धनगढी / आफ्नो लापरबाहीका कारण दार्चुलामा बालकको मृत्यु भएको निर्माण कम्पनी गर्ग एण्ड गर्गले स्वीकार गरेको छ । शनिबार दुईपक्षीय छलफलका क्रममा आफूहरूको लापरबाहीका कारण ९ वर्षीय बालक पवन महराको मृत्यु भएको निर्माण कम्पनीले स्वीकार गरेको हो।
उक्त घटनामा भारतीय सडक निर्माण कम्पनीले आफ्नो गल्ती भएको स्वीकार गरेको व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह ध...
धनगढी / कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको विकासका लागि राजनीतिक स्थितरता आवश्यक रहेको बताएका छन् । राजनीतिक स्थिरताका लागि शत्तारुढ गठबन्धनको जित अपरिहार्य रहेको उनले बताए ।
ओलीलाई जनताले दुई तीहाईको मत दिँदा उनले दुई दुई पटक संसद विघटन गरेर राजनीतिक द्धन्द्ध निम्त्याएको बताए । उनले भने, ‘देशलाई विकासको खाँचो भएका वेला ओलीले राजनीति...
धनगढी / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, सभामुख, उपसभामुख र अधिकांश मन्त्री टिकटविहीन बनेका छन् । २०७४ को निर्वाचनमा डोटी प्रदेशसभा ख बाट विजयी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बनेका त्रिलोचन भट्ट यसपटक टिकटविहीन बने । उनको ठाउँमा यसपटक माओवादी केन्द्रबाट उनकै स्वकीय सचिव शिवसिंह ओलीले टिकट पाएका छन् ।
बझाङको प्रदेश सभा क बाट चुनाव जितेर सुदू...
धनगढी / प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी उनकी पत्नी आरजु देउवाले दर्ता गराएकी छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर आरजुले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएकी हुन् ।
देउवाको प्रस्तावक कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौत र समर्थक पार्टी जिल्ला उपसभापति डिल्लीराज जोशी छन् । देउवा...
धनगढी / दसैंका लागि घर जान चाहने यात्रुको सुरक्षाका लागि प्रहरी सहायता कक्ष निर्माण गरिए पनि यात्रु भने सुरक्षित बन्न सकेका छैनन् ।टिकटका लागि बसपार्क पुग्ने यात्रु यातायात मज्दुरको व्यवहारका कारण समस्यामा पर्न थालेका हुन् ।
‘बस्पार्क छिर्नेवित्तिकै मेरो गाडीमा आउ भन्नेको लाइन हुन्छ,’ डोटीका लागि टिकट काट्न धनगढी बसपार्क पुगेका शिव फुलाराले भने...
बैतडी / बैतडीको दोगडाकेदार गाउँपालिका– २ बसारका पहिरोपीडितलाई गाउँपालिकाले राहत वितरण गरेको छ । अविरल वर्षासँगै आएको पहिरोले आइतबार घर भत्काएको झापुली नगारीको परिवारलाई गाउँपालिकाले ५० हजार नगदसहित कपडा, कम्बल, भाडाकुडा र खाद्यान्न दिएको हो ।
पहिरोले नगारीको घर भत्किँदा तीनवटा बाख्रा मर्नुका साथै घरभित्र रहेको सबै धनमाल नष्ट भएको थियो । पहिरो गए...
धनगढी / सेती प्रदेशिक अस्पतालमा १० दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई थप उपचारको लागि काठमाडौं लैजाने तयारी सुरु भएको छ । अस्पतालले केही दिनअघि नै उनको स्वास्थ्य अवस्था बिग्रिएको र थप उपचारको लागि सुविधासम्पन्न अस्पताल लैजान रेफर गरिसकेको थियो । तर, गोविन्द केसीले भने माग पूरा नभइ अन्य स्थानमा नजाने अडान लिँदै आएका थिए ।
सिनियर डाक्टरहरूले उनला...
धनगढी / धनगढीमा अनसनरत डाक्टर गोविन्द केसीले थप उपचारका लागि काठमाडाैं जाने मानेका छैनन् । अनसनकाे ९औं दिनमा मंगलबार केसीलाई थप उपचारका लागि काण्माडाैं लग्ने प्रयास भए पनि उनले धनगढीमै बस्ने अडान राखेकाे जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।
‘उहाँको उपचारमा खटिएका स्वास्थ्यकर्मीले सेती अस्पतालबाट रेफर गरिसकेका छन्,’...
अछाम / बाढी र पहिरोमा परि २३ जनाको ज्यान जानेको आज सामूहिक दाहसंस्कार गरिएको छ । जिल्ला अस्पतालको चिकित्सक सहितको टोलीले सम्बन्धित ठाउँमा नै पोष्टमार्टम गरिदिएपछि उनीहरूको आज सामूहिक दाहसंस्कार गरिएको अछाम सहायक प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले बताए ।
शुक्रबार रातीको अविरल वर्षका कारण अछामका विभिन्न ठाउँमा बाढी र पहिरोमा परी एक जना गर्भवती ...
धनगढी / कोरोना संक्रमणका कारण व्यापारमा आएको मन्दी संक्रमण कम भएसँगै सुधार हुने अपेक्षा गरेका व्यवसायी ठूला चाडवाड सुरु हुँदा पनि निरास बनेका छन् । कोरोना संक्रमण केही कम भए पनि व्यापारले गति नलगेपछि व्यवयासी निराश बनेका हुन् ।
‘हिन्दुहरुका ठूला चाड नजिकिंदा व्यवसाय सुधार हुने अपेक्षा गरिएको थियौ’ न्यु स्टार फुटवेयरका सञ्चालक जगदीशदत्त जोशीले भन...