आइतबार सार्वजनिक बिदा

धनुषा / आइतबार प्रदेश नं २ सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको धर्म प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीका अवसरमा प्रदेश सरकारले यही कात्तिक २४ गते बिदा दिने निर्णय गरेको हो । मोहम्मद पैगम्बरको १४३९औँ जन्मजयन्तीका अवसरमा प्रदेश, देश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभका...

कोशीमा मरेको गोही भेटियो

सप्तरी / सप्तरीको भारदहस्थित कोशी ब्यारेजमा लोपोन्मुख प्रजातिको मरेको गोही भेटिएको छ । सप्तरीको हनुमाननगर कङकालनी नगरपालिका–१ भारदहस्थित कोशी ब्यारेजमा नदीले बगाएर ल्याएको लगभग ७० किलोको पाँच फिट लामो देखिने लोपोन्मुख प्रजातिको मरेको गोही भेटिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिनुभयो । कोशी नदीमा...

बुबाको हत्या आरोपी थुनामा

सप्तरी / सप्तरीको महादेवा गाउँपालिका–१ पकरी कुजराही टोलका २३ वर्षीय नइम पमरियालाई आफ्नै बुबाको हत्याको आरोपमा पूर्पक्षका लागि थुनामा राखिएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलाशले नइमलाई बुधबारदेखि राजविराज कारागारमा थुनामा पठाएको हो । नइममाथि उनका बुबा ६२ वर्षीय मो. गफुर पमरियाको हत्या गरेको आरोप छ । हत्याका अर्का आरोपी गफुर...

अदालतबाट सजाय पाएर फरार अभियुक्त पक्राउ

लहान / अङ्गभङ्ग मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका सिरहाको अर्नामा गाँउपालिका–४ का ५० वर्षीय घुरनप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमा लुकीछिपी बसिरहेको प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले बुधबार साँझ यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरी...

स्कुल बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

उदयपुर / उदयपुरमा बसको ठक्करबाट एक जनाकाे मृत्यु भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका-७ मा स्कुल बसले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको हाे । आज बिहान ९ बजेको समयमा बेल्टारबाट बिरेन्द्र बजार तर्फ जाँदै गरेको स्थानीय पारुहाङ एकेडेमीको ना ४ ख ८१३४ नम्बरको बसले बाटोमा हिडिरहेका पैदल यात्री चौदण्डीगढी नगरपालिका-८ का ६० बर्षीया नम्रता थ...

प्रहरीद्वारा गोली हानि अपहरणकारी पक्राउ, बालकको सकुसल उद्धार

पर्सा / बालकलाई अपहरण गरी रु १२ लाख फिरौती माग गरेको अभियोगमा पोखरिया नगरपालिका–६ सोनवरियाका राजकुमार दासलाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्जको सिर्सियाबाट गए राति १ बजे अपहरितका पितासँग फिरौती रकम लिन आउने क्रममा प्रहरीले दासलाई पक्राउ गरेको हो । वीरगञ्ज महानगरपालिका–२५ सिर्सियाका अम्जद खानको १४ वर्षीय छोरालाई कात्तिक १० गते काठमाडौँबाट वीरगञ्ज आ...

स्यालको टोकाइबाट १६ घाइते

सिरहा / स्यालको टोकाइबाट सिरहाको लहान नगरपालिका–४ स्थित कुमहार टोलका १६ घाइते भएका छन् । बहुला स्याल बस्तीमा प्रवेश गरी स्थानीयवासीलाई टोकेको हो । स्यालको टोकाइबाट घाइते भएका सबैको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलातर्फबाट मङ्लबार साँझ अचानक गाउँ पसेको बहुला...

उदयपुरमा त्रियुगा नदीको दहमा डुबेर एक बेपत्ता, खोजी कार्य जारी

उदयपुर / उदयपुरमा सोमबार बेलुका ७ बजे त्रियुगा नदीको दहमा डुबेर एक जना बेपत्ता भएको छ । चौदण्डिगढी नगरपालिका ९ पुर्वटोल ज्यामिरे स्थित त्रियुगा नदीको दहमा डुबेर मानिस बेपत्ता भएको हो । खोटाङको सावाकटहरे ६ घर भई हाल चौनपा ९ अजगरा ससुराली घर बस्दै आएका ४० बर्षिय सुबास बि.क. बेल्टार बजारबाट घरतर्फ फर्कदै गर्दा बेलुका ७ बजे डुबेर बेपत्ता भएको इलाका प्र...

सप्तरीमा हात्तीले घर भत्कायो

सप्तरी / कञ्चनरुप नगरपालिका–६ जमुवामा सोमबार हात्तीको समूहले स्थानीयवासी धनेश्वर चौधरीको भान्साघर भत्काएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएका तीन जङ्गली हात्तीले फुसको भान्सा घर भत्काई त्यहाँ रहेको अन्नपात खाएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । हात्तीले घर भत्काउँदा र अन्नपात खाँदा रु २५ हजार मूल्य बराबरको क्षति भएको चौधरीले बताउनुभयो...

सर्लाहीमा खुकुरी हान्ने एक जना पक्राउ

काठमाडौं / आपसी विवादको क्रममा खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा सर्लाही प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कबिलासी नगरपालिका-८ बस्ने २७ वर्षीय जयकुमार साहलाई शनिबार साँझ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ सलेमपुर बस्ने २१ वर्षीय दिपेश यादबलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । दिपेश, सोही ठाउँ बस्ने २० वर्षीय पप्पु भन्ने राकेश...