३५ लाख खर्च गरेर बनाइएको डीप बोरिङ सञ्चालनमा आएन

विराटनगर / मोरङको सुुनवर्सी नगरपालिका–५ बनकोलमा निर्माण गरिएको डीप बोरिङ प्रयोगविहीन बनेको छ । डीप बोरिङ सञ्चालनमा नआउँदा कृषक मार्कामा परेका छन् । मध्य बर्खामा खेति गर्ने समयमा पनि डीप बोरिङले काम नगर्दा कृषक आकासे पानीका भरमा खेति गरिरहेका छन् । मोरङ क्षेत्र नम्बर ५ का तत्कालिन सभासद् शिवकुुमार मण्डलको संसद विकास कोषको ३५ लाख रुपैयाँको लगानीमा त...

५४ लाख लागतमा सप्तरीको लौनियाँमा झोलुङ्गे पुल निर्माण सम्पन्न

राजविराज । सप्तरीको लौनियाँमा झोलुंगे पुल निर्माण सहयोग एकाइ (ट्रेल ब्रिज सपोर्ट युनिट) बर्दिवासले रू. ५४ लाख लागतमा पुल निर्माण सम्पन्न गरेको छ । पुलको लम्बाइ ६४ मिटर तथा चौडाइ २ मिटर छ । ठूला पूल निर्माणमा धेरै लगानी लाग्ने हुँदा सानो लगानीमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँमा पुल निर्माण गरिएको निर्माण एकाइले बताएको छ ...

मोटरसाइकलले ठक्कर दिंदा खड्गीको मृत्यु

विराटनगर / मोटरसाइकलले साइकललाई ठक्कर दिंदा मोरङको बुढीगंगा गाउँपालिका–४ मा एक जनाको मृत्यु भएको छ । सुनसरीको दुहबीबाट मोरङको टंकीसिनवारीतर्फ आउँदै गरेको को २८ प २९०७ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिंदा भोजपुर घर भएका ३४ वर्षीय लोकबहादुर खड्गीको मृत्यु भएको हो । प्रहरीका अनुसार बाटो काट्ने क्रममा बुढीगंगा–४ मा डेरा गरेर बस्ने खड्गीले चलाएको सा...

मोरङमा मोटरसाइकलको ठक्करबाट एक जनाकाे मृत्यु

विराटनगर / मोरङको बुढीगंगा–४ मा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । को २८ प २९०७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा भोजपुर घर भई हाल बुढीगंगा–४ मा डेरा गरि बस्ने ३४ वर्षीय लोकबहादुर खड्गीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते खड्गीको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बाटो काट्ने क्रममा मोटरसाइकलले साइकललाई ठक्क...

झापामा सर्पको टोकाइबाट बालिकाको मृत्यु

झापा / झापामा विषालु सर्पको टोकाइबाट सात वर्षीया बालिकाको मृत्यु भएको छ। सर्पदंको टोकाइबाट मदरगाछ बजारका बैधनाथ गोसाईंकी सात वर्षीया छोरी निरुताकाे मृत्यू भएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आफ्नै घर कोठामा सुतिरहेकी बालिकालाई आइतबार राति विषालु सर्पले टोकेको प्रहरीले जनाकारी दिएकाे छ । राति २ बजे निरुतालाई सर्पले टोकेको थाहा पाएपछि त...

इटहरीमा स्कुटर दुर्घटना

इटहरी / इटहरी – २ आँपगाछीमा स्कुटर दुर्घटना भएको छ । को ११ प ४२१६ नम्बरको स्कुटर अनियन्त्रित भइ दुर्घटना भएकाे हो । दुर्घटना हुँदा स्कुटर चालक आँपगाछीका आवेश ढुङ्गाना घाईते भएको प्रहरीले जनाएको छ । ढुङ्गानाको इटहरी स्थित एपेक्स अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्या अभियोगमा खोटाङ कारागार रहेकाले सुदीप मृत अवस्थामा फेला

खोटाङ / जिल्ला कारागार शाखा खोटाङको शौचालयमा एक कैदी झुण्डिएको अवस्थामा फेला परेका छन् । कर्तव्य ज्यान मुद्धामा कैदी जीवन बिताइरहेका केपीलासगढी गाउँपालिका–१ फेदीका ३१ वर्षीय सुदीप राई कारागारको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । आइतबार साँझ समूहमा नदेखिएपछि खोजी गर्दा कारागारको प्रयोगमा नआएको शौचालयमा झुण्डिएको अवस्थामा फेला परे...

धरानमा बोलबम मेलालाई यस बर्ष अझ व्यवस्थित बनाइने

धरान / साउन महिनाा धरानको पिण्डेश्वर धाममा लाग्ने बोलबम मेलालाई यस बर्ष पिण्डेश्वर बाबाधाम समितिले विगत बर्षको भन्दा व्यवस्थित बनाउने भएको छ । धार्मिक महत्व बोकेको यस बर्ष प्रत्येक बर्ष साउन महिनाको आइतबार सुनसरीको चतरामा रहेको सप्तकोशीबाट भक्तजनहरुले खाली खुट्टा जल ल्याई सोमबार धरान १४ मा रहेको पिण्डेश्वर मन्दिरमा जल चढाउने परम्परा भए पनि गत बर...

धरानमा २८ घरमा विद्युतीय मिटर वितरण

धरान / नेपाल विद्युत प्राधिकरणले धरान १४ को सहयोगमा त्याहाँका अति विपन्न परिवारलाई मिटर वितरण गरेको छ । धरान १४ का संयोजन तथा नेपाल विद्युत प्राधिकरण वितरण शाखाले धरान १४ को अति विपन्न परिवारका २८ घरमा मिटर वितरण गरेको हो । नेपाल सरकारले निम्न आय भएका अति विपन्न परिवारलाई विजुलीमा सहजता पुगोस् भन्ने अभिप्रायले अनुदानसहित निःशुल्क मिटर वितरण गर...

नाला निर्माणका क्रममा वडा अध्यक्षमाथि कुटपिट

विराटनगर / विराटनगर महानगरपालिका–१५ स्थित प्रजातन्त्र मार्गको भित्री सडकको नाला निर्माण गर्ने क्रममा वडा अध्यक्ष असलाम आलममाथि कुटपिट भएको छ । स्थानीय युवाहरुले सडक विस्तार गरेर नाला निर्माणका क्रममा आफ्नो जग्गा बढी पारिएको भन्दै आक्रोसित बनेका दुई युवाहरुले आलममाथि हेल्मेटले प्रहार गरेका हुन् । यस विषयमा लिएर विवाद पनि भएको थियो । सडक विस्तारमा वि...