१६ वर्षमुनिका बालबालिकालाई मोबाइल प्रयोगमा रोक

लहान, १९ माघ/ अबदेखि सिरहाको कल्याणपुर नगरपालिकाको तीनवटा वडामा मदिरा बिक्री वितरण र भोजपुरी भाषाका अश्लील खालका गीत बजाए सम्बन्धित वडा कार्यालयले जरिवाना गर्ने भएको छ । साथै, बालबालिकाको मोबाइल र मोटरसाइकलमा बढ्दो प्रभावलाई निरुत्साहित गर्न बालबालिकालाई मोबाइल प्रयोगमा रोक लगाउनेसमेत निर्णय गरेको छ । कल्याणपुर नगरपालिका–५ का वडाध्यक्ष दीपेन्द्र...

विशाल कोल्ड स्टोरमा चोरी

बिर्तामोड / झापाको बिर्तामोड नगरपालिका – ७ अन्नपूर्ण चौकमा रहेको खिलवहादुर कार्कीको विशाल कोल्ड स्टोरमा आज विहान चोरी भएको छ । क्लोड स्टोरको ताला फुटाएर नगद दुई लाख , ५० हजार रुपैयाँ वरावरको रिचार्ज कार्ड र अन्य सामग्री गरी तीन लाख ४३ हजार रुपैयाँ वरावरको धनमाल चोरी भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । विहान ४ बजे प्रहरीलाई खवर हुनसा...

न्यानोको खोजीमा अशक्त किशोरी आसामा खातुन

महोत्तरी, ४ माघ / घरको आर्थिक अवस्था अत्यन्त दयनीय रहेकी गौशाला नगरपालिका–१० की १३ वर्षीया आसामा खातुन न्यानोको खोजीमा भौँतारिँदै आएकी छन् । शारीरिकरुपले अपाङ्ग रहेकी आसामा जसोतसो बाटोको पेटीमा ज्यान जोगाउन आगो बालेको स्थानमा देखा पर्छिन् । आर्थिक अवस्था अत्यन्तै दयनीय रहेकाले पातलो मैलो कपडा लगाएर एक महिनादेखि जारी रहेको बाक्लो हुस्सु र शीतलहरले ...

आगलागी हुँदा पाँच लाखको क्षति

महोत्तरी, ४ माघ / महोत्तरीको गौशालामा आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको छ । मंगलबार राति स्थानीय वेचन महतोले गौशाला नगरपालिका–११ स्थित इमली बजारमा सञ्चालन गर्दै आएको कपडा सिलाइ पसल (टेलर्स)मा आगलागी हुँदा सो बराबरको क्षति भएको हो । मंगलबार राति आगलागी हुँदा चारवटा सिलाइ मेसिन र एक थान ज ६ प ८३०२ नंको मोटरसाइकल जलेर नष्ट भएको इलाका प्रहरी कार...

महिलाको शव फेला

लहान, २ माघ / सिरहा बरियारपट्टी गाउँपालिका–२ जानकीनगरमा आज साँझ एक महिलाको शव फेला परेको छ । जानकीनगरस्थित विनयकुमार रायको माछा पोखरीमा सनाखत हुन नसकेको करिब ५५ वर्षीया महिलाको शव फेला परेको हो । शव परीक्षणका लागि लहानस्थित अस्पतालमा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चिसोले एउटै वडामा साताभित्र पाँच जनाको मृत्यु

लहान, १ माघ / पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहाको कर्जन्हा नगरपालिकाको एउटै वडामा एक साताभित्र चार महिलासहित पाँच जनाको मृत्यु भएको छ । चिसोका कारण आइतबार कर्जन्हा नगरपालिका–६ निवासी ७१ वर्षीया अमिरतीदेवी यादवको मृत्यु भएसँगै सोही वडामा जाडोका कारण मृत्यु हुनेको संख्या पाँच जना पुगेको हो । यसअघि गत शुक्रबार सोही वडाकी ६२ वर्षीय...

सप्तरीमा चिसोबाट थप एक महिलाको मृत्यु

राजविराज, ३० पुस/ पछिल्ला केही दिनयता चलेको शीतलहर र अत्यधिक चिसोका कारण सप्तरीको कञ्चनरुप नगरपालिका–३ मा आज थप एक महिलाको मृत्यु भएको छ । स्थानीय ६२ वर्षीया कलियादेवी सदाको अत्यधिक चिसोका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ । उनको आफ्नै घरमा सुतिरहेको अवस्थामा कठयाङ्ग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ । योसँगै सप्तरीमा ...

औरहीमा विद्युत् नहुँदा अँध्यारो

राजविराज/ सप्तरीको अति विकट मानिएको डाकनेश्वरी नगरपालिका–३, औरही गाउँमा बिजुली नहुँदा जनता अँध्यारोमा दिन बिताउँदैछन् । भारतीय सीमा नाकासँग जोडिएको सो गाउँमा अहिलेसम्म बिजुली नपुगेको स्थानीयवासी देवकुमार यादवले बताउनुभयो । सदरमुकाम राजविराजदेखि पश्चिम दक्षिणमा अवस्थित सो गाउँमा हालसम्म विद्युत् नहुँदा मोबाइल चार्ज तथा गहुँ– धान कुटाउनीपिसाउनी गर...

टिपर र बस जुध्दा १६ घाइते 

सप्तरी, २८ पुस / पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुरुङ्गा नगरपालिका–४ स्थित कदमहामा आज बिहान १० बजे टिपर र बस ठोक्किँदा १६ जना घाइते भएका छन् । सिन्धुलीबाट काँकडभिटातर्फ जाँदै गरेको मे १ ख १९९४ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको ना १ क ५८१८ नंको टिपर बाक्लो हुस्सुका कारण ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । घाइते सबै...

सप्तरीमा चिसोबाट थप एकको मृत्यु

राजविराज, २८ पुस / सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भलुवामा अत्यधिक चिसोबाट थप एक महिलाको आज मृत्यु भएको छ । स्थानीयवासी ६५ वर्षीया शान्तिदेवी यादवको अत्यधिक चिसाको कारण घरमै सुतेको अवस्थामा कठ्यांग्रिएर मृत्यु भएको इलाका प्रहरीका कार्यालय भारदहले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइ...