नक्कली नागरिकता बनाउन खोज्ने पक्राउ

गौशाला / महोत्तरीको इलाका प्रशासन कार्यालय गौशालाबाट भारतीय नागरिकलाई आफ्नो छोरा भनेर नागरिकता दिलाउन लागिएको अवस्थामा प्रहरीले सासू र ज्वाइँलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरही नगरपालिका–३ बस्ने ३९ वर्षीया सिवो देवी र उनका ज्वाइँ भारत विहारको मुजफ्फरपुरको शिवदासपुर दौरा असली पञ्चायत वडा नं ६ बस्ने २१ वर्षीय राजपाल सहनी रहेको इलाका प्रहरी कार...

सप्तरीको तिलाठीमा आगलागी हुँदा रु बीस लाख मूल्य बरावरको क्षति

राजविराज / सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित बेल्हीमा आज आगलागी हुँदा रु बीस लाख मूल्य बरावरको क्षति भएको छ । स्थानीयवासी विजयकुमार रायको फुसको गाईगोठमा अचानक आगलागी हँुदा निजको एउटा फुसको घर, तीन गाई र एउटा बाछा मरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सो आगलागीमा परी रायको रु तीन लाख मूल्य बराबरको क्षति भएको छ । साथै छिमेकी नागेश...

नक्कली नागरिकता प्रकरण : थप तीन जना पक्राउ

धनुषा / नक्कली नागरिकता बनाउने गिरोहका थप तीन जनालाई पक्राउ गरिएको छ । यसअघि उक्त घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयका नासु भोला मण्डल तथा कार्यालय सहयोगीद्वय अरुणकुमार यादव र वीरेन्द्र चौधरी रहेको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिनुभयो । यसअघि जिल्ला प्रशासन कार्यालयमा...

गाँजा खान रोक लगाएको रिसमा कुटपिट गरि हत्या

सप्तरी / सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका सुरक्षा गार्ड (पाले) २७ वर्षीय रिकेश भनिने पर्शुराम मिश्रलाई युवाको एक समूहले कुटपिट गर्दा आइतबार राति मृत्यु भएको छ । गाउँपालिका कार्यालयको चौरमा लागुऔषध सेवन गरिरहेका युवाको समूहलाई गाँजा खान रोक लगाएको रिसमा युवाले कुटपिट गर्दा मिश्र शनिबार राति घाइते भएका थिए । घाइते मिश्रको राजविराजस्थित सगरमाथा अञ...

ठूलो परिमाणमा लागुऔषध बरामद

बर्दिवास / महोत्तरीको बर्दिवास–३ गौरीडाँडामा आज प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । बिपी राजमार्गमा चल्ने सवारीसाधन जाँचका क्रममा दुई सवारीसाधनबाट १४७ बोतल डायलक्स र ६०० चक्की नाइट्रोभेट बरामद गरिएको हो । कटारीबाट काठमाडौँ जाँदै गरेको बा३ख ७४६८ नं को मिनीबसबाट ४७ बोतल डायलक्स र कटारीबाट काठमाडौँ जाँदै गरेको बा५ख १९६८ नं को हाइसबाट १०० बो...

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

सर्लाही / सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक मजदुर काम गर्ने बेलामा माथिबाट लडेर मृत्यु भएको छ भने एक जनालाई ट्र्याक्टरले ठक्कर दिँदा ज्यान गएको हो । सर्लाहीको सीमावर्ती क्षेत्र विष्णु गाउँपालिका–५ पकडी टोल निवासी प्रमोद चौधरीको नयाँ बन्दै गरेको हिरो इँटाभट्टाको लागि धुवाँ निस्कने चिम्नी बनाउने क्रममा माथिबाट लड...

लहानमा आगलागी हुँदा ६ घर नष्ट, १० लाख बराबरको क्षति

लहान / गाईगोठबाट सल्केको आगो फैलिएर सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिरा टोलमा गए राति भएको आगलागीमा ६ वटा घर जलेर खरानी भएको छ । आगलागीबाट करीब रु १० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीयवासी गेनी दासको गाईगोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट राति १२ बजेतिर अचानक सल्किएको आगो तत्काल नियन्त्रणको उपाय हुन नसक्दा फैलिएर ...

ट्याक्टरको ठक्करबाट वृद्धको मृत्यु

पर्सा / ट्याक्टरको ठक्करबाट आज बेलुका एक वृद्धको मृत्यु भएको छ । मृत्युहुनेमा पर्सा बहुदरामाइ नगरपालिका –५ का ५५ वर्षीय धवन हजरा दुसाध रहेको छ । नगरपालिकाको डोकैलाबाट शिबर्वातर्फ जाँदै गरेको ना १ त २७०७ नं को ट्याक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ट्याक्टर र त्यसका चालक बहुदरामाइ नगरपालिका–६...

नक्कली नागरिकता बनाएको अभियोगमा चार पक्राउ

जनकपुरधाम / नक्कली नागरिकतालगायतका कीर्ते कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयद्वारा आज यहाँ आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनीहरुलाई सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–२० देउरा रुपैठाका ३१ वर्षीय रोशनकुमार चौधरी, औरही गाउँपालि...

बाह्र वर्षीया बालिकालाई बलात्कार प्रयास गर्नेलाई चार वर्ष कैद

सप्तरी / बाह्र वर्षीया बालिकालाई बलात्कार गर्न प्रयास गरेको आरोपमा सुरुङ्गा नगरपालिका–४ मधुपट्टीका २४ वर्षीय रमा भनिने रमाकान्त चौधरीलाई अदालतले चार वर्ष कैद सजायको फैसला गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेलको एकल इजलाशले सो फैसला गरेको हो । विसं २०७४ साउन ७ गते सुरुगा नगरपालिका–४ स्थित हरिनारायण चौधरीको फुलबारीमा बलात्कार गर...