रिजालको प्रश्न- रविलाई रिहा गरिदिन राती-राती कुन मुख लिएर बालुवाटारमा हारगुहार गरेको ?
काठमाडौँ / नेकपा एमालेका नेता विष्णु रिजालले रास्वपाका उपसभापति डोलप्रसाद अर्याल र प्रमुख सचेतक सन्तोष परियार रवि लामिछानेलाई छुटाउन बालुवाटार पुगेर प्रधानमन्त्रीलाई अनुरोध गरेको दाबि गरेका छन् ।
सामाजिक सञ्जालमा उल्लेख गर्दै नेता रिजाले दिनभरी प्रधानमन्त्री विरुद्ध गालीगलौज गर्ने र राति राति रविजीलाई बचाईदिनुपर्यो भनेर हारगुहार गरेको बताएका छन् ।
उनले भनेका छन्-
दिनभरि प्रधानमन्त्रीका विरूद्धमा व्यक्तिगत रूपमा गालीगलौज गर्ने, शब बनाएर दाहसॉस्कार गर्ने जस्तो अशोभनीय काम गर्ने, नामै लिएर लाञ्छना लगाउने रास्वपाका साथीहरू राती-राती कुन मुख लिएर बालुवाटारमा कुरेर ‘रविजीलाई बचाइदिनुपर्यो, लौ न’ भनेर हारगुहार गर्दा हुन् ?
यति हेक्का राखे हुन्छ- राजनीतिमा धैर्य र इमान चाहिन्छ । जे गर्छ, कानुनले गर्छ । डोलप्रसादजी र सन्तोषजीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गरे जस्तो उहॉले चाँहदैमा मुद्दा फिर्ता सम्भव हुन्न ।
प्रतिक्रिया