नक्कली एनएस चिह्न राखेर सञ्चालित उद्योग बन्द

काठमाडौँ /    नेपाल गुणस्तर तथा नापतौल विभागले विभागबाट गुणस्तर चिह्न (एनएस) नलिई नक्कली एनएस चिह्न लगाएर सञ्चालन गरेका उद्योग बन्द गराएको छ । विभागले ओडीएटी फुड एण्ड वेभरेज प्रालिले विभागबाट अनुमति नलिई प्रान पोट्याटो क्य्राकरमा एनएस चिह्न लगाएर बिक्री वितरण गरेपछि बुधबार उद्योगमा शिल लगाएको हो । कम्पनीले काठमाडौँको मूलपानीमा उत्पादन भएको २५...

आठ परियोजना अगाडि बढाउन समझदारीपत्रमा हस्ताक्षर

बेइजिङ /   चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी विभिन्न आठ परियोजना निर्माण गर्ने समझदारी एवं सम्झौता भएको छ । बेइजिङस्थित नेपाली दूतावासमा आज आयोजित एक समारोहमा नेपाली लगानीकर्ता र चिनियाँ लगानीकर्ताबीच द्व...

पहिरोका कारण महाशिलाका आठघर विस्थापित

फलेवास, पर्वत / लगातारको वर्षासँगै गएको पहिरोका कारण यहाँको एक विकट गाउँका आठ घर विस्थापित भएका छन् । पर्वतको महाशिला गाउँपालिका–५, लुंखुदेउरालीस्थित कुसुनडाँडाका आठ घर दीर्घकालीनरुपमै विस्थापित हुने भएका हुन् । गएको शनिबार राति परेको वर्षासँगै गएको पहिरोमा परी तीन घरमा पूर्णरुपमा क्षति पुगेको छ भने बाँकी पाँच घर तत्काल स्थानान्तरण गर्नुपर्ने अव...

सडक भाँसिएपछि बेलिब्रिज जोखिममा

बाबियाचौर, म्याग्दी / बेनी–जोमसोम सडकअन्तर्गत बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिका–३ को सिमाना गलेश्वरस्थित बेलिब्रिज नजिकै सडक भाँसिएको छ । रघुगंगा नदीको कटानका कारण पुलको संरक्षणका लागि लगाइएको ग्याबियन पर्खाल र रिटेनिङ वाल भत्किएर सडक भाँसिएपछि बेलिब्रिज जोखिममा परेको छ । आईतबार दिउँसो पुलको गलेश्वर तर्फको बिम देखि करिब पाँच मिटर नजिकको सडक ...

दलित बालबालिका लाई छात्रवृत्ति

रामपुर, पाल्पा / सिन्दूर आधारभूत विद्यालय निस्दी गाउँपालिका–६ अर्चले पाल्पाका विद्यार्थीलाई शनिबार छात्रवृत्ति वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार ९१ बालिका र २० दलित विद्यार्थी गरी जम्मा १११ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर विकले बताउनुभयो । पठनपाठनमा सहयोग पुगोस् भन्ने...

रुकुम, रोल्पामा भूमि पूजा शुरु

रुकुम / जमीनको पूजा गर्ने मगरको चाड भूमेपर्व शुक्रबारदेखि रुकुमपश्चिम, रुकुमपूर्व, रोल्पासहित मगरका बाहुल्य रहेका ठाउँमा शुरु भएको छ । रुकुम, रोल्पाका अधिकांश स्थानमा प्रकृतिपूजक मगर समुदायले धुमधामका साथ भूमेपर्व मनाउँदैछ । हरेक वर्षको जेठ महिनाको अन्तिम दिन लेकबाट फूल टिपी ल्याएपछि भूम्या पर्व शुरु हुन्छ । रुकुमको मगर समुदाय आफ्नै पहिरनमा शुक्...

बाह्र किलोमिटरमा पेट्रोलियम पाइपलाइन बिछ्याइयो

वीरगञ्ज / बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म ७० किलोमिटर लम्बाइमा पाइपलाइन बिछ्याउने काममध्ये १२ किलोमिटरसम्म पेट्रोलियम पाइपलाइन जमिनमुनि बिछ्याउने काम सम्पन्न भएको छ । गत चैतको अन्तिम साता भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको हैद...

जातीय छुवाछूत अन्त्यका लागि सामाजिक अभियान शुरु

रोल्पा / जातीय छुवाछूत अन्त्य गर्ने उद्देश्यले रोल्पाका स्थानीय तहका सरकारले सामाजिक अभियानको थालनी गरेका छन् । जातीय छुवाछूत समृद्ध समाजका लागि बाधक भएको जनाउँदै यहाँका स्थानीय तहका सरकारले यो अभियान शुरु गरिएको हो । जिल्लामा रहेका दलितको साझा संस्था दलित जनाधिकार मञ्चसँगको साझेदारीमा जिल्लाभर उक्त अभियान थालनी गरिएको बताइएको छ । विगतमा स...

यसरी भयाे राजपा केन्द्रीय सचिव तेञ्जिङको दाहसंस्कार ( १५ तस्विरहरू)

इटहरी / राजपाका केन्द्रीय सचिव इटहरी उपमहानगरपालिका–२० तरहराको बुद्धचोकस्थित तामाङ टोल निवासी ३२ वर्षीय तेञ्जिङ लामा (छत्रपति तामाङ) को आज अपराह्न इटहरी उपमहानगरपालिका–२ को बौद्ध दाहसंस्कार स्थलमा जातीय परम्पराअनुसार अन्तिम दाहसंस्कार गरिएको छ । छत्रपति तामाङका गत जेठ २४ गते साँझ आफ्नै घरमा विद्युत् तारमा प्रवाह भएको विद्युत्मा परी ज्यान गएक...

एक लाख रुपैयाँसहित ११ जना जुवाडे पक्राउ

पोखरा / जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले एक लाख छ हजार नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ । पोखरा लेखनाथ महानगरपालिका–१२ माटेपानी बस्ने ५२ वर्षीय राज गुरुङको घरबाट शनिबार छ बुक ताससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका–११ रानीपौवाका ६२ वर्षीय नेत्र...