मिथिलामा राखी पर्वको चहलपहल

बर्दिवास / महोत्तरीसहित मिथिला क्षेत्रमा अहिले राखी (रक्षाबन्धन) पर्वको रौनक छ । साउन शुक्लपक्ष शुरु हुनासाथै मिथिलाक्षेत्रका गाउँनगर बस्तीमा दिदीबहिनी र दाजुभाइबीच गाढा प्रेम दर्शाउने गीतका धून लगातार बजीरहेका छन् । सम्पूर्ण मिथिला क्षेत्रमा अहिले दाजुभाइको सौर्य बखान गरिएका माङ्गलिक गीतको मीठो धुन गुञ्जिरहेको छ । प्रत्येकजसो गाउँनगर बस्तीमा रङ्गी...

छुट्टाछुटै घटनामा दुईको मृत्यु

लहान / सप्तरीको छुट्टाछुटै स्थानमा भएको घटनामा दुई जनाको मृत्यु भएको छ । तिरहुत गाउँपालिका–४ स्थित कमलदह पोखरीमा नुहाउने क्रममा डुबेर स्थानीय देवनारायण यादवको घरमा बस्दै आउनुभएका ७५ वर्षीय इन्द्रमणी राईको मृत्यु भएको थियो । बिहीबार पोखरीमा डुबेर बेपत्ता भएको राईको खोजतलास गर्ने क्रममा साँझ मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । यस्तै सदरमु...

गुणात्मक शिक्षा अपरिहार्य

जनकपुरधाम / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गुणात्मक शिक्षाको आवश्यकतामा जोड दिनुभएको छ । जयगोविन्द साह अध्ययन केन्द्रद्वारा आज यहाँ आयोजित ‘विद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले नयाँ पुस्ताको माग अनुरूपको शिक्षा अहिलेको आवश्यकता भएको धारणा राख्नुभयो । मन्त्री पोखरेलले अब विद्यालयमा...

निकुञ्जमा बाघको सङ्ख्या बढ्दै

वीरगञ्ज / पर्सा राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्दा अब सबैले होस पु¥याउनुपर्ने भएको छ । निकुञ्जभित्र अब पाटे बाघको सङ्ख्या दोब्बर भएको अनुमान गरिएको छ । निकुञ्ज क्षेत्र विस्तारसँगै पाटे बाघका लागि उपयुतm बासस्थान, आहारा, सिमसार तथा घाँसेमैदानको संरक्षण तथा विस्तारका साथै चोरी–निकासी नियन्त्रणतर्फ निकुञ्ज प्रशासनले कडाइ गरेपछि बाघको सङ्ख्या दोब्बरले...

विद्यालय भर्ना कार्यशाला

बर्दिवास / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै तहको आपसी समन्वय र तत्परताले मात्र सबैका लागि शिक्षा कार्यक्रम सफल हुनसक्ने बताउनुभएको छ । महोत्तरीको बर्दिवासमा विद्यालय भर्ना तथा साक्षरता अभिवृद्धिसम्बन्धी सरोकारवालाको एक दिने कार्यशालालाई आज सम्बोधन गर्दै मन्त्री पोखरेलले विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालय पु¥याउ...

दश लाखको अवैध सामान बरामद

पर्सा / पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वा बजारबाट प्रहरीले गएराति भन्सार छलि भित्र्याएको करीब रु दश लाख बराबरको कपडा र भाँडा बरामद गरेको छ । सशस्त्र प्रहरी राजश्व गुल्म वीरगञ्ज भन्सार कार्यालयबाट खटेको प्रहरी टोलीले विशेष सूचनाको आधारमा भिस्वा बजारमा रहेको ऐनामुल हक अन्सारीको पसलमा छापामारी उक्त मूल्य बराबरको कपडा र भाँडा बरामद गरेको हो । भा...

सावधान ! बढ्दैछ सर्पको बिगबिगी

बर्दिवास / महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा लिषालु सर्पको बिगबिगी निकै बढेको छ । जिल्लाका बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा सर्पदंशका घटना बढ्दैछन् । बर्दिवास—३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा भदौ शुरु भएयता पाँच दिनमा नैसर्पदंशका १३ बिरामी उपचार गरेर घर फर्किसकेको र पाँच जना अझै उपचारकै क्रममा छन् । यसअघि गत साउन मसान्त...

लागूऔषधसहित चार पक्राउ

लहान / प्रतिबन्धित लागूऔषधसहित प्रहरीले सिरहा र सप्तरीको विभिन्न स्थानबाट मङ्गलबार साँझ चार जनालाई पक्राउ गरेको छ । डेढ किलो गाँजासहित सिरहाको बरियारपट्टी गाउँपालिका–३ का ५० वर्षीय कुलदेव चौधरीलाई पक्राउ गरिएको हो । यस्तै सप्तरीको सुरुङ्गा नगरपालिका–३ कडोरवोना चोकबाट प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका–९ का २२ वर्षीय नवराज खत्रीलाई पक्राउ गरेको छ ...

अनिश्चितकालीन तालाबन्दी

राजविराज / औद्योगिक क्षेत्र सुधारसम्बन्धी विभिन्न माग सहित सप्तरीको रुपनी गाउँपालिका–५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरिएको छ । उक्त क्षेत्रका उद्योग सञ्चालकहरू व्यवस्थापनसमक्ष छ बँुदे माग प्रस्तुत गर्दै मूलढोकामै धर्नामा बसेका छन् । उद्योग भित्र नियमित विद्युत् आपूर्तिका लागि छुट्टै फिडरको व्यवस्था गर्न...

जङ्गली जनावरबाट पीडित परिवारलाई क्षतिपूर्ती

इनरुवा / सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षले आरक्षका जङ्गली जनावरबाट पीडित परिवारलाई क्षतिपूर्ती उपलब्ध गराएको छ । आर्थिक वर्ष २०७४/७५ मा जङ्गली जनावरबाट पीडित परिवारलाई रु एक करोड १४ लाख १८ हजार क्षतिपूर्ति दिएको आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिनुभयो । आरक्षका जनावरको आक्रमणबाट मृत्यु भएका पाँच परिवारलाई प्रतिपरिवार रु १...