बालिका बलात्कार गर्ने, दुइ महिना पछि बल्ल जेल चलान

भोजपुर / जिल्ला अदालत भोजपुरले बलात्कारमा संग्लन दुई जनालाई आज जेल चलान गर्न आदेश दिएको छ । ९ वर्षीया बालिका करणी गरेको अभियोगमा पौवादुङ्मा गाउँपालिका–३ का काजी भनिने मानबहादुर बोहोरा र १३ वर्षीय बालिका करणी गर्ने षडानन्द नगरपालिका–१२ का २८ वर्षीय कान्छा भनिने भवनी कट्टेललाई कैदसँगै क्षतिपूर्ति तोकेको हो । बोहोरालाई करणीमा १० वर्ष र हाडनातामा १...

झापाका जनप्रतिनिधिले गरे, यौजन्य हिंसा र सडक दुर्घटना न्युनिकरणको प्रतिबद्धता

विराटनगर / बढ्दो यौनजन्य हिंसा तथा सडक दुर्घटना न्युनिकरणसँगै यसको रोकथामका लागि झापाका जनप्रतिनिधिले सामूहिक प्रतिवद्धता जनाएका छन् । झापाका ८ नगरपालिका र ७ गाउँपालिका गरी १५ वटै स्थानीय तहले झापाका प्रहरी, प्रशासन, गैरसरकारी संस्थाको सहकार्यमा यौनजन्य हिंसा तथा सडक दुर्घटना न्युनिकरण गर्न १५ बुँदे सामुहिक प्रतिवद्धता जनाएका हुन् । झापाको बिर्तामो...

शववाहन खरिद गर्न फुटसल

दमक / शववाहन खरिदका लागि सहयोग जुटाउने उद्देश्यले झापाको दमकमा शुक्रबार एकदिवसीय लायन्स प्रथम फुटसल प्रतियोगिता हुने भएको छ । लायन्स क्लब अफ दमक इष्टर्न लाइनले यस क्षेत्रका लायन्स क्लबबीच फुटसल प्रतियोगिता गराउने भएको हो । उक्त संस्थाका अध्यक्ष बिमल शर्माले यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबाट शववहान ल्याउन सहज हुने र झापा तथा मोरङका विभिन्...

यौनजन्य हिंसाविरुद्ध एक महिने अभियान

इलाम / सरोकारवाला निकाय र सङ्घ संस्थाको अगुवाइमा इलाममा बुधबारबाट एक महिने जबर्जस्ती करणी र यौनजन्य हिंसाविरुद्ध अभियान शुरु भएको छ । मानव बेचविखनविरुद्धको १२औँ राष्ट्रिय दिवसका अवसरमा सो अभियान शुरु गरिएको हो । पछिल्लो समय देशभर जबर्जस्ती करणी र यौनजन्य हिंसाका घटना बढ्दै गएपछि शुरु गरिएको सो अभियानमा करणी र यौनजन्य हिंसाका घटना अन्त्यका लागि ...

प्रेमको बहानामा छोरी लाई बन्धक बनाएको दाबी

इनरुवा । आफ्नी छोरीलाई प्रेमको बहानामा बन्धक बनाएको हरिनगर गाउँपालीका वार्ड नम्बर २ का पर्शुराम मण्डलले दाबी गरेका छन् । मण्डल परिवारले १९ वर्षकी बबिता मण्डल लाई हरिनगर गाउँपालीका वार्ड नम्बर १ का हजरत साफीको परिवारले बन्धक बनाएको दाबी गरेका हुन । १० कक्षा पढ्दापढ्दै आफ्नी छोरीलाई लवको नाटक गरेर साफी परिवारले जबर्जस्ति अन्तरजातीय बिबाह गराएर के...

बपेत्ता युवकको शव फेला

विराटनगर / मोरङको मिक्लाजुङ गाउँपालिका– ५ स्थित कुलुङ झरना घुम्न जाने क्रममा चिप्लिएर तेली खोलामा खस्दा बेपत्ता भएका एक युवकको शव बुधबार दिउँसो भेटिएको छ । साथीहरुसँग झरनामा नुहाउन र घुम्न जाने क्रममा चिप्लिएर तेली खोलामा खस्दा मंगलबार दिउँसोदेखी बेपत्ता उर्लाबारी नगरपालिका – ३ मंगलबारे निवासी २० वर्षिय कृष्ण पौडेलको शव खोजी गर्ने क्रममा आज दिउँ...

पानी उद्योगको अनुगमन

झापा / प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले झापाका पानी उद्योगको आज अनुगमन गर्नुभएको छ । मोरङका विभिन्न १० वटा पानी उद्योगमा कोलिफर्मको मात्रा पाइएपछि मन्त्री घिमिरेले यहाँका पानी उद्योगको अनुगमन गर्नुभएको हो । पानी जीवनको महत्वपूर्ण आधार भएकाले पानीको शुद्धता अत्यावश्यक भएको मन्त्री घिमिरेले बताउनुभयो । “प्रदेश सरकार स्वच्छता र शु...

जथाभावि ट्राफिक चेकिङ्ग, दुर्घटना न्यूनिकरण भन्दा जोखिम बढी

धरान / दुर्घटना न्यूनिकरण भन्दै ट्राफिक प्रहरीले विभिन्न समयमा सडकमा ट्राफिक चेकजाच गर्ने गरेको छ । तर ट्राफिक प्रहरीले गर्ने चेकजाच मौसमी हुने गरेको आरोप समेत लाग्ने गरेको छ । आफ्नो अनुकूलता हेरेर ट्राफिक प्रहरीले चेकिङ्ग पोइन्ट राख्ने गरेको सर्वसाधारणको गुनासो छ । ट्राफिक प्रहरीलाई चेकिङ्गका नाममा असुल्ने धन्दा मात्र चलाएकोले ट्राफिक व्यवस्व...

सुत्केरीको मृत्युपछि स्वास्थ्यचौकीमा तनाव

पाँचथर / सुत्केरीको मृत्यु भएपछि यहाँको एउटा स्वास्थ्यचौकीमा तनाव भएको छ । याङवरक गाँउपालिका–३ स्थित स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएपछि आफन्त आन्दोलनमा उत्रेका छन् । उनीहरुले चिकित्सकको लापर्बाहीका कारण सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन् । याङवरक गाँउपालिका–३ का सुत्केरी गीता देवान सेलिङको आइतबार स्वास्थ्यचौकीमा मृत्यु भएको थियो । ...

इलाममा चट्याङबाट एक महिलाको मृत्यु

इलाम / माइ नगरपालिकामा चट्याङ लागेर मङ्गलबार एक महिलाको मृत्यु भएको छ । चट्याङ लागेर माइ नगरपालिका–१ घर भई माइ नगरपालिका–६ पलासेमा डेरा गरी बस्ने ३६ वर्षीया कुमारी योङहाङको मृत्यु भएको हो । छिमेकीको घरमा चिया खाँदै गरेको अवस्थामा उनलाई चट्याङ लागेको हो । योङहाङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर स्थानीयवास...