बीरगन्जमा ८ वर्षिय बालकको अपहरण गरि हत्या , ३ जना पक्राउ

बीरगन्ज / बीरगन्जबाट ८ वर्षिय बालकको अपहरण गरि हत्या गरेको आरोपमा प्रहरीले तिन जनालाई नियंत्रणमा लिइएको छ । वीरगन्ज महानगर ३ छपकैयाबाट गत शुक्रबार स्थानीय शम्भु साहको ८ वर्षीय छोरा करणको अपहरण गरि हत्या गरेको आरोपमा प्रहरीले मंगलबार साझ बारा, कलैया उपमहानगर ११ का २१ वर्षीय रामदिनेश महतो , भारतिय नागरिक विकास शर्मा र बारा कलैयाका सिकेन्द्र साहलाई पक...

गणतन्त्र दिवसको अवसरमा प्रभातफेरी

जनकपुरधाम / गणतन्त्र दिवसको अवसरमा प्रदेश नं २ सरकारको अगुवाइमा आज बिहान प्रभातफेरी गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका कार्यालयको अगाडिबाट शुरु भएको प्रभातफेरी नगरका विभिन्न चोकको परिक्रमा गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आएर समापन भएको थियो । सो अवसरमा मुख्यमन्त्री लालबाबु राउतले गणतन्त्रका लागि आप्mनो ज्यानको आहुति दिएका...

विभिन्न घटनामा पर्सामा ५ को मृत्यु

बीरगन्ज / विभिन्न घटनामा परि पर्सामा ५ जनाको मृत्यु भएको छ । सोमबार साझ बीरगन्ज महानगरपालिका १४ निवासी राजाराम जलानको निर्माधिन घरको जगका लागि खाल्टो खनिने क्रममा माटोले पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्ला बिश्रामपुर गाउपालिका ५ इटियाही निवासी दशरथ पण्डित र परवानीपुर गाउपालिका ४ निवासी जवाहिर रामको मृत्यु भएको हो । दुबै जना घ...

उपमेयरले फुटाइन कार्यालयको ल्यापटप

रौतहट / विकासको योजना बनाउँदा मनोमानी ढंगले गरेको भन्दै गुजरा नगरपालिकाकी उपमेयर रौशाना खातुनले कार्यालयको ल्यापटप फुटाएकी छन् । प्राविधिक फाँटको ल्यापटप फुटाएपछि सोमबार कार्यपालिकाको आकस्मिक बैठकमा माफी माग्दै खातुनले आइन्दा यस्तो हरकत नगर्ने लिखित प्रतिबद्धता जनाइन् । उनले ल्यापटपको क्षतिपूर्ति तिर्ने बैठकलाई जानकारी गराइन् । कार्यपालिकाको ब...

कारागारको जग्गा अतिक्रमण, सम्बद्ध निकाय मौन

राजविराज / राजविराज कारागारको अतिक्रमण गरिएको जग्गा खाली गराउन सम्बध निकाय मौन रहेको छ । दशकौदेखि कारागारको जग्गा अतिक्रमण गरी बस्दै आएकाहरुबाटै थप भौतिक संरचना निर्माण भइरहदा पनि स्थानीय प्रशासन बेखबर छ । ती जग्गमा बस्दै आएकाहरुबाट जनता आवास बनाउन प्रयास भइरहेको छ । राजविराज नगरपालिकाले कारागारको अतिक्रमित जग्गा खाली गराउनुको सट्टा त्यहाँ बसोबा...

सैनिक जवान मृत्यु प्रकरण, पक्राउ परेका एक सार्वजनिक, अन्यकाे खोजी हुँदै : एसपी श्रेष्ठ

सिरहा / सिरहाको बरियारपट्टी गाउँपालिका–४ तेनुवापट्टीमा सैनिक जवानको कुटपिटपछि मृत्यु प्रकरणमा एक जना पक्राउ परेको छ । गत बैशाख २८ गते सिरहाको बरियारपट्टी गाउँपालिका–४ तेनुवापट्टीमा घर बिदामा आएका २५ वर्षिय सैनिक जवान अनिश कुमार सिंहको कुटपिटवाट उपचारको क्रममा मृत्यु भएको थियो । उक्त घटनामा संलग्न भएको भन्दै प्रहरीले सिरहा नगरपालिका १७ सिमावर्ती क्ष...

वडाध्यक्ष नै कुटपिट र लुटपाटमा संलग्न

गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–५ का वडाध्यक्ष राकेश राउतमाथि आइतबार आफ्नै वडामा कुटपिट र लुटपाट गरेको आरोप लगाइएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार वडाध्यक्ष राउतमाथि आफ्नै वडाका एक व्यक्तिलाई निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएको तथा एक जनाको रु दुई लाख लुटेको आरोप लगाइएको हो । जलेश्वर–५ चौरिया गाउँमा स्थानीयवासी वासुकी...

महोत्तरी र धनुषामा कारागार निर्माणको लागि जग्गाको खोजी शुरु

जलेश्वर र महोत्तरी र धनुषाको लागि जलेश्वरमा रहेको एकमात्र जिल्ला कारागार दिनप्रतिदिन यातनागृहमा परिवर्तन हुदै गएको छ । सरोकारबाला निकायहरुले जिल्ला कारागारको अहिलेको भवनलाई नयाँ नबनाएसम्म सुधारगृहमा परिवर्तन गर्न गाह्रो हुने जनाएको छ । निकै पुरानो भवन हुनु, भवन पनि जिर्ण हुदै जानु, क्षमताभन्दा तेब्बरबढी कैदीबन्दी हुनु तथा कैदीबन्दीको संख्या अनुसार ...

खाँडो नदी नियन्त्रणको काम भएन प्रभावकारी, त्रासमा बाँच्न बाध्य स्थानिय

राजविराज । खाँडो नदीको बाढीले वर्से्नि जनधनको क्षति खेप्दै आएका सप्तरीका दक्षिणी भेगका आधा दर्जनभन्दा बढी बस्तीका वासिन्दाहरूमा वर्षा शुरू हुनुअघिदेखि नै त्रास बढेको छ । तीन वर्षअघि शुरू गरिएको खाँडो नदी नियन्त्रण कार्य प्रभावकारी रूपमा अघि नबढ्दा उनीहरूमा त्रास बढेको हो । नदीमा तटबन्ध निर्माण नहुँदा सकरपुरा, रम्पुरा मल्हनियाँ, तिलाठी, तोपा, लौनिय...

बारामा अज्ञात समुहद्वारा ट्रकमा आगजनी

बारा / बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ बजनीमा गए राती अज्ञात समुहले लोड गरिएको एक ट्रकमा आगजनी गरेको छ । मोतिहारी बिरगंज अमलेखगंज ईन्धन पाईपलाईन आयोजनाको पाईपलोड भई आएको भारतीय नम्वर ल्पेटको ए.पि.३१.एक्स.६३१६ को सडक छेउमा पार्किङ्ग गरेको अवस्थामा रहेको ट्रकमा आईतवार राती आगजनी गरेको हो । राती १२ बजे तिर आगजनी भएको ट्रकको टायर पड्किएक...