प्रदेश नं २ मा काेराेना सङ्क्रमितकाे संख्या ५५३ पुग्याे

काठमान्डाैं / प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५५३ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ५७ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद पोखरेलले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभएको छ । यसअघि यस प्रदेशमा ९८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यस प्रदेशका आठवटै जिल्लामा एकैपटक सो अवधिमा ...

क्वारेन्टिनमा सुरक्षार्थ खटिएका प्रहरी कुटिए

सप्तरी / क्वारेन्टिनको सुरक्षार्थ खटिएका एक प्रहरी कञ्चनरुप नगरपालिका–१ वैरवास्थित लक्ष्मीनारायण माविको क्वारेन्टिनमा बसेकाबाट आज कुटिएका छन् । क्वारेन्टिनमा बसेका दुई र उनीहरुलाई भेट्न आएका दुई जनाले मिलेर कुटपिट गर्दा प्रहरी कमलेश साह घाइते भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जानकारी दिएको छ । कुटपिटबाट घाइते प्रहरी साहको दाँहिने घुँडाको माथिल्...

जनकपुरधाममा १०० शय्याको आइसोलेसन कक्ष बन्दै

धनुषा / कोरोना सङ्क्रमितको बढ्दो क्रमसँगै जनकपुरधामको प्रादेशिक अस्पतालको आइसोलेसन श्यया भरिएको हुँदा थप आइसोलेसन कक्ष धनुषाको सपहीमास्थित सिटीइभिटीको भवनमा निर्माण गरिने भएको छ । धनुषा जिल्ला सङ्कट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले उक्त भवनमा आइसोलेसन कक्षको निर्माण गरिने निर्णय गर्दै त्यसका लागि नेपाली सेनालाई जिम्मा दिएको छ । सेनाले आइसोल...

सप्तरीमा आइसोलेसन अभाव, केही संक्रमित अझैं क्वारेन्टाइनमै

राजविराज । सप्तरीमा बिहीबार १६ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा संक्रमितको संख्या ३३ पुगेको छ । भारतबात प्रवेश गर्नेको संख्या सँगसँगै कोरोना संक्रमितको संख्या समेत बढन थालेपछि व्यवस्थापनको चुनौती थपिएको छ । विगत १० दिन देखि यता भारतबाट १ हजार ३ सय ६४ जना मुख्य नाकाबाट घर फिर्ता आएको र संक्रमितको संख्या समेत २ बाट बढेर ३३ पुगेपछि च...

प्रदेश नं २ को प्रदेशसभाको चौथो अधिवेशन बुधबार

जनकपुर / प्रदेश नं २ को प्रदेशसभाको चौथो अधिवेशन बैठक यही जेठ २१ गते बुधबार शुरु हुने भएको छ । प्रदेशसभा सचिवालयका निमित सचिव रञ्जित यादवका अनुसार जेठ २१ गते बुधबार दिउँसो १ः०० बजेका लागि अधिवेशन बैठक बोलाइएको छ । सोका लागि प्रदेशसभा सदस्य, कर्मचारी र सुरक्षाकर्मीको कोरोना परीक्षण कार्य भइरहेको जनाइएको छ । प्रदेशसभा भवन परिसरमा बिहीबारदेखि नै स्वाब...

अस्पतालको श्यया भरियो : सङ्क्रमितलाई क्वारेन्टिनमै

सप्तरी / सप्तरीमा आइसोलेशन वार्डको अभावमा कोरोना सङ्क्रमण पुष्टि भएका सङ्क्रमितलाई क्वारेन्टिनमा नै राखिएको छ । सङ्क्रमण पुष्टि भएपछि आइसोलेशनमा राखेर उपचार तथा रेखदेख गर्नुपर्ने भए पनि श्ययाको अभावमा सङ्क्रमितलाई क्वारेन्टिनमा राख्नुपरेको गजेन्द्रनारायण सिंह अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा चुमनलाल दासका अनुसार अस्पता...

मृतक युवकको कोरोना नेगेटिभ

धनुषा / धनुषा जिल्लाको जटहीनाकामा यही जेठ १४ गते बुधबार मृत्यु भएका युवकमा कोरोनाको सङ्क्रमण नदेखिएको पाइएको छ । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार युवकको कोरोना परीक्षणको नतिजा निगेटिभ आएको छ । चार महिनाअघि रोजगारी गर्न भारतको गुजरात गएका धनुषा जिल्ला शहीदनगर नगरपालिका–९ का ३० वर्षीय वीरेन्द्र गुरमैता ९यादव० को घर आउने क्रममा जटहीना...

एकै दिन १७ मा कोरोनाः कन्ट्याक्ट ट्रेसिङमा जोड

महोत्तरी / महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा बिहीबार १७ जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले पिपरा गाउँपालिका, पिपरा स्वास्थ्यचौकीमा ५० शय्या र बर्दिबास नगरपालिकामा ५० शय्याको आइसोलेशन स्थापना गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको अध्यक्षतामा बसेको केन्द्रको आजको बैठकले क्वारेन्...

७५ वर्षीय वृद्धको हत्या आरोपमा छोरा पक्राउ

सर्लाही / सर्लाहीको बसबरिया गाउँपालिकामा गएराति एक वृद्धको घरेलु धारिलो हतियार प्रहारबाट हत्या भएको छ । बसबरिया गाउँपालिका–५ धनगढा निवासी ७५ वर्षीय रामअधिन रायको धारिलो हतियार प्रहारबाट मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो । आफ्नै आँपको बगैँचामा सुतिरहेको अवस्थामा वृद्धको हत्या भएको उहाँले बताउन...

दुर्घटनामा दुई जनाको मृत्यु

सप्तरी / सप्तरीको खड्क नगरपालिका–६ चकुवामा ट्र्याक्टर दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको नम्बर नभएको (कृषिबाट अनुदान प्राप्त) पावर ट्रिलरको ट्र्याक्टर आफैँ अनियन्त्रित भई पल्टिँदा सोही ट्र्याक्टरमा सवार स्थानीय ७५ वर्षीय गुदीलाल चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो । घाइते भएका...