बैतडी / बैतडी र दार्चुला जिल्लाको सीमा बजार गोकुलेश्वर दार्चुला जिल्लाकाे दोस्राे ठुलो सहर हाे । यहाँ डिग्री कलेज, बोर्डिग तथा सरकारी स्कुलहरू, कृषि कलेज, एक दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थाका साखा, विशेषज्ञ डाक्टरसहितको अस्पताल, निर्माणाधीन एयरपोर्ट, शैल्यशिखर नगरपालिकासहित एक दर्जन सरकारी कार्यालय छन् । निकै व्यस्त व्यापारिक केन्द्रका रुपमा...
बैतडी / बैतडीको डिलाशैनी गाउँपालिकाले किसानहरूलाई कागतीका बिरुवा वितरण गरेको छ । एक मतदता एक बिरुवा कार्यक्रमअन्तर्गत ३० हजार कागतीका बिरुवा वितरण गरेकाे गाउँपालिकाले जनाएको छ ।
आर्थिक बर्ष २०७८/०७९ मा विनियोजित बजेटबाट बिरुवा वितरण गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट यदुले बताए । यसअघि निवेदन संकलन गरिएकोमा एक परिवारले करिब ५० बिरुवा पाए...
बैतडी / बैतडीको दोगडाकेदार गाउँपालिकाले कुपोषण भएका बालबालिकाका परिवारलाई बाख्रा वितरण गरेको छ । बहु क्षेत्रीय पोषण योजना अन्तरगत गाउँपालिका भरीका ५० परिवारलाई बाख्रा वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए ।
कुपोषण भएका बालबालिकालाई पौष्टिक तत्त्वका लागि मासु खुवाउन बाख्रा पालन गर्नु उपयुक्त हुने भन्दै बाख्रा वितरण गरिएको हो । ब...
बैतडी / बैतडीमा कुकुरको टोकाइबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका-७ स्थित बालकृष्ण माध्यमिक विद्यालयका लेखापाल ३६ वर्षीय नरेन्द्र बहादुर साउँद रहेका छन् । उनलाई तीन महिना पहिले कुकुरले टोकेको थियो । कुकुरले टोकेपछि उनको स्वास्थ्य अवस्था दैनिक बिग्रँदै गएको थियो ।
उनलाई गत मंगलबार उपचारका लागि अस्पताल लगिएको ह...
डडेल्धुरा / डडेल्धुराको आलिताल गाउँपालिका- ३ मा रहेको तुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडैलाई डिभिजन वन कार्यालय डडेल्धुराले नियन्त्रणमा लिएको छ।
सामुदायिक वनको खातामा रहेको २२ लाख रुपैयाँ खाएको आरोपमा उनलाई नयन्त्रणमा लिइएको हो। शुक्रबार अध्यक्ष मडैसँगै सामुदायिक वन उपभोक्ता समितिका कागजपत्र नियन्त्रणमा लिएको डिभिजन वन कार्...
धनगढी / कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा तीन महिने शिशुको मृत्यु भएको छ । प्रहरीका अनुसार बेलौरी नगरपालिका–७ पौलाहमा एम्बुलेन्स दुर्घटना हुँदा बेल्डाँडी गाउँपालिका–४ की अनिता खत्रीको तीन दिने शिशुको मृत्यु भएको हो ।
तीन दिनअघि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सुत्केरी भएकी अनिता एम्बुलेन्समार्फत् घर जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाए...
बैतडी / बैतडीको डिलाशैनी गाउँपालिका-६को बांगाबगरमा अटोरिक्सा र मोटरसाइकल ठोक्किदा पाँच जना घाइते भएका छन् । सु.प.प्र.०२००३प ९३६७ नम्बरको मोटरसाइकलल र सु.प.प्र.०१ ००१ह ४९६७ नम्बरको अटो रिक्सा ठोक्किएको हो ।
दुर्घटनामा घाइते हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका-१ किम्तडीका ५० वर्षीय खुईले भूल, डिलाशैनी -६ का मोटरसाइकल चालक ३५ बर्षीय भरत माल तथा स...
धनगढी / सुदूरपश्चिम प्रदेश सरकारले यही असार १ गते ल्याएको बजेटप्रति प्रदेशसभा सदस्यहरूले चर्को आलो चना गरेका छन् । विगतमा जस्तै बजेटमा टुक्रे योजना राखिएको, बजेट भाषणमै नभएका योजना रातो किताबमा समावेश भएका, व्यक्तिलाई फाइदा पुग्ने योजना ल्याइएका, मन्त्रीको क्षेत्रमा मात्रै बजेट परेको भन्दै सत्ता पक्ष र प्रतिपक्ष दलका प्रदेशसभा सदस्यले सरकारले ल्याए...
धनगढी / तराईमा बढेको गर्मीसँगै अस्पतालमा सर्पदंशका विरामी बढ्न थालेका छन् । धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो समय दैनिक २-३ वटासम्म सर्पदंशका गम्भीर विरामी भर्ना हुने गरेका छन् ।
‘सर्पले टोकेका विरामीको संख्या दैनिक ५-६ जनासम्म पुग्ने गरेको छ,’ सेती प्रादेशिक अस्पतालका सर्पदंश उपचार संयोजक डाक्टर शेरबहादुर कमरले भने, ‘तीमध्ये २-...
सुर्खेत : जाजरकोट कुशे गाउँपालिका वडा नं ७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ। शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत्यु भएको अवस्थामा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए। मृतक घर्तीले भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट चुनाव जितेका थिए। घरमै सुतिरहेको अवस्थामा कसरी मृत्य...