सूर्याेदयद्वारा प्लास्टिकमुक्त अभियान शुरू

इलाम/ पूर्वी पर्यटकीय नगरी सूर्याेदय नगरपालिकालाई प्लास्टिकमुक्त बनाउने अभियान शुरू गरिएको छ । फिक्कल बजार, कन्यामलगायत क्षेत्रलाई सुन्दर, स्वच्छ र हराभरा बनाउन जनप्रतिनिधिले यही मंसिर १ गतेदेखि अभियान शुरू गरेका हुन् । अभियानको पहिलो दिन जनप्रतिनिधि, विद्यार्थी, नर्स, प्रहरी, स्थानीयवासी एवं विदेशीसमेत सहभागी थिए । सरसफाइ अभियानकर्मीले जथाभा...

धनकुटा तमोर बनमा डढेलो, दर्जनौ हेक्टर जंगल नष्ट

धनकुटा / धनकुटा नगरपालिका–८  स्थित तमोर सामुदायिक वनमा शुक्रवार दिनभर भीषण डढेलो लागेको छ । डढेलेले दर्जनौ हेक्टर जंगल नष्ट भएको  छ । डढेलोका कारण नजिकको बस्ती समेत जोखिममा परेपछि दिनभर प्रहरी र स्थानीयबासीले जढेलो नियन्त्रणको प्रयास गरेका थिए । बिहानबाट सुरु भएको डढेलो साँझ करिव ७ बजे नियन्त्रणमा अाएकाे प्रहरीले जनाएकाे छ ।  डढेलो नियन्त्रणका ल...

उदयपुरमा गाउँपालिकालाई भौतिक संरचना निर्माण गर्न जग्गादान

  उदयपुर / उदयपुरको रौतामाई गाउँपालिकाको केन्द्रलाई स्थायीत्व दिई सरकारी कामकाजलाई सहज बनाउन स्थानीयले संरचना निर्माणका लागि जग्गा दान गरेका छन् । रौतामाई गाउँपाकिला वडा नं. २ भुट्टारका १५ घरपरिवारका सदस्यले ५२ लाख मुल्य बराबरको करिव ११ रोपनी जग्गादान गरेका हुन। संघिय संरचना घोषणासँगै गाँउपालिकाको भौतिक संरचना निर्माणका लागि प्रति रोपनी ५ लाख मुल्...

गाउँमै चिस्यान केन्द्र खुलेपछि दूधबाट मनग्य अाम्दानी हुँदा किसान हर्षित

तेह्रथुम/ गाउँमै दुग्ध चिस्यान केन्द्र खुलेपछि तेह्रथुमको छथर गाउँपालिका–४ फाक्चामाराका पशुपालक किसान हर्षित भएका छन् । आफ्नै घर नजिकै दुग्ध चिस्यान केन्द्र स्थापना भएपछि किसानले उत्पादन गरेको दूध खेर नजाने भएको हो । किसानले आफूलाई आवश्यक दूध घरमा राखेर बाँकी सबै बिक्री गर्न पाउने भएका छन् । दूध भण्डारणका लागि चिस्यान केन्द्र नहुँदा यो गाउँका कि...

दिगो विकास र समृद्धि क्षेत्र नं १ को साझा एजेण्डा

काँकडभिट्टा/ झापा क्षेत्र नं १ का प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका उम्मेदवारले स्थायी शान्ति, दिगो विकास र समृद्धिलाई मुख्य एजेण्डा बनाएका छन् । संवाद समूह झापाको संयोजनमा आज धुलाबारीमा भएको उम्मेदवारसँगको छलफलमा उनीहरुले आफ्नो क्षेत्रसहित मुलुकको समृद्धिलाई प्राथमिकतामा राखेर चुनावी एजेण्डा सार्वजनिक गरेका हुन् । आगामी मंसिर २१ गते हुने न...

भोजपुरको दुम्मानामा आगलागी , १० लाख बढी क्षति

भोजपुर / भोजपुरको दक्षिणी आमचोक गाउँपालिकामा बिहीबार आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ । आमचोक गाउँपालिकाको दुम्मानाका खड्गबहादुर चौहानको घरमा आगलागी भएको हो । घर नजिकै रहेको गाईको ग्वालीबाट गाईवस्तुलाई खोले पकाउने क्रममा सल्केको आगोले चौहानको घरमा रहेको सुन, नगद, अन्नपात, भाँडावर्तनलगायत सम्पूर्ण सामग्री जल्दा सो बराबरको क्षति भएको प्रहरीले...

तिन दशकपछि राँके रवि भेडेटार सडकको कालोपत्रे हुने , स्थानिय उत्साहित

पाँचथर / तिन दशक अघि ट्रयाक ओपन भएको पाँचथको राँके—रवि—धनकुटा भेडेटार सडकखण्डमा लामो समयको प्रतिक्षापछि कालोपत्रे हुने भएपछि स्थानियहरु उत्साहित भएका छन् । कालोपत्रे गर्नका लागि निर्माण ब्यवसायिहरुलाई प्रि—क्वालिफिकेशन आवेदन आह्वान गरिएपछि स्थानियहरु उत्साहित भएका हुन् । मिक्लाजुङ २ का स्थानिय गंगा आङदेम्बेले भन्नुभयो,“यो सडकको कालोपत्रे हुन्छ ...

अधिकांश मतदानस्थल साँघुरा,:मतदाता

पाँचथर/ जिल्लामा रहेका अधिकांश मतदानस्थल रहेका ठाउँ साँघुरो रहेका कारण मतदातालाई मत हाल्न समस्या हुने देखिएको छ । मतदानस्थल साँघुरो भएका कारण मत हाल्न मतदातालाई समय बढी लाग्ने हुँदा बेलुका ५ बजेसम्म मतदान गर्न भ्याउन पनि मुस्किल पर्ने देखिएको जिल्ला निर्वाचन अधिकारी धु्रवकुमार राईले बताउनुभयो । “एउटै मतदानस्थलमा तीन र चारवटा सम्म मतदान केन्द्...

प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन हुनुपर्ने ः डा लोहनी

जनकपुरधाम/ एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले संवैधानिक संरचनालाई भागबण्डाको राजनीतिबाट मुक्तिका लागि प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन र राजसंस्थालाई राष्ट्राध्यक्षका रूपमा राख्ने शासकीय संरचनाको नीतिद्वारा निर्देशित गरिनु पर्ने बताउनुभएको छ । जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले धर्म...

पेशा र व्यवसायतर्फ आकर्षित गर्न युवा समूहलाई निब्र्याजी रु बीस लाख ऋण

इलाम/ युवालाई पेशा व्यवसायतर्फ आकर्षित गर्ने उद्देश्यले जिल्ला युवा समितिले चार वटा युवा समूहलाई निब्र्याजी रु २० लाख ऋण प्रदान गरेको छ । समितिले सूर्याेदय नगरपालिकाको जनज्योति कृषि तथा पशुपालन समूह, देउमाई नगरपालिकाको सुनौलो बिहानी पशुपालन युवा समूह, एकतप्पाको चम्जलुङ उद्यमशील युवा विकास संस्था र जोगमाईको ध्वजेगुफा पशुपालन समूहलाई प्रतिसमूह रु पा...