सप्तरीकाे बोदे बर्साइनमा बालिका मृत फेला

सप्तरी / बोदे बर्साइन नगरपालिका–९ की एक बालिका आज मृत फेला परेकी छिन् । घरबाट हराई बेपत्ता भएकी सुरेन्द्र यादवकी छ वर्षीया छोरी आरतीकुमारी मृतावस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिजो रातिदेखि आफ्नै घरबाट हराई बेपत्ता भएकी आरतीको शव स्थानीय रामप्रसाद यादवको पोखरीमा आज फेलापरेको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो । ...

बारामा पुनः हावाहुरी र असिना

बारा / बारामा मंगलबार बिहान असिना पानीसहित हुरी आएको छ। एक साताअघि आँधीबाट प्रभावित बस्तीमा असिना, पानी र हुरी आउँदा झन् समस्या थपिएको छ । हुरीले केही स्थानमा घरका छाना उडाएको छ। केही ठाउँमा बिजुलीका पोल ढलेका छन्। कहाँ के भयो ? आँधीपीडित भएर त्रिपालमुनि बस्दै आएका परिवार झन् समस्यामा परेका छन्। फेटा, सुवर्ण, देवताल गाउँपालिका र महागढीमाई नगरपाल...

बीरगन्जमा फोरमले जलायो सर्वोच्चको निर्णय प्रती

वीरगन्ज / जन्मको आधारमा नागरिकता दिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालले बीरगन्जमा प्रदर्शन गरेको छ । मंगलवार बीरगन्जको घण्टाघरमा नाराबाजी गर्दै फोरम आवद्ध युवाहरुले सर्वोच्चको निर्णय प्रति जलाएका छन् । फोरम कार्यकर्ताले सर्वोच्चको अन्तरिम आदेश मधेस विरोधी रहेको भन...

प्रदेश नं. २ को मन्त्रिपरिषद्कोे कार्यालयको अगाडी चुरोट कारखानाको बोर्ड झुन्डियाउँदा केन्द्र सरकार र प्रदेश सरकार विचको विवाद

जनकपुरधाम / प्रदेश नं. २ को मन्त्रिपरिषद्को कार्यालय नजिक जनकपुर चुरोट कारखाना लिमिटेड(जचुकालि)को बोर्ड झुन्डियाएपछि केन्द्र सरकार र प्रदेश सरकार विचको विवाद बाहिर आएको छ । लामो समय देखि बन्द रहेको जचुकालिको आवाश तथा कार्यालयमा अहिले प्रदेश २ सरकारको विभिन्न मन्त्रालयहरु रहेको छ । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश सरकारको कार्य सञ्चाल...

लिङ्गको टुप्पो माथिको बाहिरी छाला काटिने क्रममा बालकको मृत्यु

गौशाला / महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिकामा गए राति इस्लाम धर्मको परम्परा निभाउने क्रममा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लोहारपट्टि नगरपालिका–५ बस्ने आशिक शेषका दुईमहिने छोरा फिरोज शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । इस्लाम धर्मअनुसार बालक शेषको गए राति खतना (...

जागिर छोड्न दुई दिन बाँकी रहँदा घुससहित रंगेहात पक्राउ

राजविराज । उमेर हदका कारण अनिर्वाय अवकास पाउन दुई दिन मात्र बाँकी रहेका सप्तरीको राजविराजस्थित जिल्ला भूमि सुधार तथा मालपोत कार्यालयका नायब सुब्बा बासुदेव मण्डल सोमबार बिहान घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुन्धान कार्यालय इटहरीको टोलीले उनलाई बिहान कार्यालय खुल्न डेढ घण्टा अगावै सेवाग्राहीसँग घुस लिँदै गर्दा कार्यालयको कार्यकक्षब...

पाइपलाइन ओछ्याउन सात किमी मात्रै बाँकी

वीरगञ्ज / नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र निर्माण गर्न त्यस क्षेत्रका नौ किलोमिटरभित्रपर्ने रुख काट्ने तथा पाइप जोडने काम तीव्रगतिमा भइरहेको छ । मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपाल तर्फको ३६ दशमलव २ किलोमिटर भू–भागम...

भाइको नाममा परीक्षा दिने दाइ पक्राउ

लहान / माध्यमिक शिक्षा परीक्षा (एसइई) मा भाइको स्थानमा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई सिरहाको मिर्चैयास्थित परीक्षा केन्द्रबाट पक्राउ गरिएको छ । मिर्चैया नगरपालिका–५ स्थित मोहन मावि परीक्षा केन्द्रमा भाइको नाममा एसइई परीक्षा दिइरहेको अवस्थामा कल्याणपुर नगरपालिका–५ निवासी १९ वर्षीय अमनकुमार गोइतलाई पक्राउ गरिएको हो । गोपाल सर्युग नायक ...

महोत्तरीमा २१८ एचआइभी सङ्क्रमित

गौशाला / महोत्तरीमा एचआइभी सङ्क्रमितको सङ्ख्या २१८ पुगेको छ । यो सङ्ख्या जिल्ला अस्पतालमा औषधोपचार गराउन आउनेहरुको मात्र हो । अस्पतालको सम्पर्कमा नआउनेहरुलाई गणना गर्दा यो सङ्ख्यामा बृद्धि हुन सक्नेअनुमान गरिएको छ ।जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख डा राजीवकुमार झाका अनुसार एचआइभी सङ्क्रमितमध्ये ८५ पुरुष, ११६ महिला, तीन तेस्रो लिङ्गी, आठ ...

स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु

सर्लाही / सर्लाहीको बरहथवा नगरपालिकामा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बरहथवा नगरपालिका–१० मूर्तियाका ७० वर्षीय महन्थ महरा चमार रहेका छन् ।गएराति करीब १२ बजे घरबाट शौच गर्नका लागि बाहिर निस्केको बेला को २ च २१० नं को स्कार्पियोले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । श्रीपुरबाट साविक बरहथवा बजारतर्फ जाँदै गरेको स्का...