लागुऔषध दुब्र्यसन विरुद्ध सचेतना

सुनसरी / जनता मावि इटहरीले लागुऔषध दुब्र्यसन विरुद्ध सचेतना कार्यक्रम र विद्यार्थी उत्प्रेरणा मोटिभेसनल सेमिनार सम्पन्न गरेको छ । इटहरी जेसीसको सभाहलमा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिव कुमार श्रेष्ठले विद्यार्थीलाई लागुऔषध विरुद्ध सचेतना मूलक प्रतिक्षण दिनुभयो । मोटिभेसन सेमिनारमा मोटिभेसनल स्पिकर लिलाराज भटटराईले विद्यार्थ...

प्रदेश नं १ः सबै जिल्ला अस्पतालको स्तरोन्नति गरिने

विराटनगर / प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले सरकारी अस्पताललाई पहिलो उपचार केन्द्रका रुपमा विकास गर्ने योजनानुसार काम प्रारम्भ गरेको छ । गत फागुन ३ गते स्थापित मन्त्रालयले प्रदेशका १४ वटै जिल्लाका अस्पतालको स्तरोन्नति गर्न र गामीण क्षेत्रमा चिकित्सकको सेवा उपलब्ध गराउन उच्च प्राथमिकता दिएको छ । मन्त्रालयले ग्रामीण क्षेत्रका जनताको सेवालाई न...

तरुण दलद्धारा प्रशिक्षण अभियान शुरु

धरान / नेपाल तरुण दल, धरान उपमहानगर समितिले अगुवा तरुण कार्यकर्ताहरु लक्षित एक दिने प्रशिक्षण कार्यक्रम गरेको छ । नेपाल तरुण दल, सुनसरी क्षेत्र नं. १ को समन्वयमा प्रशिक्षण कार्यक्रमलाई वडा–वडासम्म अभियानको रुपमा लैजाने बताइएको छ । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि माननीय प्रदेश सांसद चन्द्र प्रसाद श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सचिव एवम् प्रवक्...

नगरपालिकाको आयव्यय विवरण सार्वजनिक गर्न माग

लहान / स्थानीय राजनीतिक दलका प्रतिनिधिले सिरहाको गोलबजार नगरपालिकाको आर्थिक वर्ष ०७४÷७५ मा सम्पन्न भएका योजनाको आयव्यय विवरण सार्वजनिक गर्न माग गरेका छन् । नगरप्रमुख देवनाथ साह र कार्यकारी अधिकृतलगायतका जनप्रतिनिधिले विकास निर्माण र लक्षितवर्गको कार्यक्रममा व्यापक अनियमितता गरेको आशंका गर्दै स्थानीयवासी तथा राजनीतिक दलका प्रतिनिधिले सामूहिक निव...

राजविराज नगरपालिकाले नागरिकता सिफारिस निःशुल्क

सप्तरी / राजविराज नगरपालिकाले नागरिकता सिफारिस निःशुल्क गर्ने निर्णय गरेको छ । चालू आर्थिक बर्षदेखि नागरिकता सिफारिस वापत लाग्ने दस्तुर पुरै मिनाहा गरिएको नगरपालिकाका प्रमुख शम्भु यादवले बताए । उनले नागरिकको मौलिक हक भएकाले नागरिकता सिफारिस दस्तुर पुरै मिनाहा गरिएको बताए ।यसैगरी नगरपालिकाले सडक अतिक्रमण गरी कठघरा राखेमा १ हजार ५ सय, ठेला राखेमा एक...

बेलबारीका खाली जग्गामा २ हजार बिरुवा

बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नं ३ मा पर्ने पशुहाटको पश्चिम लोहन्द्रा किनारमा बृक्षरोपण गरिएको छ । शनिबार अमना सिसौली सामुदायिक वन उपभोक्ता समुह बेलबारीले बृक्षारोपण कार्यक्रमको आयोजना गरि जम्मा १ सय ९९ बिरुवा रोपेको हो । कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले बेलको बिरुवा रोपेर बृक्षारोपणको उद्घाटन गरेका थिए ...

जग्गा बिवादमा वडा सदस्यले स्थानीयलाई कुटेपछि…!

धरान । जग्गा कारोबारको विषयलाई लिएर धरान १६ का वडा सदस्य सहित अन्य दुई जनाले धरान १६ लक्ष्मी चौकका एक युवकलाई कुटपिट गरी फरार भएका छन् । धरान १६ निवासी दिपेश थपलियालाई उनीहरुले साउन ९ गते साँझको समयमा धरान १३ मा रहेको पार्टी प्यालेस अगाडि साथीको छोराको विहेको भोज खाएर फर्किने क्रममा वडा सदस्य दिपक आचार्य सहित स्थानीय गोकुल राई र मनोज विष्ट मिलेर क...

मुख्यमन्त्री राईद्वारा मोटरबोट उद्घाटन

इटहरी/ प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले तालतलैया क्षेत्रलाई यस प्रदेशकै महत्वपूर्ण पर्यटक आवागमन केन्द्रका रुपमा विकास गरिने बताउनुभएको छ । उहाँले तालतलैया क्षेत्रलाई अझ ब्यवस्थित, आकर्षक र पर्यटक लोभिने केन्द्रका रुपमा प्रवद्र्धन गर्न नीजि सरकारी र विभिन्न दातृ समुदायसमेतको सहकार्यमा जोड दिने कुरामा आफूले प्रयत्न गरिरहेको जानकारी दिनुभयो । मुख...

कोल्टस्टोरेज अझै सन्चालमा आएन

मोरङर÷ मोरङको रंगेली नगरपालि ६ स्थित आमतोला चोक नजिकै रहेको कोल्डस्टोर लामो समय देखि सञ्चालनमा आउन सकेको छैन । वि.सं. २०६४ सालमा शिलान्यास गरिएको कोल्टस्टोरेज ३ वर्ष पछि नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महा गुठिले निर्मणा सम्पन्न गरेको थियोे । सो कोल्टस्टोरेज हाल सम्म सन्चालमा नआउदाँ दक्षिण पुर्वि मोरङका कृषिकहरु निरास भएका छन । अहिलेसम्म...

धनकुटामा चट्याङ लागेर १ जनाको मृत्यु

धनकुटाको महालक्ष्मी नगरपालिका – ५ लेगुवामा शुक्रबार साँझ चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । हावाहुरी संगै परेको चट्याङले लागेर लेगुवाका ३० वर्षिय भीम बहादुर राईको मृतयु भएको हो । आफ्नै घरमा बसिरहेको बेला साँझ करिब ६ बजे राई लाई चट्याङले लागेको हो । उनको घटनास्थलमै मृत्यु भएको स्थानिय केशव कुँवरले बताएको छ ।