काकामाथी खुकुरी प्रहार

खोटाङ / खोटाङमा धारिलाे हतियार प्रहार बाट एक जना गम्भि घाईते भएका छन् । मझुवागढी नगरपालिका-५ का बालाराम कट्वाल लाइ उनकै भतिजा दिनश कट्वालले टाउकाेमा खुकुरी प्रहार गरि गम्भिर घाइते बनाएका हुन् । समान्य विवादकाे क्रममा एक्कासी उनीमाथी खुकुरी प्रहार भएकाे हाे । घाईते भएका कट्वालको जिल्ला अस्पताल दिक्तेलमा उपचार भईरहेको छ भने मादक पदार्थ सेवन गरि ख...

दिक्तेल–खानीडाँडा कालोपत्र ४५ प्रतिशत सम्पन्न

खाेटाङ / कालोपत्रको काम थालिएको दिक्तेल–खानीडाँडा सडकको काम ४५ प्रतिशतभन्दा बढी सम्पन्न भएको ठेकेदार कम्पनीले जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु २१ करोड एक लाख ८८ हजार लगानीमा सो सडक कालोपत्रको काम थालिएको हो । करीब ११ किलोमिटर लम्बाइ रहेको सो सडकमा स्ट्रक्चरको काम सम्पन्न गरेर अहिले ग्राबेलको काम शुरु गरिएको निर्माण कम्पनी याक्थुहा...

नगदसहित सुन चोरेर भागेका युवक पक्राउ

सोलुखुम्बु / सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानीमा चोरेर भाग्दै गर्दा एक युवक पक्राउ परेका छन् । मङ्गलबार लिखुपिके गाउँपालिका–३ का अन्दाजी २७ वर्षीय विनोद बस्नेत पक्राउ परेका हुन् । स्थानीय सावित्री राजभण्डारीको घरभित्र पसेर सुन तथा नगद चोरेर भाग्दै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उत्तम कार्कीले जान...

मुस्लिमको मोहर्रममा तरवार जुधाउँदा पाँच जना घाइते

विराटनगर / धार्मिक मान्यता भन्दै मुस्लिम समुदायको मोहर्रम पर्वमा तरवार जुधाउँदा विराटनगरमा सोमबारराति पाँच जना युवा घाइते भएका छन् । विराटनगर महानगरपालिका–९ घोघा पुलचोकमा प्रदर्शन गर्दै घरेलु हतियार तरवार जुधाउँदा र नचाउँदा मुस्लिम युवाहरु घाइते भएका हुन् । घटना राति ११ बजेको हो । घाइते हुनेमा विराटनगर–९ का १९ वर्षीय रजक खान, मोहम्मद अजाद, विराटनगर...

मोरङको उर्लाबारीबाट १० जुवाडे पक्राउ

विराटनगर / मोरङको उर्लाबारीबाट १० जुवाडे पक्राउ परेका छन् । मोरङ उर्लाबारी – ५ स्थित होटल सम्राटबाट सोमबारराति १० जना जुवाडेलाई प्रहरीले पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पथरीशनिश्चरेका आकाश थापा, नगेन्द्र लिम्बू, उर्लाबारीका सन्तोष राई, कृष्ण अधिकारी, दिनेश थापा, सञ्जीव गिरी, जाइतो चेम्जोङ, असोक राई, मोहन कटुवाल र विकास राई छन् । इलाका प्रहरी कार...

धरानबाट लागुऔषध सहित ३ जना पक्राउ

सुनसरी / सुनसरीको धरानबाट लागु औषध सहित ३ जना पक्राउ परेका छन् । धरान उप-महानगरपालिका-८ बाट सोमवार दिउँसो को ४ प १७३५ र को १० प ४७४७ नम्बरको मोटरसाईकलमा सवार धरनका कुमार बस्नेत, वसिम खान र राजेश भनिने नविन भण्डारीलाई पक्राउ गरिएकाे हाे । ईलाका प्रहरी कार्यालय धरानबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले उनिहरूकाे साथ बाट डाईलक्स डि.सी. १० बोतल, स्पा...

तेह्रथुममा जंगली च्याउ खाँदा एक जना सिकिस्त

तेह्रथुम / तेह्रथुममा जंगली च्याउ खाँदा एक जना सिकिस्त बिरामी भएकी छिन् । तेह्रथुमको म्याङलुङ गाउँपालिका-७ जिरीखिम्ती बस्ने ३० बर्षीया सुमित्रा नेपाली जंगलबाट ल्याएको च्याउ खाँदा सिकिस्त बिरामी भएकी हुन् । सोमवार बेलुका खाना संगै जंगलबाट आफैले टिपेर ल्याएको च्याउ खादा बिरामी भएकी नेपालीको जिल्ला अस्पताल म्याङलुङमा उपचार भईरहेको जिल्ला प्रहरी क...

इटहरीमा युवतीलाई जवरजस्ती यौनधन्दा गराउन खोज्ने होटल सञ्चालिका पक्राउ

इटहरी । इटहरीमा युवतीलाई जवरजस्ती यौनधन्दा गराउँन खोज्ने होटल सञ्चालिका पक्राउ परेकी छिन । इटहरीको विराटनगर लाईनमा सञ्चालित न्यारेसन होटल एण्ड लज बारकी सञ्चालिका रेखा न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो । केहि समय अघि देखि होटलमा काम गदै आएकी युवतीलाई होटलमा आएको ग्राहक सँग यौनसम्पर्क गर्न जवरजस्ती गरे पछि ती युवतीले प्रहरीलाई खबर गरेकी थिईन । पैस...

धरानमा लागू औषधसहित तीन जना पक्राउ

धरान / लागू औषधसहित तीन जनालाई धरान प्रहरीले प्रक्राउ गरेको छ । प्रहरीले आज २ ः३० बजे धरान ८ सभागृह रोडबाट मोटरसाइकलमा सवार एकजनालाई कालो झोलामा लुकाई राखेको ल्याइरहको अवस्थामा अन्य दुई जना पनि यसमा संलग्न पाइएपछि प्रक्राउ गरिएको हो । सभागृह रोडमा खटिएका प्रहरीले को २० प ४७४७ नम्बरको मोटरसाइकलमा झोला र शरीरमा लुकाइ ल्याउदै गरेको अवस्थामा शंका ला...

सात सय ४० लिटर घरेलु मदिरा बरामद

विराटनगर / इलाका प्रहरी कार्यालय रंगेलीले सोमबार सात सय ४० लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ । चेकजाँचका क्रममा विभिन्न ठाउँबाट बरामद गरिएको मदिरा आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाइएको छ । त्यस्तै रंगेली प्रहरीले भारतबाट भन्सार छली गरेर ल्याइएको ५२ हजार सात सय रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ । चिनी,...