सिन्धुपाल्चोक / सिन्धुपाल्चोकको लिदी पहिरोबाट विस्थापित भएका परिवारलाई मंगलबार जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ । २०७७ साउन ३० गते जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोबाट विस्थापित भएका २ सय ९ घरधुरी मध्ये ४१ घरधुरीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो ।
सुरक्षित स्थानान्तरणका लागि चौतारा साँगाचोकगढी नगरपालिका-४ देउरालिमा जग्गा व्यवस्थ...
सिन्धुपाल्चोक / सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका विभिन्न गाउँमा पहिलो पटक नेपाल टेलिकमको सेवा पुगेपछि स्थानियवासी खुसी भएका छन् ।
नेपाल टेलिकमले भोटेकोशी गाउँपालिका–१ बगाममा टावर निर्माण गरेर सेवा सञ्चालन गरेपछि स्थानीयलाई सहज भएको हो । उक्त स्थानमा यसअघि मोबाइल सेवाको पहुँच थिएन । ग्रामीण बस्तीलाई सञ्चारको पहुँचमा जोडन टेलिकमले थ्रीजी सेव...
ललितपुर । ललितपुरको ग्वार्काेमा कार र ट्याक्सी आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । ग्वार्कोस्थित बि एण्ड बि अस्पताल नजिकै आइतबार राति कार र ट्याक्सी आपसमा ठोक्किँदा घाइते भएका आठजनामध्ये दुई जनाको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा ट्याक्सीमा सवार ६ जना र कारमा सवार दुईजना...
काठमाडौं / काठमाडौंको चन्द्रागिरिमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डामा ना६ख ६६१५ नंको ट्रकले प्रदेश३–०२–०१प ८२५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धादिङ धुनिबेँसी नगरपालिका–९ घर भई हाल चन्द्रागिरि –१ दहचोक बस्ने ४५ वर्षीय राजकुमार सुनारको आज दिउँसो मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट गम्भीर ...
हेटौंडा / कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिको बैठकले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिन प्रदेश संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ ।
प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा हेटौंडामा मंगलबार बिहान बसेको कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिएर...
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले लोकतन्त्रलाई प्रक्रियामात्र नभएर व्यवहार पनि बनाउनुपर्ने वेला आएकाे बताएका छन् ।
प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै उनले लोकतन्त्रलाई हालसम्म प्रक्रियामात्र बनाएको भन्दै अब व्यवहार पनि बनाउनुपर्ने...
काठमाडौं / नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले पाँच वर्षको कार्यकालमा देश र जनताको हितमा काम गर्ने विश्वास व्यक्त गरेका छन् । आज सुरु भएको प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनताको भावना अनुरुप काम गर्न अनुरोध पनि गरेका छन् ।
पुष्पकमल दाहाल...
काठमाडौं / सिके राउत नेतृत्वको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठबीच कार्यगत एकता गर्नेगरी सहमति भएको छ । आइतबार आयोजित कार्यक्रममा राउत र श्रेष्ठले १२ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन
।
उक्त सहमति पत्रमा उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीको रिहाइ पहलदेखि नागरिकता विधेयक पास गर्न दबाब दिनेसम्म रहेको छ । साथै...
ललितपुर / जनता समाजवदाी पार्टी (जसपा)को राजनैतिक समिति बैठक ललितपुरस्थित केन्द्रीय कार्यालयमा सुरू भएको छ ।
आज र भोलि दुई दिनसम्म चल्ने बैठकमा सरकारमा सामेल हुने नहुने, निर्वाचनको समीक्षा लगायत विषयमा छलफल हुने जनाइएको छ ।
काठमाडौं / नयाँ सरकार गठनका लागि सत्ता सहकार्य गर्न एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता सुरु भएको छ । सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको समयसीमा सकिन लाग्दा आइतबार बालकोटमा ओली प्रचण्डबीच वार्ता सुरु भएको हो ।
छलफलमा नेकपा ओलीसँगै एमाले नेताहरू विष्णु पौडेल, शंकर पोखरेल र विष्णु ...