शक्तिपीठमा दर्शनार्थीको भीड

राजविराज / बडादशैँको अवसरमा यहाँका दुई शक्तिपीठमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । आज घटस्थापनाको दिन छिन्नमस्ता शक्तिपीठ र भारदहस्थित कङ्कालनी भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । भक्तजन पूजापाठ गर्न बिहानैदेखि लाइनमा लागेको छिन्नमस्ता मन्दिरका पिठाधीश एवं मूलपुजारी महाकान्त ठाकुरले बताउनुभयो । सप्तरी सदरमुकाम राजविराजस्थित भगवती मन्...

कर्जन्हा नगरपालिकाका मेयर माथी आक्रमण

सिरहा / सिरहाको कर्जन्हा नगरपालिकाका मेयर सबार गाडीमा तोडफोड गरिएको छ । नगरपालिकाको परिषद सकिएपछि मेयर गंगा पासमान बाहिर जान खोज्दा ना १ झ १६३९ नम्बरको स्कारपियोमा उछृंखल ब्यक्तिहरुले मंगलबार बेलुकी ढुंगामुढा गरी सिसा फुटाईएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । ज्यान मार्ने उदेश्यले योजनाबद्ध रुपमा आक्रमण गराएकोले बालबाल बाँचेको मे...

रेल चल्ने कुराले बढायो उत्साह

बर्दिवास /  आउने मङ्सिरभित्रै धनुषाको कुर्थाबाट जयनगरसम्म रेल सञ्चालन हुने कुराले महोत्तरी जिल्लाको पूर्वमध्यवत्र्ती क्षेत्रमा उत्साह छाएको छ । महोत्तरीको भङ्गाहा, लोहारपट्टी र बलवा नगरपालिकाका सर्वसाधारण भारतको जयनगरबाट आफ्नै छिमेकको कुर्थासम्म मङ्सिरभित्रै रेल सञ्चालनमा आउने कुराले उत्साहित भएका हुन् ।भारतको जयनगरबाट जनकपुरहुँदै बर्दिवाससम्मको ६९...

शरीरमा आगो लगाउँदा महिलाको मृत्यु

राजविराज/ सप्तरीको कञ्चनरुप नगरपालिका–२ मा आइतबार एक महिलाले आफ्नै शरीरमा आगो लगाइ आत्महत्या गरेकी छिन ।स्थानीय अन्दाजी २० वर्षीया रोशनी राउतले घरायसी विवादका कारण गोहाली घर (गाईगोठ)मा गई शरीरमा आगो लगाउँदा उनको मृत्यु भएको प्रहरी उपरीक्षक प्रतीक विष्टले बताउनुभयो । घरमा कोही नभएको बेला मट्टितेल छर्किएर आगो लगाउँदा राउतको स्थानीय अस्पतालमा उपचार...

सिरहामा लुकाईछिपाई लगाईएको पाँच हजार गाँजाको बोट फडानी (तस्विरहरू सहित)

सिरहा / विभिन्न स्थानमा लुकाईछिपाई लगाईएको अवैध गाँजा खेती फडानी गर्ने कार्यलाई मिर्चैया प्रहरीले निरन्तरता दिएका छन् । विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाको प्रहरी नायब निरिक्षक रामबिकास साहको कमाण्डमा खटिएको प्रहरीको गस्ति टोलीले मिर्चैया नगरपालिका बडा नं. १ मनहर्वा स्थित बिभिन्न ब्यक्तिले लुकाईछिपाई खेतबारीमा लगाएको करिब ५ कठ्ठा...

श्रीमतिलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा मुद्धा दर्ता

सिरहा / मिचैैया प्रहरीले श्रीमतिलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा श्रीमानलाई पक्राउ गरेका छन् । ईलाका प्रहरी कार्यालय मिर्चैयाले कर्जन्हा नगरपालिका १ बस्ने ५३ बर्षीय राम बहादुर परियारलाई ४५ बर्षीय श्रीमति सर्मिला परियारलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ गरेको हो । पक्राउ परेका रामबहादुरमाथी मुलुकी अपराध संहिता ऐनको दफा ३५ बम...

सशस्त्र प्रहरीद्वारा काठ बरामद

लहान / सिरहाको लहान नगरपालिका–१५ शोभापुरबाट सशस्त्र प्रहरीको टोलीले अवैध रूपमा लुकाइछिपाइ राखेको अवस्थामा गए राति ठूलो परिमाणमा काठ बरामद गरेको छ । सशस्त्र प्रहरी बेसक्याम्प लहानबाट खटिएको टोलीले सालको तयारी झ्याल, ढोकाको ६३ थान १४.२९ क्यूफिट काठ बरामद गरेको हो । बरामद काठ आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय लहानमा बुझाएको सशस्त्र प्रहरी ब...

लुटिएको नगद र मोटरसाइकल बरामद

लहान / सिरहा नगरपालिका–३ स्थित लच्का मखनाहाबाट व्यवसायीसँग लुटिएको मोटरसाइकल र नगद प्रहरीले गए राति बरामद गरेको छ । सिरहा नगरपालिका–१५ सुकचैन निवासी सञ्जय यादवले बुधबार दिउँसो रामजानकी मनि ट्रान्सफरको लागि लैजाँदै गरेको अवस्थामा मोटरसाइकल नम्बर नखुलेको तीन वटा मोटरसाइकलमा आएका चार÷पाँच जना अपरिचित व्यक्तिले बाटो छेकी बिआर ३२ भि १५७० नम्बरको मोटरसाइ...

७० वर्षीया वृद्धालाई बलात्कार गर्नेलाई प्रहरीले चाँडै पक्राउ गर्ने

सप्तरी / सप्तरीमा ७० वर्षीया वृद्धा बलात्कार गर्ने दोषीलाई प्रहरीले चाँडै पक्राउ गर्ने जनाएको छ ।सत्तरी वर्षीया वृद्धा मङ्गलबार राति बलात्कृतको शिकार हुनुभएको थियो । खडक नगरपालिका–८ मुसहर्नियाका ४० वर्षीय रोहित सदाले बलात्कार गरेको भन्दै पीडितले प्रहरीलाई उजुरी दिनुभएको थियो । घटनाको खबर पाएलगत्तै अनुसन्धानका लागि घटनास्थल पुगेका प्रहरी उपरीक्...

औरही नगरपालिकामा तालाबन्दी

महोत्तरी / महोत्तरी औरही नगरपालिकाको कार्यालयमा आज स्थानीयवासीले तालाबन्दी गरेका छन् । आर्थिक वर्ष २०७५/०७६ का लागि पारित गरेको बजेटको सम्बन्धमा असन्तुष्टि जनाउँदै स्थानीयवासी दरेश यादवको नेतृत्वमा गएको एक समूहले कार्यालयको मूलढोकामा तालाबन्दी गरेको हो । यसअघि १५ बुँदे मागसहितको ज्ञापनपत्र नगरपालिकाको कार्यालयमा बुझाइए पनि यस विषयमा कुनै छलफल व...