनासम्म सर्पले टोकेका बिरामी उपचारका लागि आउने गर्दछन् । जिल्लामा केही दिनदेखि अत्यधिक गर्मी बढिरहेका कारण सर्प दुलो बाहिर निस्केर खेतबारी, सड...