यार्सा संकलक माथी चटयाङ, तीनजना घाइते

दार्चुला / दार्चुलामा चटयाङमा परेर तीनजना घाइते भएका छन् ।  यार्सगुम्बा संकलन गरिरहेका माथी चटयाङ पर्दा तीनजना घाइते हुन पुगेका हुन् । उनीहरुको अहिले उपचार भईरहेको छ ।     जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार दुहुँ गाउँपालिका– १ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती म...

लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप

धनगढी / कैलालीमा यसवर्ष आँपको राम्रै फल लाग्ने आंकलन गरिए पनि फूलमै रोग देखिएका कारण त्यो आ‌ंकलन गलत हुन सक्ने देखिएको छ । व्यावसायिक आँप खेतीमा ढुसी लाग्न थालेपछि किसान चिन्तित भएका छन् । आँपको फलमा फड्केकिराको प्रकोप लाग्न थालेकाले जिल्लाका किसान चिन्तित् बनेका हुन् । आँपको पात नै नदेखिने गरी बोटै ढपक्क ढाकेर फूल फुल्दा खुसी भए पनि अहिले फड्के कि...

महिला अटोचालकहरु सुदुरपश्चिम सरकारद्वारा सम्मानित

धनगढी / ११३आौ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ६ जना अटो चालक महिला सम्मानित भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले आज एक बिशेष कार्यक्रमको आयोजना गरी अटोचालक महिलाहरुलाई सम्मान गरेकाे हाे ।    सामाजिक विकास मन्त्रालयले नगद १० हजारसहित प्रमाणपत्र र दोषल्ला ओढाएर सम्मान गरेको थियाे । यसरी सम्मानित हुनेमा अटो रिक्सा चालकहरुमा भगवती दुवी कुँवर...

९ किलो चरेशसहित धनगढीबाट तीन जना पक्राउ

धनगढी / दाङ र रोल्पाका तीन जना कैलालीमा ९ किलो चरेशसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार रोल्पा जिल्लाको थवाङ्ग गाँउपालिका–५ बस्ने ४४ वर्षीय कुमार पुन, दाङ जिल्लाको लालमोटिया गाँउपालिका–१ बस्ने ३९ वर्षीया पुनम पुन र ४१ वर्षीया दिलमाया पुनलाई चरेश सहित पक्राउ गरिएको हो । उनीहरूलाई धनगढी–१४ एचगाँउ स्याउले घाटस्थित सीमा ईला...

कैलाली किसान चैते धान खेतीप्रति आकर्षित, १ हजार ८० हेक्टरमा क्षेत्रफलमा रोपिँदै

धनगढी / कैलालीमा चैते धान खेतीका लागि किसान बेर्ना राख्न थालेका छन् । कैलालीको भजनी नगरपालिका–३ र ८ लाइ चैते धानका लागि पकेट क्षेत्र मानिने गरिएको छ । कृषि ज्ञान केन्द्र धनगढीका प्रमुख खगेन्द्र प्रसाद शर्माका अनुसार भजनी नगरपालिका–३ र ८ मा सवै भन्दा बढी चैते धान खेती हुने गरेको छ । त्यसबाहेक भजनीका अन्य वडासँगै कैलारी गाउँपालिका, जोशीपुर नगरपालिका,...

प्रधानमन्त्रीद्धारा महेन्द्रनगर सुख्खा बन्दरगाह निरिक्षण

धनगढी / प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले महेन्द्रनगरस्थित सुख्खा बन्दरागहको निरिक्षण गरेका छन । आज बिहान कैलाली पुगेका प्रधानमन्त्री प्रचण्डले यसअघि गेटा कलेजको निरिक्षण गरेका थिए । उनले सो कलेजलाई सहिद धर्मभक्त बिज्ञान प्रतिष्ठान नामाकरण गर्ने जानकारी गराएका थिए । आजैवाट सुरु हुने कञ्चनपुर महोत्सब उदघाटन गर्न गएका प्रधानमन्त्री पुष्पकम...

को हुन् सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका शाह ?

धनगढी / एमाले नेतृत्वमा बनेको सरकारले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिक ठूलो दलको हैसियतमा नेपालीका कांग्रेसका तर्फबाट कमल शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । बिहीबार साँझ ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा शाहले दावी पेश गरेका थिए । अछाम जिल्ला रामारोशन गाउँपालिका–५ तडिगैरामा २०२८ साल फागुन १०...

श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ

धनगढी / श्रीमतीलाई कुटपिट गरी हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । २०७७ असोज २६ गते ५० वर्षीया आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेर फरार भएका प्रेम विक पक्राउ परेका हुन् । कैलालीको कैलारी गाउँपालिका–७ का ५४ वर्षीय विकले आफ्नै श्रीमती विरमा विकको कुटपिट गरेर हत्या गरेका थिए । तत्कालिन समयमा प्रेमले नै श्रीमतीको हत्या गरेको ...

कैलालीमा कोटाको धान पाउनै मुस्किल

धनगढी / सरकारले कैलालीबाट हालसम्म ३० हजार क्वीन्टल धान खरिद गरेको छ । कैलालीका लागि ४० हजार क्वीन्टल धान खरिद गर्ने कोटा निर्धारण गरिएको भए पनि धान खरिद गर्ने अनुमति पाएको खाद्य व्यवस्था कम्पनीले बिहीबारसम्म ३० हजार क्वीन्टल धान मात्र खरिद भएको जनाएको छ । कैलालीको मोहनपुर, टीकापुर र भजनीबाट धान खरिद सुरु गरिएको भए पनि सोचेअनुसारको धान भने नआएको खाद...

सुदूरपश्चिम प्रदेश काङ्ग्रेस संसदीय दलको नेतामा शाह सर्वसम्मत

धनगढी / सुदूरपश्चिम प्रदेशसभा कांग्रेस संसदीय दलको नेतामा प्रदेशसभा सदस्य कमल शाह सर्वसम्मत चयन भएका छन् । कैलाली क्षेत्र नम्बर–२ को प्रदेशसभा क क्षेत्रबाट निर्वाचित शाह प्रदेशसभा सदस्य बहादुर सिंह थापाको प्रस्ताव र प्रकाशबहादुर शाहको समर्थनमा सर्वसम्मत संसदीय दलको नेतामा चयन भएका हुन् ।  कांग्रेस संसदीय दलको नेताका लागि ७ जना आकांक्षी रहेपछि...