काठमाडौं / बुधबार बिहान टिपरको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएपछि आन्दोलनमा उत्रिएका गोदावरी नगरपालिकास्थित हरैया क्षेत्रका स्थानीय र प्रहरीबीच झडप भएको छ ।
अटोमा सवार रहेका बालकको ज्यान गएपछि प्रदर्शन गर्दै स्थानीयले पूर्व-पश्चिम राजमार्गसमेत अवरुद्ध गरेका छन् । ठक्कर दिएर फरार रहेको टिपर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
उक्त प्रदर...
धनगढी / ४ मंसिरमा सम्पन्न निर्वाचनबाट निर्वाचित प्रदेशसभा सदस्यहरूलाई १० पुससम्म सपथ खुवाउने तयारीमा सुदूरपश्चिम प्रदेशसभा सचिवालय जुटेको छ । निर्वाचन आयोगले निर्वाचनको अन्तिम सूची प्रदेश प्रमुख समक्ष बुझाएको २० दिनभित्र निर्वाचित सदस्यको सपथ र प्रदेशसभा बैठक आह्वान गर्नुपर्ने प्रावधान छ ।
२ पुसमा आयोगले प्रदेशसभामा प्रत्यक्ष निर्वाचन प्रणाली र ...
धनगढी / कैलालीको धनगढी उपमहानगरपालिका–९ मा मंगलबार बिहान गोली चलेको छ । चोरी गर्न आएको टाेली र स्थानीयबीच मुडभेड हुँदा अकस्मात गाेली चलेकाे हाे ।
गोली मानिसलाई भने नलागेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार धनगढी-९ स्थित शिवरामनगर टोलमा लुटपाट गर्न आएका हतियार धारी समुहलाई गाउँलेले लखेटेका थिए ।
गाउँलेले घेरेपछि चोरले हवाई फायर गरेको हुनसक्ने...
काठमाडौं / कञ्चनपुरमा जंगली हात्तीको आतंक बढ्दा अन्नबाली जोगाउन मुस्किल भएको छ । हरेक वर्ष जंगली हात्तीका कारण नागरिकको अकालमा ज्यान समेत जाने गरेकाे छ । मानव बस्ती नजिक जंगल भएकाले हात्तीको आक्रमणमा परी स्थानीयले अकालमा ज्यान गुमाउने गरेका छन् ।
यस क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट तीन वर्षमा आधा दर्जन स्थानीयले ज्यान गुमाएका छन् । कञ्चनपुरको ...
काठमाडौं / घाँटी रेटेर बीभत्स हत्या गरिएकी बैतडीकी माया लुहारको हत्या आरोपमा सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् । सशस्त्र प्रहरी जवान भरतराम कोलीलाई आइतबार महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा पक्राउ गरिएको सुदूरपश्चिम प्रहरी कार्यालयले जनाएको छ ।
पूर्वम्यादी प्रहरीसमेत रहेकी २१ वर्षीया मायाको हत्या आरोपमा शिवनाथ गाउँपालिका-४ का कोलीलाई पक...
धनगढी / स्थानीय प्रशासनले निषेध गरिएको क्षेत्रमा विद्यार्थीले आन्दोलन गरेपछि भिडलाई तितरवितर पार्न प्रहरीले धनगढीमा आठ राउन्ड हवाइ फाएर र अश्रु ग्यास प्रहार गरेकाे छ ।
हवाई फायरपछि विद्यार्थीहरू तितरवितर भएका छन् । बिहीबार ग्रेडरले किचेर पञ्चोदय माविमा अध्ययनरत १६ वर्षीया किशोरी चेतना साउदको मृत्यु भएपछि विद्यार्थी आन्दोलित भएका हुन् ।
बिहीब...
बैतडी / डिलाशैनी गाउँपालिका-६ का गोविन्दनाथ योगी अहिले ७९ बर्ष पुुगे । २००१ सालमा जन्मिएका उनी ०५६ सालअघिका करिब एक दर्जन चुनाव लडेका व्यक्ति हुन् । याेगीलाई प्रधानपञ्चदेखि वहुदलीय व्यवस्थामा सांसदसम्ममा चुनाव लडेको अनुभव छ । याेगी कतिपय चुनावमा सफल बने भने केहीमा जित पनि भए । उनी प्रधानपञ्च र जिल्ला पञ्चायतको चुनावमा भने सधै सफल भए ।
सुरुदेख...
धनगढी / धनगढी उपमहानगरपालिकाले बजार क्षेत्रको सडक चौडा पार्न सडकको क्षत्रभित्र पर्ने संरचना हटाउन थालेको छ । बुधबारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सम्मको सडक छेउका संरचना हटाउन डोजर लगाएको हो ।
बुधबार मुख्य बजारस्थित सेती प्रादेशिक अस्पतालले निर्माण गरेका भवनमा उपमहानगरपालिकाले डोजर लगाएको हो । धन...
धनगढी / सोमबार बिहान धनगढी–३ बोराडाँडी स्थित खेतमा काम गर्दै गरेका महिला मतदान प्रक्रियाका बारेमा एक आपसमा कुरा गर्दै थिए । एक महिलाले मंसिर ४ मा कसरी मतदान गर्ने भन्ने प्रश्न समूहमै राखिन् । प्रश्न सकिन नपाउँदै ग्रुपमै सहभागी स्थानीय श्यामा रानाले जवाफ दिइन्, ‘७ ठाउँमा मत हाल्ने हो, कसलाई दिने सोच्दै छौं ।’
खेतमै काम गर्दै गरेका अन्य महिलाले प...
धनगढी / आफ्नो लापरबाहीका कारण दार्चुलामा बालकको मृत्यु भएको निर्माण कम्पनी गर्ग एण्ड गर्गले स्वीकार गरेको छ । शनिबार दुईपक्षीय छलफलका क्रममा आफूहरूको लापरबाहीका कारण ९ वर्षीय बालक पवन महराको मृत्यु भएको निर्माण कम्पनीले स्वीकार गरेको हो।
उक्त घटनामा भारतीय सडक निर्माण कम्पनीले आफ्नो गल्ती भएको स्वीकार गरेको व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह ध...