लिङ्गको टुप्पो माथिको बाहिरी छाला काटिने क्रममा बालकको मृत्यु

गौशाला / महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिकामा गए राति इस्लाम धर्मको परम्परा निभाउने क्रममा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लोहारपट्टि नगरपालिका–५ बस्ने आशिक शेषका दुईमहिने छोरा फिरोज शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । इस्लाम धर्मअनुसार बालक शेषको गए राति खतना (...

जागिर छोड्न दुई दिन बाँकी रहँदा घुससहित रंगेहात पक्राउ

राजविराज । उमेर हदका कारण अनिर्वाय अवकास पाउन दुई दिन मात्र बाँकी रहेका सप्तरीको राजविराजस्थित जिल्ला भूमि सुधार तथा मालपोत कार्यालयका नायब सुब्बा बासुदेव मण्डल सोमबार बिहान घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुन्धान कार्यालय इटहरीको टोलीले उनलाई बिहान कार्यालय खुल्न डेढ घण्टा अगावै सेवाग्राहीसँग घुस लिँदै गर्दा कार्यालयको कार्यकक्षब...

पाइपलाइन ओछ्याउन सात किमी मात्रै बाँकी

वीरगञ्ज / नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र निर्माण गर्न त्यस क्षेत्रका नौ किलोमिटरभित्रपर्ने रुख काट्ने तथा पाइप जोडने काम तीव्रगतिमा भइरहेको छ । मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपाल तर्फको ३६ दशमलव २ किलोमिटर भू–भागम...

भाइको नाममा परीक्षा दिने दाइ पक्राउ

लहान / माध्यमिक शिक्षा परीक्षा (एसइई) मा भाइको स्थानमा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई सिरहाको मिर्चैयास्थित परीक्षा केन्द्रबाट पक्राउ गरिएको छ । मिर्चैया नगरपालिका–५ स्थित मोहन मावि परीक्षा केन्द्रमा भाइको नाममा एसइई परीक्षा दिइरहेको अवस्थामा कल्याणपुर नगरपालिका–५ निवासी १९ वर्षीय अमनकुमार गोइतलाई पक्राउ गरिएको हो । गोपाल सर्युग नायक ...

महोत्तरीमा २१८ एचआइभी सङ्क्रमित

गौशाला / महोत्तरीमा एचआइभी सङ्क्रमितको सङ्ख्या २१८ पुगेको छ । यो सङ्ख्या जिल्ला अस्पतालमा औषधोपचार गराउन आउनेहरुको मात्र हो । अस्पतालको सम्पर्कमा नआउनेहरुलाई गणना गर्दा यो सङ्ख्यामा बृद्धि हुन सक्नेअनुमान गरिएको छ ।जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख डा राजीवकुमार झाका अनुसार एचआइभी सङ्क्रमितमध्ये ८५ पुरुष, ११६ महिला, तीन तेस्रो लिङ्गी, आठ ...

स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु

सर्लाही / सर्लाहीको बरहथवा नगरपालिकामा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बरहथवा नगरपालिका–१० मूर्तियाका ७० वर्षीय महन्थ महरा चमार रहेका छन् ।गएराति करीब १२ बजे घरबाट शौच गर्नका लागि बाहिर निस्केको बेला को २ च २१० नं को स्कार्पियोले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । श्रीपुरबाट साविक बरहथवा बजारतर्फ जाँदै गरेको स्का...

संसदिय कोषबाट धर्मशाला शिलान्यास

जनकपुरधाम /  राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य एवं धनुषा क्षेत्र नं. ३ का सांसद राजेन्द्र महतोले आफ्नो क्षेत्रमा संसदिय कोषबाट निर्माण गरिने ८ वटा धर्मशाला मध्ये २ ठाउँमा आज शिलान्यास गर्नुभएको छ । आज जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ विन्हीको सोनासती मन्दिर तथा वडा नं. २४ बसहिया स्थित मुसहरी टोलमा धर्मशालाको शिलान्यास गनुएभएको ...

यसरी शिक्षक र प्रहरीकाे मिलेमतोमा एसईईकाे प्रश्नपत्र लिक भएको रहेछ !

२ नम्बर प्रदेशमा चैत १४ र १५ गतेको एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको काण्डमा संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बिहीबार सप्तरीमा पत्रकार सम्मेलन गरेर प्रहरीले दुई प्रहरी अधिकारीसहित ६ जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्ने प्रहरी अधिकारीमा सप्तरीको राजविराज–१० का ब्रम्हदेव सुनरैत र कञ्चनरुप–६ का दिपेन्द्रकुमार मण्डल छन् । उनीहरु इल...

गाडीको ठक्करबाट घाइते भएका युवाको मृत्यु

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ६ जोगिनियाका रामअवतार मण्डलका छोरा १८ वर्षीय घनश्याम मण्डलको उपचारका क्रममा बुधबार राति भारतको सिलगढीमा मृत्यु भएको मृतकका परिवारले जानकारी दिए । राजविराज भारदह सडकखण्डमा गत आइतबार को १ज ३११० नम्बरको म्याजिक गाडीले मण्डल सवार स.४ प ८००० नम्बरको मोटरसाइकललाई जोगिनियास्थित मुसहरी टोलमा ठक्कर दिएको थियो...

छुट्टाछुट्टै दुर्घटनामा दुई बालकको मृत्यु

गौशाला / महोत्तरीको लोहारपट्टि नगरपालिकामा आज बिहान छुट्टाछुट्टै घटनामा दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान लोहारपट्टि–३ महदैया बस्ने अख्तर कवाडीका छोरा छ महीनाका दिलमहमद खाटबाट लड्दा मृत्यु भएको हो । आफ्नी आमासँग आफ्नै घरमा सुतेका दूधेबालक महमद आज एकाबिहानै...