गाउँपालिकाको नाम परिवर्तन

लहान, २५ माघ / सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको पहिलो गाउँसभाले गाउँपालिकाको नाम संशोधन गरी ‘बाबा हरिसिंह देव गाउँपालिका’ नामाकरण गर्ने निर्णय गरेको छ । परापूर्वदेखि नै यो क्षेत्र हरिहरसिंह देवको नामले चिनिने भएकाले गाउँसभामार्फत गाउँपालिकाको नाम संशोधन गरी ‘बाबा हरिसिंह देव गाउँपालिका’ नामाकरण गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रामबल्लभ साह...

प्रदेश २ का विजयी सांसदलाई प्रमाणपत्र वितरण

जनकपुरधाम, २४ माघ / प्रदेश नं २ बाट राष्ट्रियसभामा निर्विरोध निर्वाचित हुनुभएका सदस्यहरुलाई यहाँ आज प्रमाणपत्र वितरण गरियो । प्रदेश नं २ बाट राष्ट्रियसभा सदस्यमा महिलातर्फ संघीय समाजवादी फोरम नेपालका प्रमिला कुमारी, नेपाली काँगे्रसका मुक्ताकुमारी यादव र नेकपा (माओवादी केन्द्र)का शशिकला दाहाल, अल्पसंख्यकमा राष्ट्रिय जनता पार्टी नेपालका वृषेशचन्द्र ल...

ट्र्याक्टरको ठक्करबाट मृत्यु

बारा, २४ माघ / ट्र्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । कलैयाबाट काम सकेर आफ्नो घर सिसहनियातर्फ साइकलमा जाँदै गरेकी कलैया उपमहानगरपालिका–२५ बस्ने जीवथ ठाकुरको १३ वर्षीया छोरी निवा ठाकुरलाई अगाडिको आल्फावेट नम्बर प्रष्टरुपमा नखुलिए पनि १४१० नम्बरको ट्र्याक्टरले विपरीत दिशाबाट आई ठक्कर दिँदा ठाकुरको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको ...

प्रदेश २ को ऐतिहासिक पहिलो प्रदेशसभा बैठक बस्दै

महेन्द्रनगर, धनुषा, २१/ पत्रकारिता पेशा गर्दै प्रदेश सभा सदस्य बन्न सफल रामाशीष यादवलाई आइतबार बस्ने प्रदेश सभाको ऐतिहासिक पहिलो बैठकको व्यग्र प्रतीक्षा छ । यादवले भन्नुभयो, “संघीयता कार्यान्वयनको औपचारिक शुरुआत पनि पहिलो बैठकबाटै हुन्छ । संघर्षले प्राप्त प्रदेश भएकाले शहीदको योगदान र उनीहरूले कल्पना गरेको विकासको चाहनामा संसद् बैठक केन्द्रित हुने ...

ट्र्याक्टरको ठक्करबाट एककोे मृत्यु

गौशाला, २० माघ / महोत्तरी जिल्लाको बलवा नगरपालिका – ७ बनौटामा ट्र्याक्टरको ठक्करबाट एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा बलवा नगरपालिका– ७ बनौटाका मोहिलाल यादवका १४ वर्षीय छोरा रञ्जीतकुमार यादव रहेको जिल्ला प्रहरी महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो । गएराति बनौटाबाट टिकुलियातर्फ जाँदै गरेको ज १त ८४३७ नं को ट्र्याक्...

व्यापारीमाथि गोली प्रहार गर्ने अभियुक्त पक्राउ

लहान, २० माघ / सिरहाका जग्गा व्यापारी मो लालु खानलाई गोली प्रहार गरी फरार रहेका अभियुक्तलाई प्रहरीले एक वर्षपछि शुक्रबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले खानलाई गोली प्रहार गरी फरार रहेको आरोपमा शुक्रबार साँझ धनुषाको कमलामाई नगरपालिका– ८ सोनापारा निवासी २० वर्षीय सुनिलकुमार यादवलाई पक्राउ गरेको हो । गोप्य सूचन...

१६ वर्षमुनिका बालबालिकालाई मोबाइल प्रयोगमा रोक

लहान, १९ माघ/ अबदेखि सिरहाको कल्याणपुर नगरपालिकाको तीनवटा वडामा मदिरा बिक्री वितरण र भोजपुरी भाषाका अश्लील खालका गीत बजाए सम्बन्धित वडा कार्यालयले जरिवाना गर्ने भएको छ । साथै, बालबालिकाको मोबाइल र मोटरसाइकलमा बढ्दो प्रभावलाई निरुत्साहित गर्न बालबालिकालाई मोबाइल प्रयोगमा रोक लगाउनेसमेत निर्णय गरेको छ । कल्याणपुर नगरपालिका–५ का वडाध्यक्ष दीपेन्द्र...

विशाल कोल्ड स्टोरमा चोरी

बिर्तामोड / झापाको बिर्तामोड नगरपालिका – ७ अन्नपूर्ण चौकमा रहेको खिलवहादुर कार्कीको विशाल कोल्ड स्टोरमा आज विहान चोरी भएको छ । क्लोड स्टोरको ताला फुटाएर नगद दुई लाख , ५० हजार रुपैयाँ वरावरको रिचार्ज कार्ड र अन्य सामग्री गरी तीन लाख ४३ हजार रुपैयाँ वरावरको धनमाल चोरी भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । विहान ४ बजे प्रहरीलाई खवर हुनसा...

न्यानोको खोजीमा अशक्त किशोरी आसामा खातुन

महोत्तरी, ४ माघ / घरको आर्थिक अवस्था अत्यन्त दयनीय रहेकी गौशाला नगरपालिका–१० की १३ वर्षीया आसामा खातुन न्यानोको खोजीमा भौँतारिँदै आएकी छन् । शारीरिकरुपले अपाङ्ग रहेकी आसामा जसोतसो बाटोको पेटीमा ज्यान जोगाउन आगो बालेको स्थानमा देखा पर्छिन् । आर्थिक अवस्था अत्यन्तै दयनीय रहेकाले पातलो मैलो कपडा लगाएर एक महिनादेखि जारी रहेको बाक्लो हुस्सु र शीतलहरले ...

आगलागी हुँदा पाँच लाखको क्षति

महोत्तरी, ४ माघ / महोत्तरीको गौशालामा आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको छ । मंगलबार राति स्थानीय वेचन महतोले गौशाला नगरपालिका–११ स्थित इमली बजारमा सञ्चालन गर्दै आएको कपडा सिलाइ पसल (टेलर्स)मा आगलागी हुँदा सो बराबरको क्षति भएको हो । मंगलबार राति आगलागी हुँदा चारवटा सिलाइ मेसिन र एक थान ज ६ प ८३०२ नंको मोटरसाइकल जलेर नष्ट भएको इलाका प्रहरी कार...