गाउँघरमा देखिन छाडे पिङ

लमजुङ / विगतका वर्षहरुमा दशै लागेसँगै गाउँका युवाहरु पिङ हाल्न जुट्ने गर्थें । तर, वैदेशिक रोजगारमा जानेको संख्या बढेसँगै गाउँ घरमा पिङ पनि देखिन छाडेको छ । पिङ हालेको देखेपछि दशैँ आयो भन्ने अनुभूति हुन्छ । वर्षमा एकदिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ । गाउँघरमा दशैँमा टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन छ । विशेष गरी पिङको...

लमजुङ दरबारको आकर्षण बन्यो यशोव्रम्हको शालिक

लमजुङ / लमजुङको गाउँशहर दरबारमा स्थापना गरिएको राजा यशोव्रम्ह शाहको शालिकले दरबारको रौनक थपिदिएको छ । शाह वंशिय राजाहरुको पहिलो दरबार भनिएपनि भवन भन्दा बाहेक केहि नभएको दरबार परिसरमा पहिलो राजा यशोव्रम्ह शाहको शालिक बनेपछि दरबारको आकर्षण पनि बढेको छ । नेपाल एकीकरणअघि शाहवंशिय राजाहरुको उद्गमस्थल लमजुङको गाउँशहर दरबारमा अहिले आन्तरिक पर्यटकहरु आउ...

चेपाङ समुदायका विपन्न परिवारलाई देशैँ खर्च सहयोग

लमजुङ / लमजुङको दोर्दी गाउँपालिका-९ भीरकुनामा रहेका लोपोन्मुख चेपाङ समुदायलाई दोर्दी गाउँपालिकाद्वारा बडादशैँ मनाउनका लागि राहत वितरण गरेको छ । देशैँ मनाउनका लागि सहजताको लागी पालिकाले पालिकाभित्र रहेकोे तीन घरपरिवारलाई १६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । पालिकाले प्रति सदस्य जनही एक/एक हजारका दरले आर्थिक सहयोग गरेको छ । आठ जना सदस्य रह...

इजाजत प्राप्त हातहतियार बुझाउन लमजुङ प्रशासनको निर्देशन

लमजुङ / इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय लमजुङले निर्देशन दिएको छ। प्रशासनले सार्वजनिक सूचना जारी गर्दै प्रशासनले ५ कात्तिकभित्र हातहतियार बुझाइसक्न निर्देशन दिएको हो। ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख ज...

पर्यटकको आकर्षक केन्द्र बन्दै मनाङको फापर खेती

लमजुङ / समुद्री सतहदेखि करिब तीन हजार सात सय मिटर उचाइमा रहेको मनाङमा यतिवेला फापर खेतीले सबैको मन तानेको छ । तल्लो क्षेत्रको नासों-१, ताल क्षेत्रदेखि माथिल्लो मनाङ ङिस्याङ-९, खाङसारसम्म फापरखेती फैलिएको देख्न सकिन्छ । स्थानीयले प्राय: जेठ अन्तिम साता र असारमा बीउ छर्ने गर्छन् भने भदौ महिनाभर फूल रहन्छ । त्यसपछि दाना लागेर असोज अन्तिम साता र कात...

चाडबाडका बेला गण्डकी प्रदेशमा तीन सय ६० प्रहरीले सुरक्षा दिने, बन्यो रणनीति

पोखरा /चाडपर्वका बेला हुने सडक दुर्घटना न्यूनीकरणका लागि गण्डकी प्रदेशभर चेकजाँच र उद्धारमा जोड दिइएको छ । चाडपर्वको समय अवधिभर ६७ ठाउँमा स्थायी ड्युटी हुनेछ भने ५१ ठाउँमा नियमित चेकिङ गरिने छ । २८ ठाउँबाट मादक पदार्थ सेवन गरे नगरेको जाँच गरिने छ । गण्डकीका ११ जिल्लाका ३३ ठाउँमा यात्रु सहायता कक्ष राखिने ट्राफिक प्रहरीले जनाएको छ ।१५ वटा मोवाइल...

चोरी आरोपमा वडासदस्य पक्राउ

पोखरा / कास्की प्रहरीले चोरी गरेको आरोपमा एक जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका वडा नम्बर १ का खरजंग गुरुङ रहेका छन् । उनी वडा सदस्यसमेत हुन् । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

पर्यटकीय गन्तव्य बन्दै राष्ट्रिय विभूति भक्ति थापाले गाईबस्तु चराएको हर्सिङडाँडा

लमजुङ / मर्स्याङ्दी गाउँपालिका-३ हर्सिङडाँडा पछिल्लो समयमा पर्यटकीय गन्तव्य बन्दै गएको छ ।केही समयबाट यहाँ पर्यटकहरू घुम्न तथा बास बस्नका लागि समेत पुग्ने गर्दछन् । दैनिक एक सय देखि दुई सय जना पर्यटक आउने र बिदाको समयमा दोब्बर पर्यटक आउने गरेको स्थानीय पर्यटन व्यवसायी पूर्णबहादुर गुरुङले बताए । उनले भने, 'पहिला पहिला फाट्टफुट्ट दुई चार जना पर्य...

२२० केभी राष्ट्रिय प्रसारण लाइन प्रभावितद्वारा उचित मुआब्जा नपाएको गुनासो

लमजुङ / लमजुङको मर्स्याङ्दी करिडोरमा निर्माण हुँदै गरेको २२० केभी राष्ट्रिय प्रसारण लाइन आयोजनाले उचित मुआब्जा नदिएको प्रभावितहरूले गुनासो गरेका छन् । आयोजनाको बारेमा स्थानीयलाई जानकारी नदिईकन काम सुरु गरेको उनीहरूले आरोप लगाएका छन् । उनीहरूले पुनः मूल्यांकन गर्नुपर्ने भन्दै उचित क्षतिपूर्तिको मागसमेत गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगले आयो...

लमजुङमा थपिए ६ मतदान केन्द्र

लमजुङ / लमजुङमा ६ वटा मतदान केन्द्र थपिएका छन् । योसँगै लमजुङ जिल्लामा मतदात स्थल एक सय २८ र एक सय ८६ मतदान केन्द्र रहेका छन् । थपिएका मतदान केन्द्रमा दोर्दी गाउँपालिका-६ भगवान आधारभूत विद्यालय कीर्तिपुर, दोर्दी-६ कै युल्सा तामाङ सामुदायिक भवन ढोडेनी, दोर्दी वडा ६ हिमालय क्षेत्र सिं आधारभूत विद्यालय दुवार, बेसीसहर नगरपालिका-११ बाल विकास मावि रा...