घूससहित वडा सदस्य पक्राउ

महोत्तरी जिल्ला एकडारा गाउँपालिका–४ का एक जना वडा सदस्यलाई आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले ३६ हजार घूससहित पक्राउ गरेको छ । आयोगको बर्दिबास कार्यालयबाट प्रहरी नायब उपरीक्षक मधुकुमार थापा नेतृत्वको अख्तियारको टोलीले एकडारा गाउँपालिका–४ का वडा सदस्य रामचन्द्र राय यादवलाई ठेकेदारसँग घूस लिँदै गर्दा पक्राउ गरेको हो । सो ग...

जनकपुर– जयनगर रेल असोजदेखि संचालन हुने

भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको रेल सेवा आउँदो असोजबाट सञ्चालनमा आउने भएको छ । रेलका लागि इन्जिन किन्नेसम्बन्धी सम्झौता भइसकेकाले आगामी असोजबाट रेल सञ्चालनमा आउने रेल विभागका सिनियर डिभिजनल इन्जिनियर एवं प्रवक्ता अमन चित्रकारले जानकारी दिए । ‘एक अर्ब रुपैयाँ खर्चिएर इन्जिन किन्न लागिएको हो,’ चित्रकारले भने, ‘नेपाल र भारतका सरकारबीच खरिदबिक्र...

रौतहटमा दुई वर्षमा ५ एस्क्याभेटरमा आगजनी : दोषीलाई हुन सकेन कारबाही

रौतहटमा गत दुई वर्षमा ५ ओटा एस्क्याभेटरलगायत निर्माण उपकरणमा आगजनी भएको छ । विकास निर्माणका कार्यमा प्रयोग भइरहेको अवस्थामा एस्क्याभेटरमा आगजनी हुने गरेको छ । सडक तथा पुललगायतका संरचना बनाउन प्रयोगमा आएका एस्क्याभेटर आगजनी भए पनि दोषीलाई प्रहरीले पक्राउ गर्न नसकेको निर्माण व्यवसायीको गुनासो छ । २०७४ मा मात्र ३ ओटा निर्माण उपकरणमा अज्ञात समूहले आगजन...

सप्तरीमा दुर्घटना हुँदा दुई बालबालिकाको मृत्यु

सप्तरी / सप्तरीमा छुट्टाछुट्टै दुर्घटनामा परी आज दुई बालबालिकाको मृत्यु भएको छ । सर्पदंशका कारण कञ्चनरुप नगरपालिका–११ का सात वर्षीय भुवनेश्वर रामको मृत्यु भएको हो । उनको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यस्तै डाकनेश्वरी नगरपालिका–७ मा गोरुको आक्रमणबाट स्थानीयवासी तीन वर्षीया गुञ्...

मिथिलाका लोकप्रिय नाच लोप हुने अवस्थामा

मिथिला क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा लोक गाथासँग जोडिएको दुई दर्जनभन्दा बढी परम्परागत लोक नाच अहिले लोप हुने अवस्थामा पुगेका छन् । साताँै तथा आठौँ शताब्दीदेखि प्रचलनमा रहेका ऐतिहासिक राजा भरथरी, मैना गोविना, कारी माहाराज, नेका बनिजार, राजा नल, मृतकाली, राजा विकटमारी, शैलेन कुमार, गुगली घटमा, रुनाझुना, विजय सिंह, सीत वसन्त, राजा सलहेश, जङ्गली ...

मागे जति दाइजो नदिएको कारण हत्या गरिएको माइतीपक्षको आरोप

जलेश्वर / जिल्लाको पिपरा गाउँपालिका वडानं. १ को खैरबामा यही जेठ १४ गते मृत अवस्थामा भेटिएकी महिलाको हत्या दाइजोको कारणले ससुरालीपक्षले गरेको आरोप माइतीपक्षले लगाएका छन् । जेठ १४ गते बिहान झुण्डिएको अवस्थामा फेला परेकी २० वर्षिया विमला देवी यादवको हत्या पति, सासु, ससुरा तथा ननदहरुको कुटपिटबाट भएको मृतककी बुबा कमलेश यादवले आरोप लगाउनुभएको छ । जलेश्वर...

स्व. रामराजा प्रसाद सिंहको शालिक निर्माण गर्ने मुख्यमन्त्री राउतको उद्घोष

जनकपुरधाम / सहिदहरुलाई स्मरण गर्दै प्रदेश सरकारले आयोजना गरेको तीन दिवसिय गणतन्त्र दिवस २०७६ आज सम्पन्न भएको छ। दिवसको अन्तिम दिन आज (बिहीवार) मधेश भवनको कवर्डहलमा आयोजना गरिएको चियापान समारोहमा मुख्यमन्त्री लालबाबु राउतले गणतन्त्रको स्थापनाका लागि बलिदानी दिने अमर सहिदहरुलाई स्मरण गर्दै उनाँहरुले देखेका सपना पूरा गर्ने अभिभारा आफुहरुका काँधमा आएको...

राजविराजमा दलित छात्राबासको शिलान्यास

राजविराज / प्रदेश २ सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको दलित छात्रावासको बुधबार सप्तरीको बिष्णुपुर गाउँपालिका ५ रंजितपुरमा शिलान्यास गरिएको छ । प्रदेश २ सरकारको ९९ लाख ५० हजारको लागतमा निर्माण हुन लागेको उक्त दलित छात्राबास भवन एक बर्षभित्र सकिने लक्ष्य लिएको निर्माण समितिका अध्यक्ष दिनेश शर्मा खत्वेले जानकारी दिए । सो छात्राबास निर्माण भए...

शक्तिशाली धामी बन्न बालकको बली

जनकपुरधाम / करिब एक महिनाअघि भएको अढाई वर्षीय बालकको हत्यामा धामीको संलग्नता पुष्टि भएको छ । धनुषा मिथिला नगरपालिका–६, ढल्केबरका शम्भु साहका अढाई बर्षीय बालक आर्यन २४ वैशाखमा हत्या भएको थियो । अघिल्लो दिन साँझदेखि हराइरहेका बालकको शव घाँटी काटिएको अवस्थामा २४ वैशाखको बिहान फेला परेको थियो । प्रहरीले तीन साता लगाएर गरेको अनुसन्धानका क्रममा एक जनालाई...

चर्को घाम र तातो हावाले जनजीवन प्रभावित

महोत्तरी / पछिल्लो समयम एकाएक चर्को घाम लाग्नुको साथै तातो हावा (लू) चलेपछि महोत्तरीलगायत तराईका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । तराईका महोत्तरी, धनुषा, सर्लाही, सिरहालगायत जिल्लामा दिउँसोको समयमा अत्यधिक चर्को घामका साथै लू चलेका कारण सर्वसाधारण प्रभावित भएका छन् । चर्को घाम र तातो हावासँगै गर्मी बढेपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेव...