खाेटाङमा जनप्रतिनिधीलार्इ एउटै पाेशाक : पुरूषलार्इ दाैरा सुरूवाल महिलालार्इ चाैवन्दिचाेली अनिवार्य

खोटाङ । स्थानीय तहका सबै जनप्रतिनिधिले पोशाकमा एकरुपता ल्याउने भएका छन् । पुरुष जनप्रतिनिधिले दौरा सुरुवाल, ढाकाटोपी र कोट तथा महिला जनप्रतिनिधिले चौबन्दी चोली, सारी र कोट लगाउने भएका हुन् । सर्वसाधारण तथा सरकारी कर्मचारीलाई जनप्रतिनिधि भनेर चिनारी दिनकै लागि भएपनि पोशाकमा एकरुपता कायम गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति, खोटाङका प्रमुख बबि चाम...

आमहडताल फिर्ता

धनकुटा, २४ पुस /प्रदेश नं १ को अस्थायी राजधानी धनकुटा तोकिनुपर्ने माग गर्दै गरिएको आन्दोलनबाट सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएकाले आन्दोलनकारीले आमहड्तालको कार्यक्रम फिर्ता लिएकाछन् ।  ‘प्रादेशिक राज्यको राजधानी धनकुटा बनाऔं अभियान समिति’को आज बसेको सर्वदलीय बैठकले चक्काजाम र प्रदेश मन्त्रालयमा राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको छ । मंगलबारदेखि...

खोटाङमा स्वास्थ्य बीमा सदस्यता दर्ता शुरु

खोटाङ/ खोटाङमा स्वास्थ्य बीमा सदस्यता दर्ताका काम आजदेखि शुरु गरिएको छ । बीमितको स्वास्थ्य बीमाका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले बीमितको नाम दर्ता एवम् परिचयपत्र वितरण शुरु गरेको हो । आगामी फागुन १ गतेदेखि स्वास्थ्य बीमाको शर्तअनुसारका सेवा सुविधा लिन पाउने गरी बीमितको नाम दर्ता एवम् परिचयपत्र वितरण शुरु गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख ...

पारसको उपचारका लागी खर्च जुट्दै

  बेलबारी । मोरङको बेलबारी ११ मावली घर भई सुनसरीको तरहरा घर भएका ७ बर्षीय बालक पारस कार्कीको उपचारका लागी खर्च जुट्न थालेको छ । ब्लड क्यानसरबाट पिडित बालकको उपचार खर्चको अभाव भएपछि पत्रकार नरेन्द्र बस्नेतले “उपचार खर्चको अभावमा छटपटाउँदै बालक” शिर्षकमा सामाजिक सञ्जाल र सञ्चारमाध्यायमहरुमा समाचार लेखेका थिए ।   बलकको अहिले भारतको...

चिसोबाट वच्न मुसहर समुदायका बालबालिकाहरु पत्कर संकलनमा व्यस्त

उदयपुर । केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण उदयपुरको मुसहर समुदायको जनजीवन कष्टकर बनेको छ । त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका र बेलका नगरपालिका क्षेत्रका मुसहर बस्तीमा जाडोबाट बच्नको लागि कम्बलसमेत नहुँदा जनजीवन निकै कष्टकर बनेको छ । चिसो र शीतलहर बढेसँगै त्रियुगा नगरपालिका–९ गैहरुनका मुसहर समुदायका बालबालिका विद्यालय जानक...

बेलबारी जेसिजमा प्रसाईँ

  बेलबारी । बेलबारी जेसिजको बर्ष २०१८ का लागी राजन प्रसाई अध्यक्षमा चयन भएका छन । पुर्बाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिका सदस्य समेत रहेका प्रसाई यसअघि जेसिजमा उपाध्यक्ष रहेका थिए । उपाध्यक्षमा राजेश खत्री,दिपेन्द्र खुलाल,बिपिन आचार्य,धु्रबतारा घिमिरे,कोषराज श्रेष्ठ लगायत चयन भएका छन । अन्य पदमा भने पहिलो बैठकबाट अध्यक्षले मनोनीत गर्ने ...

सिसी क्यामेराको सहयोगबाट हराएको महत्वपूर्ण कागजपत्र भेटियो

 उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट बजारमा एक व्यक्तिको महत्वपूर्ण कागजपत्रसहितको झोला सिसी क्यामेराको सहयोगबाट भेटिएको छ । त्रियुगा नगरपालिका–११ बस्ने नरबहादुर कार्कीले माया मारि सकेको महत्वपूर्ण कागजपत्र सहितको झोला सिसी क्यामेराले रेकर्डबाट प्रहरीले पत्ता लगाएका थिए । त्रियुगा नगरपालिका ११ स्थित गाईघाटको लक्ष्मी बैंक नजिकबाट हराएको महत्वपूर्ण ...

पूर्वी नाका काँकडभिट्टाबाट आउने पर्यटकको संख्यामा वृद्धि

काँकडभिट्टा/ पूर्वी नाका काँकडभिट्टाबाट नेपाल भित्रिने पर्यटकको संख्यामा उल्लेख्य मात्रामा वृद्धि भएकोे काँकडभिट्टा अध्यागमन कार्यालयले जनाएको छ । सरकारले नाकामा पर्यटन प्रहरीको व्यवस्था गरेका कारण पनि नेपाल आउने पर्यटकको संख्यामा वृद्धि भएको हो । कार्यालय प्रमुख रामप्रसाद फुयाँलले सन् २०१७ मा नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या सात हजार ५२८...

प्रादेशिक भाषा तथा नामकरण अभियान

पाँचथर/ ‘लिम्बू भाषा’ लाई प्रदेश–१ को सरकारी कामकाजी भाषा बनाउन दवाव दिनका लागि ‘प्रादेशिक भाषा तथा नामकरण अभियान मञ्च’को प्रथम सम्मेलन सदरमुकाम फिदिममा जारी छ । सम्मेलनमा मञ्चका संयोजक तथा भाषा आयोगका भाषा विशेषज्ञ हरिचन्द्र लावतीले ‘लिम्बू भाषा प्रदेश नं १ को कामकाजी भाषा किन र कसरी’ भन्ने अवधारणापत्र र भाषाविद् दिलेन्द्र कुरुम्बाङले ‘प्रदेश नं ...

आन्दोलन खुकुलो बन्दै, यातायात खुल्यो

धनकुटा / चार दिनदेखिको निरन्तरको बन्दका कारण कोशी पहाडी जिल्लाको जनजीवन कष्टकर बन्दै गएको गुनासो बढेपछि निश्चित समयका लागि यातायात सञ्चालन हुने भएको छ । जिल्ला सदरमुकाममा आज बिहान बसेको सर्वदलीय बैठकले बजार बन्द यथावत रहेपनि बेलुका सवारी साधन सञ्चालन खुल्ला गर्ने निर्णय गरिएको छ । धनकुटालाई प्रादेशिक राजधानी बनाउने अभियानमा लागेका आन्दोलनकारीको भेल...