खोटाङमा पहिरोले घर बगाउँदा तीन बेपत्ता

खोटाङ / खोटेहाङ गाउँपालिका–२ बाप्लुखामा पहिरोले एउटा घर बगाउँदा एक व्यक्ति घाइते हुनाका साथै तीन बेपत्ता भएका छन् । चार दिनदेखि लगातार परेको वर्षाका कारण आज बिहान झरेको पहिरोले घर बगाउँदा ३१ वर्षीय विष्णु राई घाइते हुनुभएको छ भने उहाँकी श्रीमतीसहित एक छोरा र एक छोरी बेपत्ता भएका हुन् । आज बिहान करीब ५ बजेतिर झरेको पहिरोले घरमा सुतिरहेका चारै जन...

पाँचथरमा खोलाले बगाउदा विद्यार्थी बेपत्ता

पाँचथर / खोला तर्ने क्रममा पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ स्थित नुँवा खोलाले बगाएर आज बिहान एक विद्यार्थी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय खेसेङखोपाका होलीचायल्डमा अध्ययनरत आठ वर्षीय जीवन राई छन् । अहिले प्रहरीचौकी रवि र स्थानीयवासीले उनको खोजी तीव्र पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौड्यालले बताउनुभयो ।

पाँचथरमा खोलाले बगाएर एक विद्यार्थी बेपत्ता

पाँचथर / खोला तर्ने क्रममा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ४ स्थित नुँवा खोलाले वगाएर आज बिहान एक विद्यार्थी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानिय खेसेङखोपाका होलीचायल्डमा अध्ययनरत ८ वर्षिय बालक जिवन राई रहेका छन् । उनको खोजी कार्यका लागि अहिले प्रहरी चौकी रवि र स्थानियले खोजी कार्य तिव्र पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्र...

बाढीका कारण सुनसरीको बुढिखोला पुल उच्च जोखिममा

इटहरी / अविरल बर्षाका कारण आएको बाढीले कोशि राजमार्ग अन्तर्गत दुहबीस्थित बुढिखोलाको पुल उच्च जोखिममा परेकाे छ् । उक्त सडक खण्डको ड्रेन र सडक समेत भासिएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त सडक खण्डमा साबधानी अपनाउदै सवारी अवागमन भने खुलाएको बताएकाे छ । लगातार वर्षाका कारण सुनसरीको दुहबी लगायत विभिन्न क्षेत्रहरू डुबानमा परेका छ्न ।

पहिरोले पुर्दा भोजपुरमा एक बालकको मृत्यु

भोजपुर / निरन्तर वर्षासँगै आएको पहिलोले पुरेर भोजपुरमा एक बालकको ज्यान गएको छ । भोजपुरको पश्चिमी टेम्केमयूँङ गाउँपालिका वडा नं. ९ लेखर्कमा पहिरोले पुरिदा १२ वर्षका जनक बिकको मृत्यु भएको हाे । बिहान करिब १० बजे शौचालय बसिरहेका बेला पहिलोले पुरेर बालकको मृत्यु भएको बताइएको छ । माथिबाट आएकाे पहिराेले शौचालय सँगै बालक पनि पुरेकाे गाउँपालिका अध्य...

भोजपुरमा घरको गाह्रोले किचेर एक जनाको मृत्यु

भोजपुर / भोजपुरमा बर्षाको कारण घरकाे गाह्रोले किच्दा एक जनाकाे मृत्यु भएको छ । भोजपुरकाे रामप्रसाद राई गाउँपालिका-७ बासिखोराका ६६ बर्षिय जगत बहादुर राईको आफ्नै मृत्यु भएको हाे । २५ गते देखी आएको अबिरल बर्षाको कारण घरमा पानीको भेल पस्दा पिढिमा सुतिरहेका राईको गाह्रोले किची मृत्यु भएको हो। राई घरमा एक्लै बस्दै आएका र २५ गते राती उनको मृत्यु भएको भनि ...

मोटरसाइकल सहित खोलाले बगाउदा मोरङमा एक जना बेपत्ता

मोरङ / मोरङको रंगेलीस्थित गेउरिया खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सवारी आवागमन बन्द भएको छ । बिहीबार साँझ डाइभर्सनसँगै मोटरसाइकलमा रहेका एक व्यक्तिलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएकाे छ । लगातारको वर्षाका कारण सिँगिया र बक्राहा खोला आसपासको सुकुम्बासी बस्तीका १ सय ५० भन्दा बढी मानिस विस्थापित भएका छन्...

बरुवा नदीको बाँध फुट्ने खतरापछि गाईघाट बजार जोखिममा

उदयपुर / निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै जाँदा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ स्थित शिवालयटोल तथा साकेलाटोल क्षेत्रमा निर्माण गरिएको बरुवा नदीको बाँध भत्कन थालेपछि गाईघाट बजार जोखिममा पर्न थालेको छ । तीन दिनदेखि आएको निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै गएपछि पुराना बाँधको ढुङ्गा खोलिन थालेको र बाँध भत्कन थालेपछि शिवालयटोल...

झापाको गौरदाहमा मोबाइल छुँदा करेन्ट लागेर बालकको मृत्यु

झापा / झापाको गौरदाहमा करेन्ट लागेर एक बालकको बिहीबार बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङको रतुवामाई नगरपालिका घर भई हाल झापाको गौरा दह नगरपालिका ८ स्थित जुरो पानी दामाबारी मामाघर बस्दै आएका ६ वर्षीय रोशन महतो रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार कोठाभित्र चार्ज गर्न राखि...

निरन्तरको वर्षापछि इटहरी समेत जलमग्न

इटहरी । अविरल वर्षाका कारण सुनसरीको इटहरीका केही क्षेत्र जलमग्न बन्न पुगेको छ । पानीको निकास नभएको कारण हरेक वर्षायाममा इटहरी डुवानमा पर्ने गरेको छ । गएराती देखिको अविरल वर्षाका कारण इटहरीको वडा नम्वर ८ विराटनगर लाइन जलमग्न बन्न पुगेको हो । वर्षाका कारण टेगं्रा खोलामा आएको बाढी मानव बस्तीमा पसेर जलमग्न बन्नुका साथै केही समय कोशी राजमार्ग अबरुद्...