सडक बनेको आठ वर्षपछि दिक्तेल–खार्मी नियमित बस सेवा शुरु

खोटाङ / दिक्तेलबाट खार्मीसम्म नियमित बस सेवा शुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा खोटाङ यातायात व्यवसायी संघले आइतबारबाट नियमित बस सेवा शुरु गरेको हो । सडक मर्मत उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा खार्मीका स्थानीयवासीले बस र चालकलाई फूलमाला र अबिरले स्वागत गरेका थिए । दिक्तेलबाट १५ किलोमिटर टाढा पर्ने खार्मीका लागि...

महायज्ञबाट रु एक करोड २५ लाख सहयोग

विराटनगर / सरकारको स्मार्ट सिटी र ई–लाइब्रेरीको सोचलाई साकार बनाउन विष्णुमाया पुस्तकालय विराटनगरले उक्त कार्यको शुरुवात गर्न लागेको छ । आधुनिक सामुदायिक भवन सहितको ई–लाइबे्ररी सञ्चालन गर्न यही फागुन २० देखि २७ गतेसम्म सञ्चालन गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा दाताहरुले रु एक करोड २५ लाख बराबरको नगद र जिन्सी सामग्री सहयोग गरेका छन् । विस...

महिला मृतावस्थामा फेला, श्रीमान् फरार

मोरङ, २७ फागुन / मोरङको लेटाङ नगरपालिका–२ बुधबारे बस्ने ३७ वर्षीया कौशिला राई आज बिहान मृतावस्थामा फेला परेकी छन् । गएराति श्रीमान्सँग झगडा भएको र राई आफ्नै घरको कोठामा मृतावस्थामा भेटिएको भन्ने जानकारी स्थानीयवासीले प्रहरीलाई गरेका थिए । मृतक राईको शरीरका विभिन्न भागमा चोट रहेकाले घटना शंकास्पद रहेको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्ष...

अन्तरवार्ता कै भरमा स्वस्थ्यका कर्मचारी छनौट

संखुवासभा / संखुवासभाको खाँदबारी नगरपालिकाले अहेव तथा अनमीको करार पदपूर्तिका लागी सात दिने सूचना जारी गरेको छ । नगरपालिकाका विभिन्न स्वास्थ्य चौकीहरुमा ४ जना अनमी र १ जना अहेव करार पदपूर्तीका लागि सूचना जारी गरेको हो । तर नगरपालिकाले छनौट गर्ने स्वास्थ्यका कर्मचारीहरु अन्तरवार्ताका भरमा छनौट हुने सूचनामा जनाइएको छ । तर यसअघि कुनैपनि स्वास्थ्य चौ...

पहिचान बचाउन एक हुदै किराती संस्था

धरान / विगतमा आफ्नो पहिचानका लागि छुट्टाछुट्टै आन्दोलनमा उत्रदै आएका किरात राई यायोख्खा र किरात याक्थुङ चुम्लुङ आफ्नो पहिचान बचाउन एक ठाउँमा उभिएका छन् । उनीहरुले प्रदेश नं. १ को नामकरणमा पहिचानविरुद्ध षड्यन्त्र हुन नदिन साझा अवधारणा सार्वजनिक गर्न ८ सदस्यीय कार्यदल गठन गरेका छन् । तीन दिन अगाडि गठन गरिएको कार्यदलमा किरात राई यायोख्खा र किरात या...

साथी बचाऊन,सहयोग रकम जुटाउँदै युवा 

  बेलबारी । सेवा गर्न धन होईन,मन चाहिन्छ भन्ने कुराको मोरङको बेलबारी १० भाउन्नेका युवाहरुले पुष्टि गरेका छन । दुबै मृगौलाले काम नगरेपछि काठमाण्डौमा उपचार्रत आफना साथी बिष्णु याक्खाको उपचारका लागी होली खेल्न संकलन गरेको रकमबाट बचत गरी १० हजार रुपैया उनीहरुले बिरामीका आफन्त लोकबहादुर याक्खालाई आईतबार बिहान हस्तान्तरण गरेका छन । युवा तथा...

इलाममा विष्फोटपछि एकको मृत्यु

इलाम, २६ फागुन / इलाममा विष्फोट भएर एकजनाको मृत्यु भएको छ । इलाम नगरपालिका–९ पुवाजुङ घर भई भञ्ज्याङमा पसल गर्ने विकास राईको मृत्यु भएको हो । राईको आज साँझ इलाम अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । घटना भएको आसपासमा सलाईका काँटीसमेत फेला परेको बताइएको छ । राईले यसअघि पनि ब्लास्टिङ पड्काएर माछा मा...

तेह्रथुममा श्रीमान्द्वारा श्रीमतीको हत्या

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा निर्माणाधीन मध्यपहाडी लोकमार्गमा शुक्रबार राति श्रीमान्द्वारा श्रीमतीको हत्या भएको छ । बर्दिया बासगडी नगरपालिका–५ असनेरी घर भई मध्यपहाडी लोकमार्गकोे आठराई खण्डमा मजदूरीका लागि आएका ४० वर्षीय गोविन्द ओलीले ३० वर्षीया श्रीमती चन्द्रकला ओलीको हत्या गरेको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी प्...

चैत्र ८ गते देखि मेची महाकाली अाध्यात्मिक जागरण हुने

इटहरी । अाेशाेकाे दर्शनलार्इ अझ ब्यापक बनाउने र जिवनकाे मुल रूप एवम तनाव मुक्त कसरी रहन सक्ने भन्ने ज्ञान बाडने उद्येश्य सहित अाउदाे चैत्र ८ गते देखि एक नम्बर प्रदेश स्तरीय मेची महाकाली अाध्यात्मिक जागरण अभियान २०१८ हुने भएकाे छ । शनिबार अाशाे बिश्रान्ति ध्यान केन्द्र इटहरीले अायाेजना गरेकाे पत्रकार सम्मेलनमा अागामी चैत्र ८ गते देखि हुने प्रदेस...

कनकाई नगरपालिका विद्युत् चुहावटमुक्त नगर घोषणा

झापा । झापाको कनकाई नगरपालिका आजबाट पूर्णरुपमा विद्युत् चुहावटमुक्त नगर घोषणा भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस नगरपालिकालाई पूर्णरुपमा विद्युत् चुहावटमुक्त नगर घोषणा गर्नुभएको हो । नगरपालिकाको गत माघ १६ गतेको नगरपरिषद्को निर्णयअनुसार आजबाट पूर्णरुपमा विद्युत् चुहावटमुक्त नगर घोषणा गर्ने नेपालकै पहिलो नगरपालिक...