बाबर हायात कर्णालीबाट एनपीएल खेल्ने
काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली कयाक्सले हङकङका विस्फोटक ब्याट्सम्यान बाबर हायातलाई भित्र्याएको छ । ३२ बर्षिय बाबरलाई एनपीएलका लागि भित्र्याएको कर्णालीले जानकारी दिएको छ ।
कर्णालीले भित्र्याएका बाबर दोस्रो विदेशी खेलाडी हुन् । यसअघि कर्णालीले पाकिस्तानका अल राउण्डर हुसैन टलातलाई अनुबन्ध गरेको थियो ।
कर्णालीको मार्की खेलाडीमा राष्ट्रिय टिमका सोमपाल कामी रहेका छन् ।
आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ ।
अहिले सम्झौता भएका खेलाडी:
काठमाडौँ गुर्खाज
- नेदरल्याण्डसका ब्याट्सम्यान माइकल लेभिट
-नामिबियाका अलराउन्डर जेरार्ड इरासमस
लुम्बिनी लायन्स
- इङल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेज
- अस्ट्रेलियाका अलराउण्डर बेन कटिंग
जनकपुर बोल्ट्स
- न्यूजील्याण्डका जिम्मी निशाम
- अमेरिकाका जोसुआ ट्रोम्प
पोखरा एभेन्जर्स
- वेस्ट इन्डिजका बलर एन्डरसन फिलिप,
- नेदरल्याण्डसका ब्याट्सम्यान बास डि लिडे
- अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौस
सुदूरपश्चिम रोयल्स
-स्कटल्याण्डका ब्याटिंग अल राउण्डर ब्राण्डन म्याकुलेन
- पाकिस्तानका ब्याटिंग अलराउण्डर सैफ जैब
बिराटनगर किंग्स
- ओमानका कप्तान आकिब इलियास
- क्यानडाका लराउण्डर निकोलस किर्टोन
कर्णाली याक्स
- पाकिस्तानका अल राउण्डर हुसैन टलात
- हङकङका बाबर हायात
चितवन राइनोज
- दक्षिण अफ्रिकाका बलर मार्चेन्ट डी लान्ज
- इङल्याण्डका लुक बेनकेनस्टिन
प्रतिक्रिया